• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

जँगलबाट हराउँदै पशुपंछी


  •   बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । दाङ देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत धमाधम पुराना रूखहरू काटिए । अझै कतिपय सामुदायिक बनमा त काट्नै बाँकि छ । बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रमले एकातिर फाईदा पुर्याए पनि अर्को तर्फ नोक्सान भईरहेको स्थानिय बताउँछन् । लमही नगरपालिका वडा नम्बर ७ निवासी प्रकाश चौधरीले बैज्ञानिक बन ब्यबस्थापन ले नोक्सान सँगै थप समस्या श्रृजना गरेको बताए । “हामी गाउँमा बस्ने मान्छे, गाई बाख्रा छन् उनलाई चराउनु पर्छ चौधरीले भने- जँगलमा चरण रोक्काले झनै समस्या बनायो ।” उनले पहिले प्रसस्तै देखिने जँगली जनावर र पशुपंछिहरू पनि अचेल देखिन छाडेको जानकारी दिए ।पुराना र धोन्द्रे रूखमा पशुपंक्षीको बासस्थान हुने भएकाले उनिहरूको बासस्थान संकटमा पर्न थालेको सरोकार वालाले पनि बताउन थालेका छन् । पुराना र धोन्द्रे रुखमा बसोबास गर्ने पंक्षी लोप हुने खतरामा छन् । दाङ देउखुरीका सामुदायिक वनमा बन व्यवस्थापनको नाममा पूराना रुखहरु काट्न थालिएको छ । यसरी पूराना धोन्द्रे रुखहरु काट्न थालेपछि आफ्नो बासस्थान बनाउने पंक्षीको अस्तित्व हराउने बन्यजन्तु तथा पशुपंक्षीका संरक्षकहरूले गुनासो गरे । वन तथा बताबरण संरक्षण समन्वय समिति दाङका अध्यक्ष उमाकान्त पन्तले बैज्ञानिक बन ब्यबस्थापनको नाममा पुराना रूखहरू काट्नाले जैविक विविधतामा असर पर्ने बताए । सामुदायिक वनका पुराना रुखहरुमा बसोबास गर्ने लाटोकोसेरो, लासे, धनेस, सर्प, छेपारो, लगायतका प्रजातीका जनावर हरुको लोप हुने खतरा बढेको छ । “अहिले जंगली गोँहोरो, टोँडका बस्ने सर्प, धनेस लगायतका प्रजातीहरु पाइनै छाडे, पन्तले भने- बैज्ञानिक वन व्यवस्थापन भन्दा दिगो वन व्यवस्थापन गर्न तर्फ ध्यान दिए राम्रो हुन्थ्यो ।”पछिल्लो समय जंगलमा पाइने घस्रने र ठूला ठूला रुखमा बस्ने बिभिन्न प्रजातीहरु लोप हुने अवस्थामा रहेकाले यस विषयमा गम्भिर हुनुपर्ने संरक्षणकर्मी चिरन्जिवी खनालले बताए । टोँड्को र धोन्द्रे रुखमा धमिरा, किरा संगै चराहरु बस्छन्, तिनै रुखहरु हटाउँदा त्यहाँ बसिरहेका र बासस्थान बनाउने प्रजातीहरु अन्यत्रै बसाई सर्ने अवस्था आउँछ, खनालले भने । भालु, निरबिरालो, गोह्रा, उड्ने लोखर्के लगाएतका वन्यजन्तुहरु रुखमा बस्ने गर्दछन् ।वैज्ञानिक वन अन्तर्गत ठूलाठूला रुख मासिदा बन्यजन्तुलाई प्रत्यक्ष असर पुगेको अनुसन्धानकर्ता खनालले बताए ।उता, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदीले सामुदायिक वनको दिगो व्यबस्थापनको पक्षमा सोच्नुपर्ने र पुरानो कार्ययोजनामा प्रशस्त उपभोक्तालाई अधिकार भएकोले बन मास्ने गरि आएको बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु हुन नहुने तर्क गरे । विविधतामा असर गर्ने र उपभोक्ता मैत्री नभएको कारण वैज्ञानिक वन व्यवस्थापन लागु हुन नहुने बताए । सामुदायिक वन व्यवस्थापन उपभोक्ता सँगै जैविक विविधताको खिलापमा छ, हामिले विरोध गर्दै आइरहेका छौ-सुवेदीले भने ।यता, वैज्ञानिक वन व्यवस्थापनले पशुपंक्षी लोप नहुने डिभिजन वन कार्यालय लमहीका सुचना अधिकृत प्रेमीलाल साहले दाबी गरे । साहले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम निश्चित वनमा मात्रै लागु भएकोले खासै असर नपर्ने तर्क गरे । “बैज्ञानिक बन ब्यबस्थापन भनेको ठूला र बुढा रुखहरु हटाउँदै नयाँ विरुवा हुर्काउनु हो सुचना अधिकृत साहले भने- यसले खासै फरक पर्दैन ।”देउखुरी क्षेत्रमा रहेका १ सय ४८ सामुदायिक वन मध्य २० वटा वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम स्वीकृत भएको छ । जसमध्य १५ वटा सामुदायिक बनहरूमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत काम शुरु भईसकेका छन् । बाँकि ५ वटा बनहरुमा तत्काल सुरु हुने डिभिजन वन कार्यालय लमहीले जानकारी दिएको छ ।

    Advertisement

    बिहिबार, साउन ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...