काठमाडौं। पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ भित्रिएको छ । बिहिबारदेखि नेपालमा भारतबाट पाइपलाइन हुँदै पेट्रोलियम पद्धार्थ भित्रिन थालेको हो ।नेपाल आयल निगमले भारतीय लगानीमा बनेको मोतिहारीअमलेखगन्ज क्रसबोर्डर पाइपलाइनबाट नेपालमै पहिलोपटक पेट्रोलियम पद्धार्थ भित्राईएको बताएको छ ।भारतीय आयल निगम आइओसीले बुधबार दिउँसो २ बजे मोतिहारी डिपोबाट पठाएको डिजेल बिहीबार दिउँसो ३ बजेपछि नेपालतर्फको पाइपलाइनमा प्रवेश गरेको हो ।डिजेल पठाउनु अघि आइओसीले दुईदिनदेखि पानी पठाएर पाइपको फोहोर सफा गर्नुका साथै चुहावट भएनभएको परीक्षण गरेको थियो । उक्त परीक्षणमा कतै चुहावट नभएपछि डिजेल पठाएर पाइपलाइन पहिलोपटक संचालनमा ल्याइएको परियोजनाले जनाएको छ । पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ पक्रियागत रुपमा भित्रिन भने केही समय लाग्ने छ ।यो परीक्षण सफल भएसँगै तोकिएको समयभन्दा झन्डै आधा समय अगावै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ । यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो ।
पाइपलाइनबाट भित्रियो डिजेल
पाइपलाइनबाट भित्रियो डिजेल
Advertisement
तपाईको प्रतिक्रिया