• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

प्युठानमा शहिद उमेश स्मृति प्रतिष्ठान भवनको उद्धघाटन, को हुन् उमेश ?


  •   शनिबार, असोज ११, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।जनआन्दोलन २०६२/०६३ मा मारिएका शहिद उमेशचन्द्र थापाको स्मृतिमा भवन निर्माण गरिएको छ ।प्युठानको सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुयाउनुभएका स्वर्गीय उमेशचन्द्र थापाको स्मृतिमा प्रतिष्ठानको स्थापना गरिएको हो । नेपाल सरकार प्रदेश नं५का मुख्य मन्त्री सकंर पोख्रेलले शनिबार भवनको उद्धघाटन गर्नुभयो ।सोही अबसरमा बोल्दै पोख्रेलले प्युठानको विकासका लागि स्व उमेश चन्द्र थापाको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै यसमा प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै बिकासका दृस्टिले प्रदेश न ५ सबै प्रदेश भन्दा अगाडि रहेको दाबी गर्दै पोख्रेलले फेरि पनि देश सम्बृद्धी तर्फ अग्रसर भईरहेका बेला केही तत्वहरुले जनतामा निरासाको खेती गरिएको आरोप समेत लगाउनुभएको छ। नेकपा सरकारले गरेका राम्रा कामहरु जनताका माझ पुग्न नसक्दा बिपक्षहरुले त्यसलाई बिरोधको हतियार बनाएको मुख्यमन्त्री पोख्रेलको भनाई थियो। ‘अझै पनि संघियता काम लाग्दैन भन्दै बकबास गरिरहेका छन’, उहाले भन्नुभयो,’संघियताको बिरोध गर्नु समाज परिवर्तन हुन रोक्नु हो’ संघियताले खर्च बढ्यो भनेर बिपक्षहरुले भम्र छरिरहेको पोख्रेलले बताउनुभयो।पार्टि एकतासँगै कायकर्ताहरु उत्साहित बनेकोमा खुसी व्यक्त गर्दै उहाले स्थानियतहमा रहेका पार्टिका नेता र कार्यकर्ताहरुलाई गाउँ टोलको बिकास निर्माणमा केन्द्रित हुन उहाँले सुझाव दिनुभयो । प्युठान नगरपालिका ४ स्थित गणतान्त्रिक खेलमैदान नजिक रहेको २ रोपनी ११ आना जग्गा भवन निर्माणका लागि स्थानियले निशुल्क प्रदान गरेका थिए। प्युठान नगरपालिका ४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले डेढ रोपनी , स्थानीय तथा समाजसेवी राजकुमार कक्षपतिले एक रोपनी र टोपेन्द्र सुनारबाट तीन आना जग्गा सहिद उमेशचन्द्र प्रतिस्ठानलाई निशुल्क दिएका थिए ।यश अघि उपप्रधान एवं रक्षामन्त्री तथा नेकपाका स्कुल बिभाग प्रमुख ईश्वर पोख्रेलले भवनको शिलन्यास गर्नुभएको थियो।राजा ज्ञनेन्द्रले आफ्नो निरंकुश शासन टिकाइराख्न २०६२ साल माघ २६ गते गरिएको कथित नगर निर्वाचनलाई असफल पार्नका लागि दाङमा सडकमा उत्रिएको वेला नेपाली सेनाले चलाएको गोली लागी थापाको ज्यान गएको थियो ।

    Advertisement

    को हुन् उमेश ?

    उमेशचन्द्र थापा विसं २०१२ असोज १० गते प्युठानमा जन्मिएका थिए । आमा फनिदेवी थापा र बुबा भोज बहादुर थापाको कोखबाट प्युठानको बरौलामा जन्मिएका थापा समाजप्रति कर्तव्यनिष्ठ, न्यायप्रेमी, साहसी र निडर नेताको रुपमा परिचित हँुदै आएका थिए ।सानैदेखि आत्मविश्वासी र लगनशील व्यक्तिको रुपमा चिनिएका उमेशको शिक्षा स्नातकसम्मको हो । प्युठानकै बिजुली गाविसमा रहेको तत्कालीन जनता मावि र मुक्ति विद्यालयमा अध्ययनपछि दाङको घोराहीमा बसाइ सरेर आएका थिए । उच्च शिक्षा घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा शुरु गरेका उमेशले विद्यार्थी कालदेखि नै राजनीति शुरु गरेका हुन् ।प्युठानकै वामपन्थी आन्दोलनबाट प्रभावित भएर उमेशले प्युठानबाटै राजनीतिक जीवन शुरु गरेका थिए । कम्युनिष्ट घटकको रुपमा उनले राजनीति शुरु गर्दा विद्यार्थी राजनीतिको अवस्थासमेत कमजोर थियो । तत्कालीन नेकपा मालेको सम्पर्कमा रहेर महेन्द्र बहुमुखी क्याम्पसमा उनले काम गरेको नेकपा दाङका नेता टीकाराम खड्काले बताए । उनी भन्छन्, ‘उहाँले विद्यार्थी राजनीतिमा पु¥याएको योगदान अहिले पनि स्मरणीय छ ।’विसं २०३५÷३६ तिरको वामपन्थी विद्यार्थी आन्दोलनका कारण उमेशको छवि वजनदार बनेको उनका समकक्षीहरु बताउँछन् । थापा विद्यार्थी राजनीति गरेकै कारण तुलसीपुरमा चार महीना जेल जीवन समेत भोग्न बाध्य भएका थिए । थापाले नगर कमिटी सदस्यसमेत भएर काम गरेका थिए । उनको आफ्नै प्रेस थियो । प्रेस चलाएर बस्ने भएकाले पनि सम्पूर्ण समय पार्टीलाई दिन नसकेका थापाले पार्टीले भनेका कामहरु कर्तव्यनिष्ठ भएर गर्थे ।थापाले विवाह प्युठानबाटै गरे । विद्यार्थी र राजनीति गर्दै दाङमा बस्न थालेपछि प्युठानकै एञ्जला थापासँग विवाह गरेका हुन् । विसं २०४१ फागुन २२ गते उनको मागी विवाह भएकोे हो ।

    शनिबार, असोज ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...