• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

लोकप्रिय समाचार

  • १. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • २. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ३. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ४. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ५. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ६. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ७. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

  • ८. गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

  • ९. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • १०. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

त्यो यात्रामा जे देखियो….


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • किशोर गैरे। यो मेरो आलेखलाई लेख भनु वा स्मरण, थाहा छैन मलाई, म एक नेपालको सचेत नागरिक भएकाले मैले थाहा पाएका, जानेका र बुझेका कुरालाई लेख आलेख, स्मरण वा कुनै न कुनै बहानामा सबै सामु उजागर गर्नु मेरो कर्तव्य हो भनी सम्झिएको छु। मेरो जीवनको एक यात्रा जुन अकल्पनीय रहयो, सायद त्यस्तो यात्रा गर्ने अवसर फेरि मेरो जिवनमा आउदैन होला। त्यो यात्रा भर मैले देखेका र भोगेका कुराहरुले मेरो मनलाई अतुलनीय दुख पुराएको छ।त्यही दुख र स्तब्धतालाई पोख्ने प्रयास गर्दछु। यहि मंसिर १८ गते दिउँसो अचानक मलाइ राजधानीबाट फोन आयो, म साझ नै काठमाडौका लागि हिड्नु पर्ने भयो। घरबाट खाना खाएर ८ बजे म बस बिसौनी तर्फ लागे। हतार भएकै कारणले मैले टिकट लिन भ्याएको थिएन। त्यो दिन सार्है घुईचो थियो। राजधानी जाने बसहरु उस्तै भरिभराउ। घडिको सुईले १० बजेको देखाउदै थियो । केही बेर बस पाईन। मन आतालियो। बस बिसौनीको नजिकै एउटा ट्रक रोकिरहेको थियो, ट्रक भरी खुर्सानी रहेछ, बस न पाएपछी त्यही ट्रकमा भएनी सवार भै काठमाडौ जाने निधो गरेर चालकलाई भेटें । त्यो भारतिय गाडी रहेछ। त्यस भारतीय गाडी भरी हरिया खुर्सानी देख्दा मेरो मनले प्रती बर्ष खरबौ रुपिया खुर्सानी आयात गर्दा मात्रै भारतमा गइरहेको तितो सत्यलाई मनन गर्दै थिए। खेतहरु धमाधम प्लानिङ हुँदै घडेरी बन्दै छन, किसानहरुले आफ्नो खेतीको उचित मूल्य नपाएर कृषि पेसा प्रती निराशा ल्याउदैछ। कृषि पेशा नै घट्दो क्रममा छ। उधोग कल कारखानाहरु टाट पल्टिएर बन्द भैसके, देशमा लगभग ९० प्रतिसत आयात हुन्छ, युबाहरु आफ्नो भबिस्यको खोजीमा बिदेशिएका छन, कुनै घर बाकी छैन होला, न बिदेशिएको! शान्ती सुरक्षाको अवस्था नाजुक छ, चरम भ्रस्टाचार, लापरबाही, जबाफदेहिताको अभाबका बिचमा हामी नेपालको बिकास र समृद्धिको बाधक को हो? भन्ने कुरा नियाल्दै जादा हाम्रो परनिर्भरता नै मुख्य बाधक रहेको र परनिर्भरताले शृजना गरेका अन्य कारणहरुले गर्दा मुलुक यो गतिमा पुगेको निर्कर्षका साथ हामीले कम्तीमा हरेक नेपाली नागरिकले खुर्सानी मात्र भएनी आफ्नै बारीको अथवा बारी छैन भन्ने शहर बजार तिर गमलमा भएनी लगाएर नेपाल कै खुर्सानी उपभग गर्ने हो भने पनि १/२ देखि २ अर्ब नेपाली रुपैया भारत जान बाट केही हद सम्म रोक्न सकिन्छ। तर खोइ यस्तो संबेदनसिल बिषयमा हाम्रो ध्यान आकर्षण? यति सोच्दा सोच्दै खुर्सानी वाला गाडीका चालक आइपुगे, मलाइ काठमाडौ सम्म पुराउने कुरा भयो अनि मैले ३०० रुपिया दिने भनी सके पछि उनी तयार भए। मेरो यात्रा सुरु भयो, बिदेशी गाडीमा स्वदेशी यात्रा! यात्रा कुनै खास त थिएन, उहीँ नारायणगढ, मुग्लिङ हुँदै राजधानी सम्म कै थियो। गम्भीर बिषय त त्यो यात्रा का क्रममा मैले देखेका निर्लज, अति घिर्नित अनि अबिस्वास्निय भ्रष्टाचार! भ्रष्टाचारको महा पराकाष्ठा! भारतीय गाडीहरु सङ्ग नेपाल प्रहरीले उठाएको ब्यक्तिगत कर देख्दा मेरो आँखा अगाडि भै रहेका दृश्य प्रती पनि मेरो बिश्वास थिएन। तर सत्य त त्यही नै हो। काठमाडौ जाने राजमार्गका हरेक धेरै जसो चेक पोष्टहरुमा खुल्लम खुल्ला नेपाल प्रहरीले पैसा मागेको देख्दा अचम्म लाग्यो। कुनै ठाउमा त मात्र बीस रुपियामा बिकेको छ नेपाल प्रहरीको आन मान अनि सान। एउटा प्रहरीले गाडी रोकाएर खुल्लम खुल्ला कर उठाउने गरेको देख्दा बर्दी बिकिरहेको देख्दा मन भकानिएर आयो। सायद त्यो गाडीमा खुर्सानी मात्रै थियो होला। तर राजमार्गमा सुरक्षा जाँच गर्न बसेका प्रहरीहरु नै २०,३०,५० अनि १०० मा बिकिरहदा देशको सुरक्षा कसरी मज्बुत छ त? त्यो गाडीमा पो खुर्सानी थियो, त्यस्तै कुनै अर्को गाडीमा हिंसात्मक हतियार नेपाल छिर्न सक्दैन भनेर कसरी भन्नू? एक ठाउमा त प्रहरीले भ्रष्टाचारको सिमा नै नाग्न पुगे। गाडीलाई साइडमा लगाएर चौकी गै प्लास्टिक झोला लेराएर ३-४ किलो खुर्सानी नै निकाले। नेपाल प्रहरीमा यस्तो दलिद्रता कहाँ बाट बिकास हुदैछ? यो अत्यन्त गम्भीर प्रश्न रहेको छ। त्यो गाडी चालक सङ्ग गाडीका सबै कागजात, भन्सार सबै हुदा पनि किन प्रहरिले पैसा लिने गर्दछन? पहिलो प्रश्न नै यो हो। अनि २०-३० रुपियाका लागि गरेको लापरबाहीले देशको सुरक्षामा कति संबेदनसिल असर पुराउन सक्छ भन्ने कुरामा हामी सबै सचेत हुनु आवश्यक छ। चालकका अनुसार जुन एजेन्टले उनिहरु भन्सार गराइ दिन्छ उस्ले बाटोमा प्रहरीलाई दिनका लागि भएर २५०० रुपिया नेपाली उनिहरुलाई दिने गर्दो रहेछ। गाडी रोक्ने बित्तिकै प्रहरीले धेरै केही न सोधी के हो? खुर्सानी हो? चलो चलो ब्यवस्था करो? अनि चाय पानी दो? टाइपका वाक्य प्रयोग गरेको देख्दा मलाइ लागि रहेको थियो कि यो कुनै नया खेल होइन, नियमित प्रक्रिया अनुसार नै चलिरहेको छ। भ्रष्टाचारको यस्तो बिकराल घिनलाग्दो रुपका विरुद्ध एक सचेत नागरिक भै आवाज उठाउनु मेरो कर्तव्य हो। देशको सेवाका लागि तैनाथ केही लालची अनि दलिद्र मानसिकताका प्रहरीले गर्दा नेपाल प्रहरि कै बदनाम भै रहेको छ। नेपाल प्रहरीको गौरव लाग्दो इतिहासलाई १०,२०,३०,५० मा अन्धकार चिसा रातहरुमा खुलेआम बर्दी धारी बाट नै लिलाम भएको देख्दा स्तब्ध भए। देशको सुरक्षा जिम्मा पाएका अङ्गहरु नै यसरि भ्रष्टाचारमा पल्किए पछि देशको सुरक्षा प्रती चिन्ता बढ्नु जायज हो। जसरी खुर्सानीको गाडीलाई २०-३० रुपियाका लोभमा बिना चेक जाँच छाडियो, त्यसरि नै कालो बाजारी, समाज र राष्ट्र नै खतरामा पर्ने गरि जस्तासुकै संबेदनसिल बस्तुहरु पनि देश भित्र भित्र्याउन के बेर? सोच्ने बेला आएको छ। अनावश्यक भारतीय गाडिबाट पैसा असुली गर्न बन्द हुनु पर्छ। देशका राष्ट्र सेवक प्रहरीमा दलिद्रता अनि भ्रष्टाचारको बिकास कसरि भयो? यो बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षणको लागि अनुरोध गर्दै कर्मठ सत्य,सेवा सुरक्ष्णमको भाव सहित कार्य गर्ने वीर नेपाल प्रहरिलाई नमन गर्दछु।
    (किशाेर गैरे नेविसंघका नवलपरासीका नेता हुन )

    Advertisement

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    लोकप्रिय

    • १.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • २.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ३.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ६.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    भर्खरै

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • २.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ३.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ४.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ५.
      सडकको बीचमै बिजुलीको पोल

    • ६.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ७.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ८.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation