• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ४. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ५. आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

  • ६. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • ७. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ८. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • ९. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • १०. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

त्यो यात्रामा जे देखियो….


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • किशोर गैरे। यो मेरो आलेखलाई लेख भनु वा स्मरण, थाहा छैन मलाई, म एक नेपालको सचेत नागरिक भएकाले मैले थाहा पाएका, जानेका र बुझेका कुरालाई लेख आलेख, स्मरण वा कुनै न कुनै बहानामा सबै सामु उजागर गर्नु मेरो कर्तव्य हो भनी सम्झिएको छु। मेरो जीवनको एक यात्रा जुन अकल्पनीय रहयो, सायद त्यस्तो यात्रा गर्ने अवसर फेरि मेरो जिवनमा आउदैन होला। त्यो यात्रा भर मैले देखेका र भोगेका कुराहरुले मेरो मनलाई अतुलनीय दुख पुराएको छ।त्यही दुख र स्तब्धतालाई पोख्ने प्रयास गर्दछु। यहि मंसिर १८ गते दिउँसो अचानक मलाइ राजधानीबाट फोन आयो, म साझ नै काठमाडौका लागि हिड्नु पर्ने भयो। घरबाट खाना खाएर ८ बजे म बस बिसौनी तर्फ लागे। हतार भएकै कारणले मैले टिकट लिन भ्याएको थिएन। त्यो दिन सार्है घुईचो थियो। राजधानी जाने बसहरु उस्तै भरिभराउ। घडिको सुईले १० बजेको देखाउदै थियो । केही बेर बस पाईन। मन आतालियो। बस बिसौनीको नजिकै एउटा ट्रक रोकिरहेको थियो, ट्रक भरी खुर्सानी रहेछ, बस न पाएपछी त्यही ट्रकमा भएनी सवार भै काठमाडौ जाने निधो गरेर चालकलाई भेटें । त्यो भारतिय गाडी रहेछ। त्यस भारतीय गाडी भरी हरिया खुर्सानी देख्दा मेरो मनले प्रती बर्ष खरबौ रुपिया खुर्सानी आयात गर्दा मात्रै भारतमा गइरहेको तितो सत्यलाई मनन गर्दै थिए। खेतहरु धमाधम प्लानिङ हुँदै घडेरी बन्दै छन, किसानहरुले आफ्नो खेतीको उचित मूल्य नपाएर कृषि पेसा प्रती निराशा ल्याउदैछ। कृषि पेशा नै घट्दो क्रममा छ। उधोग कल कारखानाहरु टाट पल्टिएर बन्द भैसके, देशमा लगभग ९० प्रतिसत आयात हुन्छ, युबाहरु आफ्नो भबिस्यको खोजीमा बिदेशिएका छन, कुनै घर बाकी छैन होला, न बिदेशिएको! शान्ती सुरक्षाको अवस्था नाजुक छ, चरम भ्रस्टाचार, लापरबाही, जबाफदेहिताको अभाबका बिचमा हामी नेपालको बिकास र समृद्धिको बाधक को हो? भन्ने कुरा नियाल्दै जादा हाम्रो परनिर्भरता नै मुख्य बाधक रहेको र परनिर्भरताले शृजना गरेका अन्य कारणहरुले गर्दा मुलुक यो गतिमा पुगेको निर्कर्षका साथ हामीले कम्तीमा हरेक नेपाली नागरिकले खुर्सानी मात्र भएनी आफ्नै बारीको अथवा बारी छैन भन्ने शहर बजार तिर गमलमा भएनी लगाएर नेपाल कै खुर्सानी उपभग गर्ने हो भने पनि १/२ देखि २ अर्ब नेपाली रुपैया भारत जान बाट केही हद सम्म रोक्न सकिन्छ। तर खोइ यस्तो संबेदनसिल बिषयमा हाम्रो ध्यान आकर्षण? यति सोच्दा सोच्दै खुर्सानी वाला गाडीका चालक आइपुगे, मलाइ काठमाडौ सम्म पुराउने कुरा भयो अनि मैले ३०० रुपिया दिने भनी सके पछि उनी तयार भए। मेरो यात्रा सुरु भयो, बिदेशी गाडीमा स्वदेशी यात्रा! यात्रा कुनै खास त थिएन, उहीँ नारायणगढ, मुग्लिङ हुँदै राजधानी सम्म कै थियो। गम्भीर बिषय त त्यो यात्रा का क्रममा मैले देखेका निर्लज, अति घिर्नित अनि अबिस्वास्निय भ्रष्टाचार! भ्रष्टाचारको महा पराकाष्ठा! भारतीय गाडीहरु सङ्ग नेपाल प्रहरीले उठाएको ब्यक्तिगत कर देख्दा मेरो आँखा अगाडि भै रहेका दृश्य प्रती पनि मेरो बिश्वास थिएन। तर सत्य त त्यही नै हो। काठमाडौ जाने राजमार्गका हरेक धेरै जसो चेक पोष्टहरुमा खुल्लम खुल्ला नेपाल प्रहरीले पैसा मागेको देख्दा अचम्म लाग्यो। कुनै ठाउमा त मात्र बीस रुपियामा बिकेको छ नेपाल प्रहरीको आन मान अनि सान। एउटा प्रहरीले गाडी रोकाएर खुल्लम खुल्ला कर उठाउने गरेको देख्दा बर्दी बिकिरहेको देख्दा मन भकानिएर आयो। सायद त्यो गाडीमा खुर्सानी मात्रै थियो होला। तर राजमार्गमा सुरक्षा जाँच गर्न बसेका प्रहरीहरु नै २०,३०,५० अनि १०० मा बिकिरहदा देशको सुरक्षा कसरी मज्बुत छ त? त्यो गाडीमा पो खुर्सानी थियो, त्यस्तै कुनै अर्को गाडीमा हिंसात्मक हतियार नेपाल छिर्न सक्दैन भनेर कसरी भन्नू? एक ठाउमा त प्रहरीले भ्रष्टाचारको सिमा नै नाग्न पुगे। गाडीलाई साइडमा लगाएर चौकी गै प्लास्टिक झोला लेराएर ३-४ किलो खुर्सानी नै निकाले। नेपाल प्रहरीमा यस्तो दलिद्रता कहाँ बाट बिकास हुदैछ? यो अत्यन्त गम्भीर प्रश्न रहेको छ। त्यो गाडी चालक सङ्ग गाडीका सबै कागजात, भन्सार सबै हुदा पनि किन प्रहरिले पैसा लिने गर्दछन? पहिलो प्रश्न नै यो हो। अनि २०-३० रुपियाका लागि गरेको लापरबाहीले देशको सुरक्षामा कति संबेदनसिल असर पुराउन सक्छ भन्ने कुरामा हामी सबै सचेत हुनु आवश्यक छ। चालकका अनुसार जुन एजेन्टले उनिहरु भन्सार गराइ दिन्छ उस्ले बाटोमा प्रहरीलाई दिनका लागि भएर २५०० रुपिया नेपाली उनिहरुलाई दिने गर्दो रहेछ। गाडी रोक्ने बित्तिकै प्रहरीले धेरै केही न सोधी के हो? खुर्सानी हो? चलो चलो ब्यवस्था करो? अनि चाय पानी दो? टाइपका वाक्य प्रयोग गरेको देख्दा मलाइ लागि रहेको थियो कि यो कुनै नया खेल होइन, नियमित प्रक्रिया अनुसार नै चलिरहेको छ। भ्रष्टाचारको यस्तो बिकराल घिनलाग्दो रुपका विरुद्ध एक सचेत नागरिक भै आवाज उठाउनु मेरो कर्तव्य हो। देशको सेवाका लागि तैनाथ केही लालची अनि दलिद्र मानसिकताका प्रहरीले गर्दा नेपाल प्रहरि कै बदनाम भै रहेको छ। नेपाल प्रहरीको गौरव लाग्दो इतिहासलाई १०,२०,३०,५० मा अन्धकार चिसा रातहरुमा खुलेआम बर्दी धारी बाट नै लिलाम भएको देख्दा स्तब्ध भए। देशको सुरक्षा जिम्मा पाएका अङ्गहरु नै यसरि भ्रष्टाचारमा पल्किए पछि देशको सुरक्षा प्रती चिन्ता बढ्नु जायज हो। जसरी खुर्सानीको गाडीलाई २०-३० रुपियाका लोभमा बिना चेक जाँच छाडियो, त्यसरि नै कालो बाजारी, समाज र राष्ट्र नै खतरामा पर्ने गरि जस्तासुकै संबेदनसिल बस्तुहरु पनि देश भित्र भित्र्याउन के बेर? सोच्ने बेला आएको छ। अनावश्यक भारतीय गाडिबाट पैसा असुली गर्न बन्द हुनु पर्छ। देशका राष्ट्र सेवक प्रहरीमा दलिद्रता अनि भ्रष्टाचारको बिकास कसरि भयो? यो बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षणको लागि अनुरोध गर्दै कर्मठ सत्य,सेवा सुरक्ष्णमको भाव सहित कार्य गर्ने वीर नेपाल प्रहरिलाई नमन गर्दछु।
    (किशाेर गैरे नेविसंघका नवलपरासीका नेता हुन )

    Advertisement

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख

    • ६.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • २.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ३.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ४.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ५.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ६.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    • ७.
      स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    • ८.
      सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation