गुल्मी । गुल्मीमा ट्राफिक प्रहरीको कारवाहीबाट ३९ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ ।आर्थिक बर्ष २०७५/०७६ मा ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुबाट कुल ३९ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक प्रबिन आचार्यले बताए ।आ.व. ०७५/०७६ मा कुल ६ हजार ३ सय ८९ वटा सवारी साधन कारवाहीमा परेको आचार्यले बताए । जसमध्ये ४ सय ४७ ट्रक, ४ सय ७ बस, २ हजार ४ सय ५ जीप तथा कार, ३ सय ११ ट्रयाक्टर र २ हजार ७८९ मोटरसाइकल रहेको उनले बताए ।आ.व. ०७४/०७५ मा ४ हजार ८ सय २ वटा सवारी साधनको कारवाहीबाट २८ लाख ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।
Advertisement