• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, पुष १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ६. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ७. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ८. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सत्यवतीका पहिरो पिडितको खातामा झण्डै १ करोड नगद


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीको सत्यवतीका पहिरो पिडितको खातामा झण्डै १ करोड नगद राहत संकलन भएको छ । गुल्मी सत्यवती गाउँपालिका वडा नं.३ र ४ को विपद व्यवस्थापनका लागि तपशीलका ९१ लाख ५१हजार ४ सय ११ रुपैयाँ संकलन भएको सत्यवति गाउँपालिका कार्यकारी अधिकृत यादव भण्डारीले बताए । राहतको लागि आहन गरिए अनुसार सत्यवती गाउँपालिकाको खातामा रु ३३ लाख ४५ हजार १ सय १३रुपैयाँ वडा नं. २ चेहेमी थुम्काको खातामा रु. २ लाख २८ हजार ८ सय ७७ रुपैयाँ, वडा नं. ३ ठूलोलुम्पेक को खातामा रु. ३७ लाख ९९ हजार ६ सय ९ रुपैयाँ र वडा नं. ४ लिम्घाको खातामा रु. १७ लाख ७७ हजार ८ सय १२ रुपैयाँ संकलन भएको कायकारी अधिकृत भण्डारीले बताए । गाउँपालिकाले खोलेका खाताहरुमा संकलित रकम बाहे जिन्सी सामाग्रीहरु पनि संकलन भएको छ ।पहिरो पिडितहरुको लागि बिभिन्न संघसंस्थाहरुले सामुहकि रुपमा संकलन गरेर हस्तातरण गरिरहेका छन् । स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु प्नि पहिरो पिडितहरुको सहयोगार्थ जुटेर राहत संकलन कार्य भएको हो । गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो । गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा१२ सय ६० जना प्रभावित भएका छन् ।पहिरोले बिस्थापितलाई सोहि स्थानका निर्माण गरिएका अस्थायी आवासमा राखिदैँ आएको छ । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाइँएको थियो ।मोटरबाटो समेत बगाएपछि तिनपटक हेलिकप्टर मार्फत लगिएको थियो । तर अहिले सामान्य रुपमा मोटरबाटो लगिएको छ । प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् ।
    आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पौडेलले जानकारी दिए । पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    Advertisement

    प्रभावित क्षेत्रमा विपद समितिको बैठक
    पहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद ब्यबस्थापन समितिको बैठक बसेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको विपद व्यवस्थापन समिति, स्थानीय विपद ब्यबस्थापन समिति सत्यवती गाउपालिकाको संयुक्त बैठक ठुलोलुम्पेक र लिम्घामा गएको पहिरो पीडितलाई लक्षित गरि सत्यवती गाउँपालिकाको कार्यालय जोहाङ्ग खैरेनीमा सम्पन्न भएको छ ।बैठकले राहत वितरण र ब्यबस्थापकिय जिम्मेवारीको लागि गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल,उपाध्यक्ष सुबर्ण शाही,प्रमुख प्रशाकिय अधिकृत यादव भण्डारी, वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर राना र वडानम्बर ४ का अध्यक्ष दान बहादुर राना रहेको ५ सदस्यीय समिति एवं विपद सूचना केन्द्रको स्थापना गरिएको छ । सरोकारवाला जिल्ला स्थित कार्यालयहरुले ७ दिन भित्र आ आफ्नो कार्यालयले सो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरि सबै पक्षको पहलमा त्रसित पहिरो पीडितहरुलाइ आफ्नो घरमा बस्न मिल्ने भएमा घर फर्किने वातावरण मिलाउन पहल गर्ने निर्णय गरेको छ ।

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न
    गुलरियामा कपडा बैंकको शुभारम्भ
    दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन
    व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ६.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation