गाउपालिकाको सहयोगमा दाजुभाईले थाले आरन उद्योग

मधुसुदन पोख्रेल,प्युठान।प्यूठानको नौवहिनि गाउँपालिकाको अनुदानमा दाजुभाईले सामुहिक आरन उद्योग संचालनमा ल्याएका छन । गाउपालिकाको केन्द्र वाहानेमा गाउपालिका र ब्याक्तिगत लागानिमा आरन उद्योग संचालनमा ल्याएको उद्योक संचालक मिलन विकले जानकारी दिनु भयो । नौ वहिनि गाउँपालिका वडा नम्वर १ का मिलन विक र मिसन विकले उद्योग सचालन गरेका हुन। परम्परागत रुपमा चलाईदै आएको पेसालाई व्यावसाहिक रुपमै अघि बढाउने उदेश्यले आरन उद्योग संचालनमा ल्याएको उनिहरुले वताए । गाउँमा वालिघरेका रुपमा काम गर्दै आएका दाजुभाई गाउँपालिकाले सहयोग गरेपछी उद्योग संचालन गर्न सजिलो भएको ब्याबसायी मिलन विकले बताउनु भयो । यूवा लक्षीत कार्यक्रम अन्तरगत गाउपालिकाले अनुदान सहयोग गरेको नौवहिनि गाउँपालिका वडा न ५ का वडा अध्यक्ष माधव सिह के सी ले जानकारी दिनु भयो । केहि गर्छू भन्ने यूवाका लागि गाउपालिकाले सधैं सहयोग गर्ने समेत उहाको भनाई छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...