राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठान जिल्ला बचत तथा ऋण सहकारी संघ प्युठानको अध्यक्षमा भोज बहादुर बस्नेतको अद्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ। बचत तथा ऋण सहकारी सस्थाको छाता संगठन प्युठानको सोमबार भएको सातौं वार्षिक साधारण सभाले नया कार्यसमिती चयन गरेको हो। समितिको उपाध्यक्षमा माया गिरी , सचिव बलभद्र के सि , कोषाध्यक्ष निरज सुवेदी , सदस्यहरु प्रेम प्रसाद आचार्य ,सपना पुलामी , भगवता पुलामी , माधब प्रसाद पराजुली ,केशबरज भण्डारी ,निर्वाचीत भएका छन् । साधारण सभाकै अवसरमा गोपाल थापाको संयोजकत्वमा ३ सदस्य रहेको लेखा सुपरीवेक्षण समिति पनि निर्विरोध निर्वाचित भएको छ । जसमा भरत खड्का र हुम बहादुर पुन रहेका छन।भने सल्लाहकारमा दिन बहादुर भण्डारी रहेका छ्न।देशकै उत्कृष्ठ सहकारीको रुपमा आफ्नो पहिचान बनाईसकेको सहकारी सस्था फुलबारी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष समेत रहेका नब निर्बाचित जिल्ला सघका अध्यक्ष भोज बहादुर बस्नेतले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिका साथ अगाडी बढ्न अनिवार्य रहेको ठकुवा गर्नुभयो ।
सदस्य संघसंस्थाहरुको हित र क्षमता अभिवृद्धिका लागि जिल्ला सघ सदैब प्रतिवद्ध रहने बताउदै सहकारी सुशासन र अनुशासनका लागि सहकारीकर्मीहरुलाई जिम्मेवार हुन आग्रह समेत गर्नुभएको थियो। सातौ वार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतीथि नेफ्स्कुनका संचालक कृष्णप्रसाद नेपालले गर्नुभएको थियो । सभामा वोल्दै उनले सहकारी आर्थिक विकासको उत्कृष्ट मोडल भएको बताउनुभयो । उहाले सहकारीले स–सानो पुँजी परिचालनबाट पिछडिएका वर्गहरुको आर्थिक जिवनस्तर परिवर्तनमा खेलेको भूमिका प्रशंसनीय रहेको समेत बताउनुभएको थियो । फुलबारी बचत तथा ऋण सहकारी सस्थाका ब्यबस्थापक प्रकाश बैद्यले
सहकारीले साना पूँजीलाई एकीकृत गरी आर्थिक उन्नतीतर्फ समाजलाई अग्रसर गरेको उल्लेख गर्नुभयो ।
सहकारी क्षेत्रको प्रवर्द्धन र विकासमा आफुहरु क्रियाशिल रहेको बताउदै राज्यले सहकारी क्षेत्रको प्रवर्द्धन र व्यवस्थापनमा नीतिगत र कार्यक्रमिक सहयोग गर्नुपर्ने र सहकारी सस्था पनि सदस्य केन्द्रित व्यवसायमा उन्मुख हुनुपर्ने उहाँको भनाई छ ।संस्थाका सचिव भोज बहादुर बस्नेत द्धारा प्रस्तुत प्रगती प्रतीवेदन र प्रस्तावित कार्यक्रम तथा संस्थाका कोषाध्यक्ष द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र प्रस्तावित आय व्यय बन्दसत्रमा व्यापक छलफल भई सर्वसम्मतीबाट पारित भएको थियो ।साधारण सभाले राष्ट्रिय सहकारी महासघमा बिष्णु योगि ,प्रदेश बचत तथा ऋण सहकारी सघमा ओमभक्त पण्डित, नेफस्कुनमा जिल्ला सघका नबनिर्बाचित अध्यक्ष भोज बहादुर बस्नेत लाई प्रतिनिधिको रूपमा पठाउने निर्णय भएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघ प्युठानमा नयाँ नेतृत्व,अध्यक्षमा बस्नेत
जिल्ला बचत तथा ऋण सहकारी संघ प्युठानमा नयाँ नेतृत्व,अध्यक्षमा बस्नेत

Advertisement
तपाईको प्रतिक्रिया