• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ९. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

  • १०. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

भुपु भारतिय सेना कृषि,राजनिती र समाजसेवामा पनि उत्तिकै अव्वल


  •   बिहिबार, असोज ०९, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान । ऐरावती गाउँपालिका– ३ अर्झामका टिकाबहादुर गुरुङ अहिले ७३ वर्ष पुग्नुभयो । उहाँले ९ कक्षा सम्मको शिक्षा हाशिल गरेपछि वि.स. २०२० सालमा भारतीय सेनाको जागीरमा प्रवेश गर्नुभयो । २९ वर्ष लामो सेनाको जागिरेपछि उहाँ वि.स. २०४९ सालमा सेवा निर्वित हुनुभयो । जागिरबाट अवकाश पाएपछि उहाँ जन्मथलोमा फर्किनुभयो । उहाँ गाउँ फर्किदा धेरै छिमेकीहरु बसाई सराई गरेर जिल्ला छाडिसकेका थिए । त्यसको कारण थियो विकट ठाउँ नत सड्क, न खानेपानी , नत कुनै उद्यम व्यवसाय । उहाँको गाउँ फर्कियपछिको पहिलो योजना बन्यो स्थानियलाई कृषिमा अगुवाई गर्ने । यो योजना सहित अगाडी वढनुभएका गुरुङलाई चुनौती दियो खानेपानीले । पिउनका लागि समेत समस्या पर्ने पानी कृषि गर्नका लागि असम्भव देखीयो । उहाँ गाउँलेहरुको नेतृत्व गर्दै लामो समयसम्म खानेपानी ल्याउनका लागि अग्रसर हुनुभयो । विभिन्न जिल्लामा अध्ययन गर्ने क्रममा उहाँले खानेपानी समस्या बताउन थाल्नुभयो अन्तत ०६६ सालमा खानेपानी डिभीजन मार्फत दुई करोड ७५ लाखको लागतमा लिफ्ट खानेपानी योजनाको काम सुरु भयो । ०७२ सालमा नारङ्गे लिफ्ट मार्फत गाउँमा खानेपानी पुग्यो । लामो समयसम्म उहाँकै अगुवाईमा गाउँमा खानेपानी पुगेको स्थानियहरु बताउछन् । खानेपानीबाट साविकको पकला गाविस अन्र्तगतका वडाहरु ५,६,८,९ र बरौला गाविसका ५ र ६ वडाका तीन सय २८ घरधुरीका स्थानियहरु लाभान्वित भएका छन् ।
    खानेपानी गाउँमा आएसंगै गुरुङले बनाएको योजना सफल भएको छ । गाउँका स्थानियहरुले खानेपानी पिउन पाउँनुका साथै विभिन्न क्षेत्रमा प्रयोग गर्न पायका छन् । स्थानियहरु खुसी छन् । नियमित विहानमा पानी भर्ने व्यवस्था मिलाईएको छ । स्थानियहरुले टंयाकीमा पानी जम्मा गर्छन् र चाहियअनुसार उपयोग गर्ने गरेको गुरुङले बताउनुभयो ।
    सड्क पनि पुग्यो गाउँमा
    सेवा पुरा गरि गाउँमा आएका गुरुङले सड्क नहुँदा गाउँलेलाई परेको दुःख देख्न सक्नुभएन् । उहाँले लामो समयसम्म अगुवाई गरेर चेरनेटा–पुरनठाटी चलिरहेको सड्कलाई हरियाखोलादेखी जाबुने सम्म जोडीयो । ११ लाख रुपिँया लागतमा जाबुनेमा सड्क पुगेको गुरुङ बताउनुहुन्छ । उहाँ संगै विभिन्न व्यक्तिहरुको पहलमा चेरनेटा–चिन–जाबुने हुदैँ दाङवाङ सम्मको सड्क पनि उहाँ अध्यक्षको नेतृत्व गरि खोल्नुभयो । अहिले दुबै सड्कबाट नियमित जीप चल्ने गर्दछन् ।
    स्वार्थ लियनन् गुरुङले
    गाउँलेहरुको सेवा गर्ने उदेश्यका साथ सड्क उहाँको नेतृत्वमा खोलियो तर आफ्नो स्वार्थमा उहाँले सड्क निर्माण गर्नुभएन् । उहाँको घरमा सड्क अझै पुगेको छैन् । आफ्नो घरमा बाटो लगेर स्वार्थ पुरा गर्न लाग्यो भनेर टिकाटिप्परी हुन्छ भनेर आफ्नो घरपायक सड्क नखनेको उहाँ बताउनुहुन्छ ।
    राजनीतिमा पनि सक्रिय 
    उमेरले नेटो काटेपनि गुरुङ अझै बलियै हुनुहुन्छ । उहाँलाई राजनीतिको मोहले छोयको छ । ०५४ सालबाट उहाँले राजनीतिक यात्रा सुरु गर्नुभयो । राजमो, काग्रेस, राप्रपाको गड मानिने उक्त क्षेत्रमा उहाँले पूर्व नेकपा एमालेलाई जन्माउनुभयो । ०५४ सालमा भएको निर्वाचनमा धेरै मत ल्यायर उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो । त्यसपछि उहाँ नेकपा एमालेको राजनीतिमा सक्रिय भईरहनुभयो । राजमो र काग्रेसलाई हराउदै एमालेको बहुमतको क्षेत्र समेत बनाउनुभयो उहाँले । तर उहाँ २०७४ सालमा ऐरावती गाउँपालिकाको अध्यक्षमा असफल हुनुभयो । १६ मतले उहाँलाई नेपाली काग्रेसका प्रतिनीधि नबीलविक्रम शाहले जीत्नुभयो । चुनावमा हारे पनि उहाँले राजनीति गर्न छाडनुभएन् । हाँल उहाँ पूर्व एमाले र पूर्व माओवादी मिली बनेको नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
    फलफुल र तरकारी खेतिपनि
    राजनीति संगै ७३ वर्षिय गुरुङले फलफुली खेति र तरकारी खेति समेत गर्न भ्याउनुभएको छ । उहाँले ५० वटा सुन्तलाका विरुवा, मौसमका २५ वटा विरुवा, कागतीका १० वटा विरुवा, स्याउका ९ वटा विरुवा, ओखरका एक सय ३० विरुवा, रुद्राक्षका ५ वटा विरुवा, दालचिनीका एक सय ३० वटा विरुवा संगै बेलौती, आरुवखडा, दारिम लगायतका फलफुलका विरुवाहरु लगाउनुभएको छ । गाउँमै छुट्टै पहिचान दिने उदेश्यका साथ उहाँ फलफुल खेतिमा अग्रसर भएको बताउनुहुन्छ । त्यस्तै उहाँले एक सय ५० विरुवा टमाटर, लसुन , प्याज, गोबी, आलु लगाएतका तरकारी खेति समेत गर्नुभएको छ । उहाँले घरपरिवार, छिमेकीलाई दिनुका साथै केहि तरकारी बेच्दै आएको समेत बताउनुभयो । उहाँले आफुसंगै गाउँलेलाई तरकारी खेति गर्नलाई उत्प्रेरणा दिएको समेत बताउनुभयो । उहाँले रासायनीक मलको प्रयोग नगरी तरकारी खेति गरेको समेत बताउनुभयो । यो संगै उहाँले एक भैसी, बाख्राहरु समेत पाल्दै आउनुभएको छ । अगिल्लो वर्ष बाख्रा बेचेरै ६० हजार रुपिँया आम्दानी गरेको उहाँले बताउनुभयो । गुरुङलाई ६६ वर्षिय श्रीमती गंगाकुमारी गुरुङले काममा सहयोग गर्नुहुन्छ । दुई दम्पतीबाट दुई छोरा र दुई छोरीको जन्म भएपनि एक छोराको निधन भएको गुरुङले बताउनुभयो । दुई छोरीको विहे भएको र छोरा छुट्टिएर बसेको समेत उहाँले बताउनुभयो । उहाँले महिनाको १० दिन घरमा बिताएपनि २० दिन सामाजिक, राजनीतिक क्षेत्रमै बिताउनुहुन्छ । दाङ क्षेत्रमा जग्गा किनेपनि उहाँले गाउँको विकास गर्नकै लागि गाउँ छाड्नुभएन् । गाउँमा अगुवाई गर्ने व्यक्ति कोहि छैनन् उहाँले भन्नुभयो,–‘त्यसैले गाउँ नछाडेको हुँ । ’ उहाँले सामाजिक क्षेत्रमा निकै उल्लेखनीय काम गर्नुभएको छ । उहाँलाई गाउँलेले टिका बा को बाटो र उहाँले खुवाएको पानी भन्दा उहाँ सन्तुष्ट हुनुहुन्छ । उहाँले शिक्षा क्षेत्रमा पनि केहि गर्न भ्याउनुभयो । गाउँमै रहेको भुवनेश्वरी प्रावि विद्यालयलाई निमावी सञ्चालन गर्नमा समेत उहाँको ठूलो योगदान रह्यो । उहाँ उक्त विद्यालयको अध्यक्ष समेत रहि शिक्षा क्षेत्रमा समेत केहि नयाँ कामहरु गर्दै आउनुभएको छ । उहाँ भारतीय सेनामा हुँदा बसाईसराईको दर वढेको थियो तर अहिले गाउँगाउँमा विकास हुन थालेपछि गाउँलेहरु बसाई सर्ने दर कम भएको छ । बसाई सरी तराई झरेका व्यक्तिहरु कहिलेकाहीँ गाउँ आएर यति विकास भएको भए त हामी किन बसाई सथ्र्यौ भनि सोध्दा आफुले केहि काम गर्न सकेको महशुस भएको उहाँले बताउनुभयो ।

    Advertisement

    बिहिबार, असोज ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...