• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ५. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ६. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ७. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • ८. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ९. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • १०. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

तिलोत्तमा लगानी सम्मेलन : १५ अर्ब लगानी प्रतिबद्धता


  •   शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
  • बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बिहीबार आयोजना गरेको लगानी सम्मेलनमा १५ अर्बको लगानी प्रतिबद्धता आएको छ । सम्मेलनको क्रममा ३० वटा परियोजनाका प्रस्ताव आएका छन् ।काठमाडौं बाहिरका स्थानीय तहहरु मध्ये तिलोत्तमा नगरपालिकाले पहिलोपटक आयोजना गरेको लगानी सम्मेलनमा दुईवटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ भने दशवटा परियोजनामा आशयपत्रमा हस्ताक्षर भएको छ ।यो संगै १५ अर्ब रुपैयाँको लगानी भित्रिने लगभग निश्चित भएको छ ।लगानी प्रतिबद्धता आएका प्रस्तावमध्ये कृषि,पर्यटन, उद्योग, सीप विकास र रोजगारीसँग सम्बन्धित छन ।पहिलो प्रयासमै निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरु निकै उत्साहित भएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । ‘तिलोत्तमा लगानीका लागि उपयुक्त थलो रहेछ भन्ने लगानीकर्तामा छाप छाड्न सफल भयौं’, घिमिरेले भने, ‘प्रति कठ्ठा पाँच हजार भाडा दरमा चाहेजति जग्गा ३०–४० वर्षसम्म लिजमा दिने र रोजगारीका आधारमा करमा सत प्रतिशतसम्म छुटको योजनाबाट लगानीकर्ताहरु आकर्षित भएका छन्,बाँकी परियोजनामा पनि छिट्टै लगानी भित्रिने छ ।’एमओयू भएका दुई परियोजनामा यूके एड र तिलोत्तमा नगरपालिकाको सहकार्यमा सीप र रोजगार प्रवद्र्धन कोष स्थापना तथा नेपाल बैंक लिमिटेडको सहुलियत कर्जा परियोजना रहेका छन् । सम्मेलनमा नगरपालिकाले २२ वटा र नीजि क्षेत्रले ३१ वटा परियोजना प्रस्ताव गरेका थिए । तीमध्ये सम्मेलनमा २४ वटा परियोजनाको आशयपत्र मात्र खोलिएको थियो ।प्रारम्भिक लगानी समझदारी भएका परियोजनाहरुमा रिडी हाइड्रो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रालि.,तिलोत्तमा रिङरोडमा रेलवे, तिलोत्तमा–११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, वडा नं. ६ मा दुग्ध प्रशोधन केन्द्र, वडा नंं १४ मा मिनी नेपाल, एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित) रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । सम्मेलनमा चीन, भारतबाट समेत लगानीकर्ताहरु आएका थिए । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायतले स्थानीय तहमै पहिलोपटक व्यवस्थित ढंगले लगानी सम्मेलन आयोजना गरेको भन्दै तिलोत्तमा नगरपालिकाबाट देशका अन्य स्थानीय तहले सिक्नुपर्ने बताएका थिए ।लगानी सम्मेलनबाट ५० अर्ब लगानी भित्रिने आयोजकको अपेक्षा थियो ।

    Advertisement

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा
    रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ५.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    भर्खरै

    • १.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • २.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ४.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ५.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ६.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ७.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ८.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...