• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, फागुन ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ३. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ४. गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

  • ५. किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

  • ६. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ७. एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

  • ८. अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

  • ९. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

  • १०. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

नेपालको बिकासमा पश्चिमीकरण कि नेपालीकरण?


  •   बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
  • -किशोर गैरे। म कुनै ठूलो अनुसन्धानकर्ता होइन, न कुनै विशेषज्ञ बिश्लेषक, तर पनि म नेपालको ईतिहास देखीका घटनाक्रमहरुको अध्ययन गर्दै आउदा केही बोल्न मन लाग्यो। लामो समयबाट नेपालमा पश्चिमाकरणको प्रयास भएको देखिन्छ।नेपालमा मात्र होइन बिश्वब्यापि रुपमा सबै मौलिक सभ्यता र संस्कृति माथी पश्चिमाहरुको नियन्त्रण छ। कुनै पनि राज्यलाई आफ्नो नियन्त्रणमा लिनका लागि युद्धनीति मात्र प्रयोग हुदैन, जहाँ युद्ध नीति प्रयोग हुदैन त्यहा कुटनीति प्रयोग हुन्छ। आज सन्सार पश्चिमी कुट्नितीको परिबन्धमा बधिएको छ। त्यो परिबन्धबाट नेपाल उम्कने त सम्भब नै भएन।कुनै राज्य, ठाउँ वा मानिसको फरक परिचय कसरी हुन्छ भन्दा उसको बिचार,उसको संस्कृति, धर्म, भाषा अनि सभ्यताको आधारमा।जब कुनै राष्ट्रका भाषा, धर्म, संस्कृति अनि सभ्यता माथी अतिक्रमण गर्न सकिन्छ तब त्यो देश तहसन्हस हुनु स्वभाबिक हो। हामी नेपालीहरु जानी नजानी लहडैलहडमा आफ्नो भाषा, धर्म र संस्कृतिमाथीको हस्तक्षेपलाई आधुनिकताको परिभाषा दिदै गर्व महसुस गर्छौ। के हामीले कहिले सोचेका छौ हाम्रो फरक अस्तित्वलाई निम्ट्यान पार्न हामी दिन दुई गुना रात चौ गुना लागिरहेका छौ। हामी नेपाली बोल्छौ, एक पटक बिचार गरौ त, हाम्रो एक वाक्य नेपालीमा कति वटा अङ्ग्रेजी शब्द आउँछ, हाम्रो त्यो अङ्ग्रेजीकरणले गर्दा हामी पछिको पुस्ताले नेपाली भाषालाई जसरी हामीले आज संस्कृतलाई कोमामा पुराएर सबै भन्दा ठूलो आधुनिकताबादी भएर गर्व गरिरहेका छौ नि त्यसरी नै एक दिन नेपाली भाषाको पनि कोमामा जाने दिन आउदैन भन्न सकिन्न। हाम्रो भाषा दोहोरो चपेटामा छ,एकातर्फ अङ्ग्रेजीकरणको त अर्को तर्फ हिन्दीको। नेपालमा आउने हरेक टिभी च्यानलमा हिन्दी भाषामा आउँछ, सानो बच्चाले कार्टुन हेर्दै हिन्दी सिक्छ, अनि बिधालयमा अङ्ग्रेजी। अङ्ग्रेजी बोल्न आउने मान्छेलाई बुध्दिजिबी भनिन्छ, अङ्ग्रेजी एक भाषा हो, भाषा गौड हो, उसको ज्ञान, बुद्धि अनि बिबेक महत्वपुर्ण। नेपाल यस्तो देश हो जहाँ बाल बालिकालाई पिटि पिटि अङ्ग्रेजी सिकाइछ र बिधालयहरुमा अङ्ग्रेजी नबोल्दा डण्डित गरिन्छ। भाषिक अतिक्रमण पछि लागौ धार्मिक अतिक्रमण तर्फ, यो बिषयमा म बोल्दा मलाइ हिन्दु रयास्न्लिस्ट भनिएला,तर म एउटै कुरा भन्न चहान्छु नेपालमा सन १७१५ देखि धार्मिक अतिक्रमणको प्रयास सुरु भएको पाइन्छ। नेपालमा पश्चिमी धर्म प्रचारका लागि आएको क्याथोलिक मिसनलाई नेपालको एकीकरण पछी देश निकाला गरिएको इतिहास पाइन्छ। हामी नेपालीहरुको आफ्नै मौलिक धर्म रहेको छ, आफ्नै मौलिक परम्परा अनि सभ्यता। नेपाललाई धर्म निरुपेक्ष बनाउन सफल हुनु नै पश्चिमको सबै भन्दा ठूलो जित हो। आज उनिहरु प्रचार प्रसार मजाले गर्न पाइरहेका छ्न। पश्चिमि धर्म मान्ने हरुको संख्या पनि दिन दुई गुना रात चौगुना फैलिएको छ। हामी निरुपेक्ष हुनु पर्ने, पश्चिमाहरु आफ्नो राष्ट्रमा चाहिँ सापेक्ष हुने? अब कुरा गरौ संस्कृत र सभ्यताको, बिश्वमा जिबित पुरानो सभ्यताहरु मध्यमा पूर्वीय दर्शनबाट प्रभाबित नेपालि सभ्यता नै हो। तर विभिन्न नाममा हाम्रो सभ्यताहरु माथी हमला भैरहेको छ, हामी मौन मात्र होइन हामी रमाइरहेका छौ,हामीलाई के लागि रहेको छ, हामी सबै भन्दा ठुला क्रान्तिकारी हौ, हामी सबै भन्दा ठुला आधुनिकताबादी। हामीले आधुनिकताको खोल ओढ्दै गर्दा यो बिर्सिनु भएन कि पश्चिमले कसरी बिकास गर्यो, आफ्ना धर्म, संस्कृती र सभ्यताको जगमा उभिएर नै हो। पश्चिमीकरणलाई गर्बका साथ आत्मसात गरिनु नै हाम्रो अस्तित्व निमिट्यान पार्नु हो। म यो कुरा गरि राख्दा मलाइ भनिन्छ, यो युग ग्लोबल भैसक्यो, हामी कसरी फरक हुन सक्छौ। यो सन्सार ग्लोबल भयो, ग्लोबल सङ्गसङ्गै हामीमा हाम्रो अस्तित्व र पहिचान प्रती बितृष्णा उत्पन्न भयो, हिजो पश्चिमीहरु भन्दा कुनै कम थिएन नेपाली, उदाहरणका लागि बिश्वले पश्चिमी क्यालेन्डर मान्छ तर हामी सङ्ग हाम्रो नेपाली क्यालेन्डर छ। नेपालमा पश्चिमिकरण होइन नेपालीकरण आवश्यक छ। नेपालमा नेपाली हु भन्दा गर्व गर्ने अवस्थाको बिकास हुनु आवश्यक छ, हाम्रो शिक्षा प्रणालीले यस्तो जन शक्ति उत्पादन गर्दै छ कि जसले नेपाली हुनु भन्दा बिदेशी हुनुमा गर्व गर्ने समाज निर्माण गर्दै छ। हामीले बिकास र आधुनिकताका नाममा बिदेशी हस्तक्षेपलाई नेपालमा प्रबेश पो गरायौ कि सोच्ने बेला आइसकेको छ। जब हामीले आफ्नै देशमा आफ्नो धर्म, संस्कृती अनि सभ्यता प्रती हिनताबोध गर्ने पुस्ताको निर्माण गर्दै छौ भने हामीले हाम्रो अस्तित्व अनि नेपालित्वलाई कसरी मज्बुत गर्न सकिन्छ त? हिजो हाम्रा वीर सैनिकहरु अङ्ग्रेजी साम्राज्यवाद विरुद्ध के स्रोत साधान सम्पन्न भएर युद्ध गरेका थिए? पक्कै होइन तर जे जे भएनि नभएनी एउटा कुरा पक्का थियो, नेपाली हुनुमा गर्व अनि आफ्नो अस्तित्व प्रतीको बिश्वास अनि माया। ज्यान जावोस तर आफ्नो फरक अस्तित्व को रक्षा गर्नु नै उनिहरुको धर्म थियो। महान आत्माहरुलाई मेरो कोटिकोटि नमन!नेपालमा पश्चिमाकरण होइन नेपालीकरण आवस्यक छ। पश्चिमाहरु महिलालाई यौनदासी बनाएर गैर मानव सरि व्यबहार गर्दा हामी नेपालीहरुले नारीलाई देवि भगवतीका रुपमा अनादीकाल देखि पुज्दै आएका थियौ। यस्ले नै प्रमाणीत गर्दछ कि हाम्रो सभ्यता, संस्कृतिले नारीहरुलाई अनादीकाल देखि नै शक्तिका रुपमा उच्च स्थान दिएको छ। उनिहरुले पृथ्वी च्यापटो छ भनेर मान्दै गर्दा हाम्रा पुर्वजहरुले पृथ्वी एक पिण्ड हो, नौ ग्रह छ भन्ने सबै कुराले गर्दा हाम्रा पुर्वजहरु अस्ट्रोलजीका ज्ञाता थिए भन्ने कुरा प्रमाणित हुन्छ, हाम्रो सभ्यता अनि संस्कृति धेरै बैज्ञानिक रहेको, हाम्रो सभ्यता कहिले पनि अन्धभक्त होइन, हाम्रो सभ्यता जहिले पनि अनुसन्धान सोध अनि खोजमा आधारित थियो। तर हामीले त्यसलाइ निरन्तरता दिन सकेनौ। त्यो नै हाम्रो सबै भन्दा ठूलो दुर्भाग्य हुन पुग्यो। नेपालको बिकासका लागि नेपालीकरण आवश्यक छ। अब नेपालीकरण के हो भन्ने प्रश्नमा म नेपालीकरणलाई परिभाषित गर्ने सामर्थ्य त राख्दिन र परिभाषित गर्न नि सक्दिन तर मेरो बिचारमा नेपालीकरण भनेको हाम्रो पूर्वीय दर्शनका आधारमा बिकास भएका हामी सबै नेपालीहरुका मौलिक धर्म, संस्कृती , सभ्यताको बिकास अनि संरक्षण गर्दै हरेक नेपालीमा नेपाली हुनुमा गर्व गर्ने अवस्थाको बिकास गरि हाम्रो सभ्यतासंस्कृतिले सिकाएका हाम्रा आदर्श, मूल्य र मान्यताको आधारमा राष्ट्रको बिकास गर्ने। जबसम्म हामिले आफू हुनुमा गर्व गर्न सकिन्न तब सम्म नेपालको बिकास सम्भब छैन। हिजो हाम्रा पुर्वजहरुले त सिधै युद्धमा सामेल भै भुमी रक्षा सङ्गै हाम्रो धर्म, सभ्यता अनि संस्कृतिको रक्षा गरे तर आज परिस्थिती फरक छ,हामीले हाम्रो कुटनैतिक कुशलताका साथ बैदेशिक शक्तिलाई हाम्रो भुमीमा निस्तेज पार्दै हरेक नेपालीमा नेपाली हुनुको भावना जागृत गर्नु आवश्यक छ। त्यसका लागि नेपाली शिक्षा नितिमा पश्चिमी लम्पसारबादी नीति बिपरित राष्ट्रिय शिक्षा नीति बनाउनु आवस्यक छ। हरेक नेपाली नागरिकलाई आफ्नो भाषा धर्म, संस्कृति अनि सभ्यता प्रती गर्व गर्ने बतावरण निर्माण गर्नका लागि सबै भन्दा पहिले शिक्षामा नेपालीकरण हुनु पर्छ। अनि त्यस पछि नेपालले नया नया आबिष्कार अनि अनुसन्धानमा लगानि गरि नेपाली बैज्ञानिक र खोजकर्ताहरुलाई प्रत्साहित गर्नु पर्छ। सबै भन्दा पहिले नेपालमा शासन गर्ने ब्यक्तीहरुमा नेपालित्वको बिकास हुनु आवश्यक छ। नेपालको सहि बिकास पश्चिमीकरणमा होइन,नेपालीकरणमा छ। बिकास कसैको नक्कल गरेर हुने होइन, बिकास त हामी हाम्रो सभ्यता, धर्म, संस्कृतिको जगमा उभिएर गर्ने हो। अनि बल्ल नेपाली हुनुमा गर्व गर्ने दिन आउँछ, आफ्नो अस्तित्व नै गुमाएर सुखसयल र भौतिकबादमा रमाउदैमा बिकास मान्न सकिन्न। हामी नेपाली सभ्यता र संस्कृति भैतिकवाद भन्दा धेरै माथी आध्यात्मबादमा आधारित छ। नेपालको सच्चा बिकासका लागि सबै भन्दा पहिले हामीले हामीलाई हामी हुनुमा गर्व गर्ने अवस्थाको बिकास गर्नुपर्छ। होइन हामी बिकास होइन, पश्चिमी मोडलको नक्कल गर्ने हो भन्ने हो भने ठिक छ, नक्कल गरौ, हाम्रा पुस्ताहरुलाई नि नक्कल गराऔ, तर याद गरौ आफ्नो रगतको आहुती दिएर नेपाली भाषा, धर्म, संस्कृति र सभ्यताको रक्षाका लागि रगतको लक्ष्मणरेखा कोरि नेपाली अस्तित्वलाई जोगाइ हाम्रो पुस्ता सम्म हस्तान्तरण गर्ने हाम्रा पुर्वजहरुले हामिलाइ कहिले माफ गर्ने छैन्न। हाम्रो बिकास पश्चिमी नक्कल गरेर होइन, आफुभित्र आफू हुनुमा गर्व गर्ने अवस्थाको सिर्जना गरि हामीमा भएका गलत कुराहरुको त्याग गर्दै हाम्रो धर्म, संस्कृतिको समय सापेक्ष उच्चतम बिकास गर्दै जानू नै हो। नेपालको बिकास पश्चिमीकरणले होइन नेपाली माटो सुहाउदो नेपालीकरणले नै हुन्छ। लेखक बर्दघाट नवलपरासी निवासी हुनुहुन्छ!

    Advertisement

    बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ३.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ४.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ५.
      किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि

    • ६.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    भर्खरै

    • १.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • २.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ३.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ४.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    • ५.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • ६.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ७.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    • ८.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation