• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, पुष १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ३. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ४. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ५. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ६. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ७. मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

  • ८. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ९. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • १०. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

कोरोना त्रासले बाँकेका पर्यटकीय क्षेत्र सुनसान


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • बाँके । कोरोना भाइरसको जोखिमले उत्पन्न त्रासका कारण बाँकेका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् ।बाँकेका पर्यटकीय क्षेत्र गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज, रानी तलाउ, बागेश्वरी मन्दीर लगायतका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् जबकि यो पर्यटकका लागि उपयुक्त मौसम हो, यही मौसममा पर्यटक सुनसान छन् । होमस्टे एसोशियसन नेपाल (होसान) का केन्द्रीय सचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्णलाल चौधरीले भने, “कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई तहसनहस पारेको छ । यसले पर्यटन व्यवसायीहरु आर्थिकरुपमा धरासायी बनेका छन् ।”कोरोना सङ्क्रमणको समस्या कहिलेसम्म रहन्छ भन्ने निश्चित नहुँदा पर्यटन व्यवसायी थप अन्योलमा छन् । यस्तो बेलामा सरकारले पर्यटन क्षेत्रका लागि राहतको प्याकेज ल्याउन जरुरी रहेको उनको माग छ । नेपाल सरकारले नै घोषित नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित गरेपछि पर्यटनमा संकट देखापरेको पर्यटन व्यवसायीहरुले बताएका छन् । होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भास्कर काफ्लेले कोरोनाकै कारण पर्यटन व्यवसाय धरासायी हुँदा करोडौंको नोक्सानी व्यहोर्नुपरेको बताए ।नेपालगंजमा यो समय मानसरोवर जानेहरुको तीर्थयात्री पर्यटक आगमनको सिजन सुरु हुने समय हो । अध्यक्ष काफ्लेले भने, “यतिबेला मानसरोवर जाने पर्यटकहरुका लागि होटल बुकिङ्ग खुला हुन्थ्यो । वैशाखदेखि मानसरोवरको यात्रा सुरु हुन्थ्यो । यही अवस्था रह्यो भने यसपाली मानसरोबर जाने पर्यटकको संख्या शुन्य हुने देखिन्छ ।”बाँकेका राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार कोरोना सङ्क्रमणपछि १५ दिनदेखि पर्यटकका लागि निकुञ्ज पूर्णरुपमा बन्द गरिएको छ ।
    यस्तो अवस्थामा पर्यटक आउँदा त्रास र नआउँदा झन् समस्या देखिएको छ । कोरोना भाइरसकै कारण बाँकेको प्रसीद्ध र ठूलो शक्तिपीठ पूर्णरुपमा बन्द गरिएको छ । एक सातादेखि मन्दीरका सबै ढोकामा ताला लागेको छ । अहिले पुजाआजाका लागि आउने भक्तजनलाई देख्दा पनि डराउनुपर्ने अवस्था रहेको बागेश्वरी मन्दीरका मुल महन्त चन्द्रनाथ योगीले बताए ।धार्मिकरुपमा अति संवेदनशील मानिएको इश्लामिक धर्माबलम्बीको नमाजलाई पनि समूहमा नजान औपचारिक आव्हान गरिएको छ । नेपालगन्जकै सबैभन्दा ठुलो जामा मस्जिदले घरमै जुमा आज नमाज पढ्न आग्रह गरेको छ । जामा मस्जिदका महासचिव इरफान सिद्दीकीले विज्ञप्ती जारी गरी महामारीबाट जोगिनका सरकारको निर्देशन पालना गर्न ध्यानाकर्षण गराए ।

    Advertisement

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुलरियामा कपडा बैंकको शुभारम्भ
    दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन
    व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ३.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ४.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ५.
      पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध

    • ६.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    भर्खरै

    • १.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ५.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ६.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ७.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ८.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation