स्मृती घर्ती मगर,प्युठान। दुबै खुट्टाको घुडादेखि मुनिको भाग राम्रोसँग चल्दैन । जन्मजात अपागं हुनुहुन्छ उहाँ,चार हात, खुट्टाको साहाराले हिड्नु पर्ने उहाँलाई यताउती दौडधुप गर्न निकै सकस पर्छ। तर, निकै मेहनती हुनुहुन्छ प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्वर ३ निवासी ३७ बर्षीया वीर बहादुर थापा मगर।उहाँ अपाङ्ग भए पनि सपाङ्ग व्यक्तिसरह काम गरेर परिवारको खर्च धान्दै आइरहेका छन् । बाँसबाट डोका डाला, सुपोजस्ता सामाग्री बुनेरै जिविकोपार्जन गर्दै हुनुहुन्छ वीर बहादुर । उहाको दैनिकी घरवरीपरिको बासं काटेर त्यसबाट चोया निकाल्ने अनि त्यसबाट विभिन्न सामाग्री तयार पार्नमै बित्छ। परिवारका सदस्यले बाँस काटेर घर सम्म ल्याईदिन्छ्न,उहा त्यस्लाई विभिन्न आकृती दिनुहुन्छ। दिन भुलाउने र आम्दानी गर्न माध्यम बनेको छ डोको,सुपो लगायतका सामाग्री बुनाई । ‘बासको चोया बनाएर डोकाडाला,सुप बुनेर जीविका चलाएको छु ।’ उहाले भन्नुभयो,’ ‘धन्न यति बुन्न जानेका छौँ । नभए बाँच्ने आधार नै रहने थिएन ।बुनाईको गुणस्तर हेरेर एउटा डोकोको ३सय ५० र एउटा सुपो ६ सय रुपैयां सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक पेट खान, एक सरो लाउन डोको सुपो बुन्छु । यस्मै मेरो र परिवारको खुसी जोडिँदै गएको छ । महिनामा १५/२० वटा डोको र सुपो बिक्री हुने बताउदै उहाले भन्नुभयो,’ ग्राहकहरु घरमै आएर किनेर लैजान्छ्न’ ४ भाइ, ३ बहिनी मध्ये उहाँ घरको जेठो छोरो हुनुहुन्छ। उहाँसङ्गै घरमा ५ दाजु बहिनीको बिहे भईसक्यो। अब घरमा कान्छो भाइ र कान्छी बहिनीमात्र बिहेको हुन बाँकी छ । भाइहरु बिहे गरे अनि छुट्टै बस्न थाले। अनि परिवारको जिम्मेवारी उनै बिरबहादुरको काधंमा थपियो। वीर बहादुर र उहाँको श्रीमती बुवा, आमा सङ्गै बस्दै आउनु भएको छ। बुवाले पनि बाहिर गएर कमाउन सक्ने उमेर नभएकोले उहाँ आफैले घरखर्चको जोहो गर्दै आउनुभएको हो ।
अपागं वीर बहादुरको दैनिकी: डोकोडालो र सुपो बुनेर गुजारा टार्दै
अपागं वीर बहादुरको दैनिकी: डोकोडालो र सुपो बुनेर गुजारा टार्दै
Advertisement
तपाईको प्रतिक्रिया