कामना डेली,कपिलवस्तु।कपिलवस्तुको कृष्णनगरमा रहेको ईलाका प्रहरी कार्यलय कृष्णनगर आफ्नै नयाँ भवनमा सरेको छ।प्रहरी प्रधान कार्यालय प्रशासन तथा मानव स्रोत बिकास प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले आइतबार भवनको उद्घाटन गरेसंगै कार्यालय आफ्नै नया भवनमा सरेको हो । ईलाका प्रहरी कार्यालयले अब यसै नया भवनबाट सेवा प्रवाह गर्ने छ।
लामो समयदेखि संकुचित स्थानमा कार्यालय सञ्चालन गर्न बाध्य कृष्णनगर प्रहरी नव निर्मित भवनको उद्घाटनसँगै आफ्नै नयाँ भवनमा औपचारिक रुपमा सरेका प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए । २ करोड ४४ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको बोगटीले बताए ।
कार्यालय भवन उद्घाटन गर्दै राईले प्रहरी समाजसँग हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । जनतालाई मुस्कान सहितको सेवा दिने नेपाल प्रहरीको कर्तव्य भएको औल्याउँदै उनले आफ्नो संगठन समाजसँग सधैं उत्तरदायी भएर कार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।
नेपाल भारत खुल्ला सीमाका कारण चोरी पैठारी बढेको हुन सक्ने भन्दै राईले प्रहरीको साथसाथै नेपाली जनताको पनि त्यसलाई रोक्ने काममा सहकार्य गर्न समेत आग्रह गरे ।
कृष्णनगर नगरपालिकाले नेपाल प्रहरी जवानको ब्यारेक बनाउनका लागि रकम छुट्टयाएको सुन्नमा आएको भन्दै अपुग रकम विभागले दिने उद्घोष गरे ।
कार्यक्रममा युएनओपिसका प्रतिनिधि यादव अधिकारी, ५ नम्बर प्रदेश प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी, कृष्णनगरकी उपप्रमुख शबनम खातुन लगायतले शुभकामना दिएका थिए ।
ईलाका प्रहरी कार्यालय आफ्नै भवनमा सर्यो
ईलाका प्रहरी कार्यालय आफ्नै भवनमा सर्यो
Advertisement
तपाईको प्रतिक्रिया