• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

गढवा गाउँपालिकाद्धारा ५० लाख राहातकोष स्थापना


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,भालुवाङ।गढवा गाउँपालिकाद्धारा ५० लाख राहातकोष स्थापना गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउदै बिपद प्रतिकार्यका बिभिन्न गतिविधि संचालन गर्न र राहत वितरण गर्नका लागि गढवा गाउँपालिकाले ५० लाखको विपद् राहतकोष स्थापना गर्ने निर्णय गरेको छ । बिहीवार सामाजिक दुुरी कायमगर्दै गाउँपालिकाको सम्पन्न बैठकले यस्तो निर्णय गरेको अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् । गाउँपालिकाको बिपद् ब्यवस्थापन कोष,अध्यक्ष,उपाध्यक्षकप खेलकुुद र संझौता नभएका लक्षित वर्गका कार्यक्रमको बजेटलाई रकमान्तर हुुने गरी बिपद राहत कोष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।गढवा गाउँपालिकाले हालसम्म सरकारले घोषणा गरेको लकडाउनलाई पुुर्ण रुपमा पालना गर्न गराउन आम नागरिकहरुमा सुुचना प्रबाह गरिरहेको छ भने कालाकाटे र कोइलाबासमा हेल्थ डेस्क स्थापना गरेर चेकजाँज गर्दै आएको छ । कोरोनाको शंका लागेका ४ जनालाई बुुटवल तथा बेलझुुण्डी पठाएकोमा चारै जनामा कोरोना नेगेटिभ देखिएको र उनिहरु घरमा फर्किसकेको स्वास्थ्य शाखाले जनाएको छ । भारत लगायत तेश्रो मुुलुुकबाट गढवा गाउँपालिकामा आएका १ सय ५८ नागरिकहरु रहेको र सबै होम क्वारेण्टाईनमा १४ दिनको अवधि बिताई सकेको गाउँपालिकाले जनाएको छ । कालाकाटेको बिद्यालय र गढवाको बिद्यालयमा खोलिएका क्वारेण्टाइनमा भने बिरामीहरु बसेका छैनन् ।
    बैठकले सबै वडाहरुमा जनप्रतिनिधी थप क्रियाशिल भएर थप एक एक हजार मास्क वितरण गर्ने,लकडाउनलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने,प्रदेश सरकारको राहत वितरण मापदण्ड बमोजिम मजदुुरी गरेर खानेहरुको तथ्यांक संकलन गरी ३ दिन भित्र पहिलो चरणको राहत प्याकेज वितरण गर्ने निर्णय गरेको छ । किसानहरुको खेति भित्राउने समय भएकोले खेतवारी जोत्ने टे«याक्टर,दाउने थे«सर र साझ विहान कुुटान पिसानका मिलहरु संचालन गर्न दिने निर्णय गरेको छ । बजारमा आवश्यक खाद्यान्न आपुुर्तिका लागि गढवा उद्योग बाणिज्य संघसंग समन्वय गर्ने,स्थानीय राजनितिक दल,संघसंस्था,महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समुुहहरुलाई क्रियाशिल बन्न अनुुरोध गर्ने,प्रत्येक वडामा कम्तिमा एक मेडिकललाई अतिआबश्यकीय औषधी खरिद गर्ने र ल्याउने वातावरणमा सहयोग गर्ने, गढवामा रहेको जनता मावीमा पालिका स्तरको क्वारेण्टाईन बनाएर आगामी दिनमा भारत लगायत तेश्रो मुुलुुकबाट आउने नागरिकलाई राख्ने निर्णय गरेको छ । यसका साथै सबै स्वास्थ्य चौकीहरुमा हेडेनथर्मोमिटर र स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गर्ने,सबै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मि परिचालन गर्ने र सेवा प्रवाह गर्ने तथा गाउँपालिकाभित्र रहेका सबै एम्बुुलेन्सलाई सेवा प्रवाह गर्न आव्हान गर्ने लगायतका महत्वपुुर्ण निर्णयहरु गरेको प्रबक्ता बाबुुराम अधिकारीले जानकारीदिएका छन् ।

    Advertisement

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation