• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

पानी माग्दै पुजापाठ


  •   बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल,प्युठान – दुई महिना भयो पानी परेको छैन । गाउँ घर तिर किसानले चैतमा छर्ने मकै अझै छरेका छैन्न, जेठमा राेपिने धानकाे बीउ राखिएको छैन्न । चैत महिनामा केहि चिस्यान भएको ठाउँका बारीमा मकै छरेकाहरु मकै नउम्रेपछि चिन्तित छन। छरेर उम्रेका र दोहोराएर खन्ने भएका मकै पानी नपर्दा बोटमै सुक्न थालेका छन् । ग्रामिण भेग तीर अन्नवाली उत्पादन हुने ठाउँमा पानी नपरेपछि कृषकहरुलाई बाली लगाउन र जोगाउन समस्या भएको छ । खडेरीले पानी नपरेपछि प्युठानका स्थानियले पुजापाठ र भजनकिर्तन गरेका छन् । मंगलबार झिमरुक १ काे गर्दङखाेलाका किसानहरुले गाैमुखि गुफामा बिहेकाे लगन जस्तै बाजागाँजासहित शंखघण्ट बजाएर पानी पारिदिन प्रार्थना गरेका थिए। पानी नपरे देउताकोमा गएर पूजा पाठ गर्ने, बाजा बजाउने यहाँको पूरानै संस्कार हो। पूजापाठ गरे र बाजा बजाएर पानी मागे ईन्द्रले पानी पारिदिने धार्मिक विश्वास रहेको स्थानिय झबिन्द्र ज्ञवालीले बताउनुभयो। ‘पुजापाठ गरे पानी पर्छ नपरेनि ईन्द्रले बर्साउछन भन्ने बिश्वास छ।’ उहाले भन्नुभयो ।यहि परम्परालाई निरन्तरता दिदै किसानहरु भाेकाे पेट र नाङ्गा खुट्टै चार किलाेमिटर अाेरालाे झरेर पानी माग्दै पुजा गरेका हुन। बिहान सात बजे देखि तीन बजेसम्म पुजाअाजा भजनकृतन गरे पश्चात् अपरान्ह चार बजेर तीस मिनेटमा बलेनी खस्ने गरि पानी परेको वडा अध्यक्ष धुर्व खनालले बताउनुभयो। ‘पुजापाठ गरेपछि पानी आकाशबाट पानी बर्षियो,हामी पनि अचम्म नै परियो।’ उहाले भन्नुभयो,’ गाउँमा पानी पिउन पनि गार्हाे छ, तर यहाँ पुजा गरे पानी पर्छ पहिला पनि पर्थ्यो। उहाले भन्नुभयो। लामो समय पानी नपरेपछी किसानका खेतबारि बाझाे रहने अबस्था अाउन थालेपछि यसरी भजनकिर्तन र पुजापाठ गरिएको स्थानिय पदम प्रसाद खनालले बताउनुभयो। ‘चैत्र देखि यता थोपो पानी परेकाे छैन, चैतमा छर्ने मकै अझै छरेका छैनाै, जेठमा राेपिने धानकाे बीउ राखेका छैनौं’ खनालले भन्नुभयो ‘पुजा गरे पानी पर्दछ र मकै छर्छाै’ लगातार लामो समयसम्म पानी नपरे यहाँका स्थानीयले वर्षेनी पूजा पाठ गर्ने गर्दछन्। इन्द्रलोकमा भगवान इन्द्रले सुन्ने गरी बाजा बजाए पानी पर्ने पुरानो मान्यता रही आएकोले त्यसै अनुरुप बाजा बजाउने र पूजा पाठ गर्ने गरिएको उहाको भनाई छ। सबैको अनुरोधले भगवानलाई खुसी पार्नु पर्ने र इन्द्र भगवानले माथिबाट कल्याण गर्ने गरी पानी पारिदिने गरेकोले यो वर्षपनि पूजापाठ गरिएको उहाले सुनाउनुभयो । पानी नपर्दा जिल्लाको जमिनकै सुख्खा भइसकेकोले पूजापाठपछि पानी पर्ने विश्वास उनीहरुको छ।

    Advertisement

    बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation