• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

देउखुरीबासीलाई बाढिको त्रास


  •   शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, देउखुरी ।राप्ती नदीको किनारमा रहेको दाङको देउखुरी क्षेत्र वर्षाको समयमा सधैँ उच्च जोखिममा रहने ठाउँ हो । वर्षातको समयमा राप्ती र स-साना खहरे,खोल्सा र खोलामा आउने बाढीले देउखुरीवासीको जनजीवन सन्त्रासमय बन्छ ।प्रत्यक वर्षा याममा अनेपेक्षित दुर्घटनाको आशंकाले त्रसित बनिरहने गाउबासीलाई पानी परेको दिन मनमा शान्ति र चयन हुन्न ।मुटुको धड्कनले ठाउँ छोड्छ। यसपालि पनि असार नलाग्दै दाङ्ग देउखुरीका जनता त्रसित छन् । कारण हो उहि बाढी र डुवान । बिगतमा बाढी र डुवानको समस्या झेलेका देउखुरीका बासिन्दाहरु अहिले पनि त्यही नियती दोहोरिने चिन्ताले त्रसित छन । पानी पर्यो कि बिपद्को जोखिम ब्यहोर्छन् स्थानीयहरु । बाढिको चपेटाले यहाका बासिन्दा बिस्थापित पनि हुन्छन् । राप्ती बगेको जमिनको सतह देखि बस्तीको उचाई निक्कै कम छ। पहाडबाट उर्लेर अाउछ राप्ती त्यसैले घरबास मात्र होईन ज्यानै निल्ने पो हो कि भन्ने पिरलो बोकेर बसिरहेका छन देउखुरीका बस्तिहरू । देउखुरीका सबै स्थानीय तहका बस्तिहरू बाढिको खतरामा छन् ।राप्ती नदिसँगै साना साना खहरे खोलाले पनि दुख दिन्छन । लमही नगरपालिका भित्रका छिँगतपुर,केरुनिया घाट, सोनपुर, बनकट्टी, बुड्कहवा, सेमरहवा, बलरामपुर घाट, मध्यनगर, चन्दनपुर, कसियापुर, ढिकपुर, अर्जुन खोला दोभान, बनघुस्री घाट, फचकपुर, गिधनिया, सतबरिया, जहरे, बाँगेताल, अमेलिया लगायतका बस्तिहरू बर्सेनि डुब्छन । स्थानिय भन्छन यसपाली पनि के थाह सर्लकै लैजाने पो हो कि राप्तीले? नदि किनारमा बस्ने स्थानीय वर्षाको समयमा अन्यत्र बसाई सर्छन् । अाफन्ती हुनेहरू अाफन्ति कहाँ पुग्छन् तर नजिकमा अाफन्ति नहुने हरू अग्लो ठाउँ छानेर त्रिपालमा दैनिकि गुजार्न बाध्य हुन्छन् । घरमा रहेका विभिन्न सामान पनि वर्षा शुरू भएसँगै अन्यत्र अोसार पसार हुन्छन् । खेतिपातिको काम धमाधम शुरू हुने समयमा अाफ्नै ज्यान जोगाउन हम्मे हम्मे पर्छ यहाँका बासिन्दालाई ।’अरूले बर्षभरी खाने खेती गर्दा हामिलाई थप १ बर्ष कसरी बाँचौ हुन्छ, लमही ७ फचकपुर निवासी प्रेम चौधरीले भने-यो समस्या कहिले हट्ला? बर्षायाममा भोक, प्यास सबै हराउने उनको भोगाई छ । यहि समस्यालाई ख्याल गर्दै लमही नगरपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको लागि नगरका वडा तथा समुदाय स्तरीय विपद् व्यवस्थापन समितिहरुसँग अभिमुखिकरण गरेको छ ।बिपद् जोखिम न्युनिकरण तथा पुर्ब सचेतना को लागी नगरपालिकाले बिहिबार नगरका १, २, ३, ४, ५ र ६ नम्बर वडामा रहेका विपद् व्यवस्थापन समिति लाई १ लाख ४८ हजार ५ सय बराबरको खोज उद्धार सहयोगी सामग्री र पूर्वसुचना प्रणालीका सामाग्रहीहरु बितरण गरेको छ । लाईफ ज्याकेट ९ थान, मेगाफोन (ब्याट्री सहित) ३ थान र हातले चलाउने साइरन ३ थान हस्तान्त्रण गरिएको हो । वडा नम्बर ७,८ र ९ मा पनि तत्काल बितरण गरिने नगरपालिकाले जनाएको छ ।लमही नगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको प्राविधिक सहयोगमा अभिमुखिकरण गरिएको हो । विपद् अाईपरे कसरी बच्ने, विपद् मा परेकाहरूलाई कसरी उद्धार गर्न सकिन्छ! लगाएत अन्य बिषयमा अभिमुखिकरण गरिएको छ ।पूर्वसुचना प्रणालीका सामग्री हस्तान्त्रण गर्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले विपद् न्यूनिकरणको लागि अपनाइएका उपाएहरु सबैले बुझ्न र सिक्न आवश्यक रहेको बताए । केसीले विपद् न्यूनिकरणका लागी जन समुदाय संग सहकार्य गर्न अाग्रह गरे । सचेतना अपनाउने हो भने बाढिबाट हुने क्षतिलाई कम गर्न सकिने बिश्वास ब्यक्त गरे ।लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीको अध्यक्षता तथ नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथ्यिमा अभिमुखिकरण गरिएको हो ।नगरका उपप्रमुख देबका बेलबासेको स्वागत मन्तब्य बाट शुरू भएको अौपचारिक कार्यक्रमको सँचालन लमही नगरपालिका योजना शाखाका पुष्पराज अधिकारीले गरेका हुन ।

    Advertisement

    शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation