राम बहादुर बिश्वकर्मा,प्युठान । कोरोना भाइरसको निगरानी गर्न छिमेकी मुलुक भारतबाट घर फर्किएका २६ जनालाई प्युठानका बिभिन्न क्वारेन्टाइनमा राखिएको छ ।बिहिवार सम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।भारतबाट मात्रै दुई सय २६ जना आएका थिए।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाईन पठाउनुअघि प्युठान भित्रने मुख्य नाका सरुमारानी २ ददेरीमा स्थापित हेल्थडेस्कमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो।जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार स्वर्गद्वारी नगरपालिका वडा नंवर ६ स्थित झोला प्राथमिक बिध्यालयमा ११ जना र ऐरावती गाउँपालिका ३ बरौला स्थित क्वारेन्टाईनमा १५ जना गरि २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।क्वारेन्टाईनमा राखिएका उनिहरु मध्ये धेरैजसो कृष्णनगर नाका प्रयोग गर्दै प्युठान भित्रीएका थिए।क्वारेन्टाईनमा राखिएकाहरुको स्वास्थ्यमा अहिले सम्म कुनै किसिमको समस्या भने देखिएको छैन ।उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ ।बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कताका लागि सरकारले भने अनिवार्य स्वास्थ्यजाँच गरेर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ । प्यूठानमा सबै स्थानीय तहहरुले क्वारेन्टाइन स्थल तयार गरेका छन् । हालसम्म जिल्लामा झण्डै एक सय सैया क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा छन ।स्थानिय तह मार्फत भारत सहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्याकं संकलनको काम समेत भईरहेको छ।
प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्किले लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन कडाई गरिएको जानकारी दिनुभयो ।
यसरी अटेर गरेर सवारी साधन चलाउने र साइकलमा आवत जावत गर्नेहरुलाई प्रहरीले बिहीवार १ जिप ,२ ट्याक्टर,मोटरसाइकल ७ सबारी साधनलाई नियन्त्रणमा लिएको थियो भने ६ जना जनालाई पक्राउ गरेको थियो ।उनिहरुलाई संझाई बुझाई सांझ छोडिएको छ।
प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा
प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा

Advertisement
तपाईको प्रतिक्रिया