कामना डेली, रुपन्देही। रुपन्देही र पाल्पाको सिमानामा नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धवावा धामले पनि निकै धार्मिक पर्यटकको मनलाई आकर्षित गरिरहेको छ ।सिद्धार्थराजमार्गको छेउमै अवस्थित यो मन्दिर प्राकृतिक संपदाले पनि सिङ्गारीयको छ । दुवैतिर पहाड, पहाडबिचमा रहेको तिलोत्तमा नदीकै छेउमा रहेको धाम ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। बुटवल बसपार्कदेखि झन्डै ६ किमी दुरी पार गरेपछि सिद्ध बाबा धाम पुग्न सकिन्छ। चुरे पहाडको काखमा रहेको यो धामको दर्शनका लागि नेपाल र भारतको विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन्।
प्रेरणा नायक शिव्य भतृऋषिले तपस्या गरेको यो तपभूमि प्रदेश नं. ५ कै गहना नै मानिन्छ।यो सिद्धबाबा क्षेत्र भर्तृहरिको तपोभूमि हो । यस ठाउँमा उनले आफ्नो वैराग्य जीवन ब्यतित गरी सिद्धि प्राप्त गरेको हुँदा सिद्धबाबा रहन गएको किंवदन्ती समेत पाइन्छ ।
भर्तृहरि खासमा भारतको तत्कालीन उज्जैन राज्यका राजा थिए । उनी विक्रम सम्बत् चलाउने राजा विक्रामादित्यका दाजु थिए भनिन्छ । आफ्नी श्रीमती पिंगला र भाइसंगको खटपटका कारण राज्य त्याग गरेर यस क्षेत्रमा तपस्या गरेर नाथ सम्प्रदाय अवलम्वन गरी सिद्धि प्राप्त गरेको किंवदन्ती पाइन्छ । उनले यसै क्षेत्रमा बसेर त्रिसतक लेखेका थिए । यो धामको दर्शनले मनोइच्छा पुरा हुने भक्तजनको भनाई रहेको छ। यहाँ शिव मन्दिर, दुर्गा मन्दिर, हनुमानको पूर्वकडको मूर्ती, सन्तोषीमा मन्दिर लगायत मन्दिर रहेका छन्। विशेष गरी सोमबार महाशिवरात्रि, श्रवण महिनालगायत अन्य चाडबाडमा भिड लाग्ने गर्दछ। रुपन्देहीमा परौहा परमेश्वर शिव ज्योति लिङ्ग धाम लगायत थुप्रै देवस्थल धार्मिक धरोहरहरू रहेका छन्।इतिहासमा उल्लेख भएअनुसार रामापिथेकसको बंगारा बुटवलनजिकै तिनाउ नदी किनारको पहरामा फेला परेको मानिन्छ । प्राचीन भारतको उज्जैन राज्यका चक्रवर्ती राजा भतृहरिले बैराग्यपछि राजपाट त्यागेर बुटवलसँग जोडिएको दोभान–५ सिद्धबाबा क्षेत्रको गुफामा धेरै वर्ष तपस्या गरी शिवत्व प्राप्त गरेको मान्यताका आधारमा सिद्धबाबा मन्दिर स्थापना भएको धार्मिक विश्वास छ ।सिद्धबाबा मन्दिरमा शिवजीको पूजाआजा गरिन्छ । शिवजीलाई भोलेबाबा भन्ने चलन समेत छ । यस मन्दिर परिसरमा शिवजीको मूलमन्दिर,गणेश,नाग,मनसादेवी,विश्वकर्मा बाबाको मन्दिरका साथै अखण्ड धूनी समेत छ ।मन्दिरको परिसरमा विभिन्न ब्यक्ति वा संघसंस्थाको आर्थिक,भौतिक र नैतिक सहयोग र सिद्धबाबा मन्दिरको संयोजनमा निर्मित धर्मशाला,श्राद्ध स्थल,पार्किङ्ग स्थल,सार्वजनिक शौचालय,असाहयहरुका लागि बनाइएको आश्रय स्थल समेत रहेको छ । तत्कालीन सिद्धार्थ राजमार्ग निर्माण कम्पनीले सम्वत् २०३१ को आसपासमा हालको मन्दिरको स्थापना गरी पूजाआजाको सुरुआत् गरेको पाइन्छ ।यो प्राचिन इतिहास वोकेको मन्दिरको प्रचार प्रसारमा अझै तीव्रता दिनसके धार्मिक पर्यटनमा टेवा पुग्ने देखिन्छ ।
जाऔ, घुमौ, रमाऔ सिद्धबाबा धाम
जाऔ, घुमौ, रमाऔ सिद्धबाबा धाम

Advertisement
तपाईको प्रतिक्रिया