• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

कुहिएको चामल बिक्री गरेको पाईएपछी गोदाम नै सिल


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । कुहिएको चामल बिक्री गर्ने लमहीको एक सप्लायर्सलाई सिल गरिएको छ । राहात बितरणका लागि खरिद गरिएको चामल खान नमिल्ने कुहिएको भेटिएपछी देउखुरी उद्योग बाणिज्य संघ र प्रहरीको टोलीले गोदाम नै सिल गरेको हो ।

    Advertisement

    राजपुर गाउँपालिका वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई राहत वितरण गर्नको लागि स्थानिय सामुदायीक बन समुहले खरिद गरेको चामल गुणस्तरहिन रहेको भन्दै फिर्ता लिईएपछी कुरा बाहिर आएको हो । लमहीको आर.के.सप्लायर्सले विक्री गरेको पहेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहिन भेटिएको छ । उक्त सप्लायर्सबाट राजपुर ७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोक्तालाई राहत वितरण गर्नको लागि १ सय ६४ बोरा चामल लगेकोमा १ सय ३२ बोरा चामल कुहीएको, धुलैधुलो भएको अवस्थामा फेला परेपछि फिर्ता गर्न ल्याइएको सामुदायिक वनका अध्यक्ष चेतबहादुर ओलीले बताए ।

    विक्रेताले सेतो बोराबाट सेम्पल देखाएको तर विक्री गर्दा आफुहरुलाई सेतो संगै पहेँलो बोरामा चन्दन जातको चामल पनि मिसाएर दिएको अध्यक्ष अोलीले जानकारी दिए । उनले २५ किलोका प्रतिबोरा एक हजार एकसय २५ रुपैयाँमा खरिद गरेका थिए । अहिले उक्त सप्लायर्सको चन्दन जातको चामल राखीएको गोदाम सिल गरिएको र थप अनुसन्धान पश्चात दोषीलाई कारवाही गरिने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए । आउने जाने ढुवानी सहित बिक्रि गरिएको चामल फिर्ता लिएर क्षतीपुर्ती पनि उपलव्ध गराउन सप्लायर्स सञ्चालक सहमत भएका छन् ।

    सञ्चालक द्वय आनन्द गुप्ता र इन्द्रमणि खनालले चामल आफुहरुले नहेरेको कारण समस्या भएको बताएका छन् । विरगंजबाट आयात गरिएको उक्त चामल आफुले अबदेखि बिक्री नगर्ने जनाएका छन् । आरके सप्लायर्स, खनाल किराना पसलका प्रोपाइटर इन्द्रमणि खनाल र आनन्द गुप्ताको साझेदारीमा संचालनमा छ । अहिले उक्त सप्लायर्समा रहेको ४२ बोरा चामल र फिर्ता आएको एकसय ४२ बोरा गरी एक सय ८४ बोरा चामल सहितको गोदामलाई सिल गरिएको छ । वडा प्रहरी कार्यालय,उद्योग बाणिज्य संघ,पत्रकारको रोहबरमा मुचुल्का उठाएर गोदाम सिल गरेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । अहिले बन्द गरेर अनुसन्धान थालिको छ, दोषीलाई कारबाही गरिने छ उनले भने ।

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation