मधसुदन पोख्रेल,प्युठान। जिल्लामा पहिलोपटक चप्पल उद्योग सञ्चालनमा आएको छ । नौवहिनि गाउँपालिका ६ वहानेका व्यवसायी द्धय मान बहादुर केसी र नारायण केसीको संयुक्त लगानीमा उद्योग संचालनमा ल्याएका हुन। उद्योगमा २० लाख रुपैयाँ लगानी गरिएको उद्योग संचालक मान बहादुर केसीले बताउनुभयो। स्थानियहरुलाई स्वरोजगारी वनाउदै जिल्लाको नाम चिनाउने उदेश्य रहेको संचालक केसीको भनाई छ ।उद्योगमा पाँच जनाले रोजगारी पाएका छन् ।चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भने भारतबाट आयात गरिएको छ । स्थानिय स्तरमा खुलेको उद्योगको प्रबर्द्धनमा स्थानिय सरकारले चासो दिनु पर्ने संचालक केसीले बताउनुभयो । यूवा उद्यमी उत्पादन गरी जिल्लाभर यसको माग बढाउने उदेश्यका साथ आफुहरु लागिरहेको समेत केसीले बताउनु भयो । उद्योगमा अहिले दैनिक १० हजार जोडि चप्पल उत्पादन हुँदै आएको बताउदै उद्योग संचालक केसीले वजारमा माग पनि बढ्दै गएको जानकारी दिनुभयो।
प्युठानमा खुल्यो चप्पल उद्योग
प्युठानमा खुल्यो चप्पल उद्योग

Advertisement
तपाईको प्रतिक्रिया