टेक बहादुर पुन,लमही। रौटहट घर भएका ५५ बर्षिय बच्चन सहानीको परिवार लमही ९ अमेलियामा भाडामा बसेको छ । श्रीमती उर्मिला र ३ नाबालक छोराछोरी सँगै घरमै हुन्छन् । तर उनी हरेक दिन बिहान उठ्नेबित्तिकै हातमा जाल बोकेर एक्लै राप्ती नदीमा पुग्छन् ।अघिल्लो दिन थापेको बल्छीमा माछा परेको छ कि छैन, भन्दै हेर्छन । प्रचण्ड गर्मीको प्रवाह नगरी उनी नदिमा जाल फाल्छन उसै गरि। दिनभर मेहनत–मजदुरी गर्छन ।दैनिकी माछा मारेर बिक्री गर्नुबाहेक अरू केही छैन । हिउँद वा बर्खा, दिनहुँ पानीमा खेल्नु रहर नभई बाध्यता रहेको उनी बताउँछन् । एकदिन माछा मार्न नगए घरको चुल्हो बल्दैन। साँझ बिहानको गर्जो टार्न मुस्किल छ उनको परिवारलाई ।उनले माछा मारेरै अाफ्नो पाँच जना परिवारको दैनिकि चलाएका छन् । पेशाकै रूपमा माझिदाई बनेका सहानीलाई देउखुरी अन्तर्गत राप्तीको हरेक कुना थाहा छ । झण्डै १० बर्ष देखि राप्ती सँग गहिरो चिनापर्ची छ उनको । एकदिन पानिमा नखेल्दा न्यार्सो लाग्छ उनलाई । सहानीलाई त्यही राप्ती, त्यही ढिकढाक र कलल बगेको पानी नै प्यारो लाग्छ । सहानी भन्छन ‘दिनभरी मारेको माछा अमेलिया बजारमा बिक्रि गर्छु, त्यही पैशाले अाबश्यक समान खरिद गर्छु सहानीले भने-केही बचेको पैशा छोरा छोरीको लागि पढाइ खर्च भनेर जम्मा गर्छु ।’ उनका ३ छोराछोरी छन तर सबै साना छन् । पहिले उनी रौतहटमा हुँदा मज्दुरी गर्थे । दाङ्ग अाए लगत्तै उनले ब्यबसायकै रूपमा माछा मार्छन् । समय समयमा रौतहट गएपनि उनको परिवारको लागि अब दाङ्गमै लगाम छ । केही पैशा जम्मा गरेर यतै घरघडेरी जोड्ने र स्थाई बसोबास गर्ने सोच पनि बनाएका छन उनि ।
बगरको ‘जिन्दगी’
बगरको ‘जिन्दगी’

Advertisement
तपाईको प्रतिक्रिया