• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • २. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ३. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ४. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • ५. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ६. रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

  • ७. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ८. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ९. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • १०. रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

आउनुस प्युठान घुमौं !


  •   शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान। प्राकृतिक छटाहरुले धनी छ प्युठान।  न गर्मी न जाडोको जलवायु। पहाडी भु भाग चारैतिर हरियाली। पुर्बी रुकुममा सिस्ने हिमाल अनि रोल्पाको जलजला। अर्घाखाचीको सुपादेउराली, गुल्मीको रिडी र रेसुंगा,छन काखमा। देशकै अग्लो त्रिशुलले चिनाउने दाङको धारापानी मन्दिर र ठुलो उपत्यका दाङ । यीनै पर्यटकिय गन्तव्यलाई काखी च्याप्दै स्वर्गद्धारीलाई शीरमा राखेर प्यूठानले आफ्नो शान्दार पहिचान दिइरहेको छ।

    Advertisement

    भौगोलिक विविधता जस्तै जातिय, भाषिक एवम् सास्कृतिक र धार्मिक एवम् प्राकृतिक सम्पदाले धनि छ प्युठान । जसले धार्मिक पर्यटनको ठुलो सम्भावना वोकेको छ । सदाबहार बगिरहने ठुला दुई झिमरुक र राप्ती नदि । त्यसले बनाएको समथर भुमी साच्चिकै लोभलाग्दो छ । धान, गहुँ, मकै जस्ता अन्नबाली यहाँ फल्छन । अग्ला पहाडी श्रृखला, सयौ मठमन्दिर, दह पोखरी र प्राकृतीक गुफाहरु रहेको यो जिल्लामा बाइसी चौबिसे राज्यका दरवार समेत  छन।

    स्वर्गद्धारी

    घुम्न जाने कुरा गर्दा धेरैले रुचाउने ठाउँ हो, स्वर्गद्धारी । पाँच पाण्डवहरु प्यूठानको स्वर्गद्धारी हुँदै स्वर्ग गएको जनविश्वासका कारण त्यसलाई स्वर्गद्धारी भन्ने गरिएको हो । ताल, गुफा र नजिकबाट हिमालको दृश्यावलोकन यहाँका आकर्षण हुन् । प्युठानको महत्व स्वर्गद्धारीले बताउँछ। यस्को चर्चा विशेष नेपालमा भन्दा भारतमा बढी छ। बर्षेनी १ लाख  बढी भारतीय भक्तजनहरु स्वर्गद्धारी पुग्ने गर्दछन्।स्वर्गद्धारी पुग्नेहरुको मनोकाक्षा पुरा हुने विश्वास छ । स्वर्गद्धारी आश्रम महाप्रभुसँग जोडिएको छ । महाप्रभु अर्थात रोल्पा रुन्टीम जन्मेका हंशानन्द गिरीले विश्व कल्याणका लागि भन्दै अखण्ड धुनी सुरु गरेको स्थल हो स्वर्गद्धारी । १९५२ मा सुरु भएको त्यो अखण्ड ज्वाला अहिले सम्म बलिरहेको विश्वास स्वर्गद्धारीसंग छ। अग्नि कुण्ड यहाको मुख्य विशेषता हो ।महाप्रभुले सुरु गरेको त्यो अखण्ड धुनीको आगोको दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास छ।स्वर्गद्धारीको अर्को बिशेषता भनेको त्यहाँको गाईपालन हो । यहि आश्रममा संस्कृत शिक्षालय छ जहाँ देशका विभिन्न स्थानबाट आउने ‘बटुक’हरुलाई अध्यापन गराईन्छ ।

    गौमुखी

    प्युठान जाँदा घुम्न बिर्सनै नहुने ठाउँ हो गौमुखी।, भीर, पहरा, छाँगा र छहराको संयोग । वसन्त र शरद ऋृतुमा गुराँस र अनेकौ फुलहरुले राताम्मे हुने जैविक विविधता बाइसमुलमा मलेवा चराको अदभुत प्रदर्शन । बाईसमुल झरनाको छङछङ सुस्केरा । सूर्योदयको बिहानीको दृश्य । सधैं कञ्चन जलाधारहरुले लुकामारी खेलिरहने गौमुखी क्षेत्र साच्चिकै अप्सरा जस्तो छ । जुन प्रकृतीमा रम्नेहरुका लागि स्वर्ग नै हो । तर, उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पहिलो पटक पुग्नेहरु त गौमुखी मै रमिरहन्छन् । प्रकृति र मनोरम दृश्यसँग अल्मलिरहन्छन् र फर्किएपछि पनि मनमा गौमुखी बोकिरहन्छन् । झिमरुक नदीको उद्गमस्थल गौमुखीमा माघ १ मा नुहाउन ठूलो मेला लाग्छ । गौमुखी क्षेत्र प्राकृतिक सौन्दर्यले धनी छ । ओखरकोटको सूर्योदय, टापुबाट देखिने हिमशृखलाको अवलोकन, मगर समुदायको साँस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनाहरुलाई सजिलै आकर्षित गर्छन।
    ओखरकोटको रक गार्डेन, ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेशी, बाढिकोटको गढिकोट, पुजाको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुषाराकोट, खुङ्का गुफाहरु रजवाराको मगर संस्कृती, बाङ्गेमरोठको कौछेको राजनीतिक स्थानको महत्व उस्तै छ।बिविध जातजातिको संगमस्थल गौमुखीका मुख्य आकर्षण हुन् । जनजातिहरुको मौलिक संस्कृती कतै जीवन्त छ भने त्यो उपल्लो प्युठानको गौमुखीमा छ। गौमुखीका खासबिशेषता र आकर्षण पनि यीनै कलाकौशल, भेषभुषा र संस्कृती हुन्।गौमुखी मगर समुदायहरुको थातथलो हो । स्थानीय कला संस्कृती र खानपानमा रमाउँदै अध्यन अवलोलन गर्ने रुचाउनेहरु यहाँ पुग्छन । अर्खाको ठूलाचौरसम्म यातायात पुगेकाले झण्डै ३ घण्टा हिडेर गौमुखी पुग्न सकिन्छ । प्यूठानको बाग्दुलाबाट ३४ किलोमिटरको दुरीमा छ गौमुखी । काठमाडौंबाट दाङको भालुवाङ हुँदै प्युठानको बाग्दुला ठूलाबेशी पुगिन्छ । यहाँबाट करिब ४० किलोमिटर दुरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ । ठूलाचौरबाट झन्डै पौने एक घण्टा पैदल यात्रापछि गौमुखी मन्दिरमा पुग्न सकिन्छ । प्युठानको स्वर्गद्धारी दर्शन गरेर पनि गौमुखी पुग्न सकिन्छ । ढाँडबाट इस्नाथान, मुर्चुललेक र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डाँडैडाँड हिमाल हेर्दै पूजा–डाडाँकटेरी हुँदै दलित होमस्टे बाग्लिबाङ पुगिन्छ । पूजा तामाखानी हुँदै रजबारा कालेपुनको घाँटी, झाँक्री ढुंगा, तिखाचुली लेकको भेडीगोठसम्मको पदमार्गबाट गौमुुखी पुग्न सकिन्छ । अर्खा ठूलाचौरको मगर होमस्टेमा बसेेर एक साताको प्याकेजमा यो पदमार्गमा यात्रा पूरा गर्न सकिने  वडाध्यक्ष डोर बहादुर राना बताउँछन् ।

    ऐरावती
    प्युठान र अर्घाखांचिको सिमानामा ऐरावती पर्दछ । ऐरावती १ मा पर्ने ऐरावती धार्मीक पर्यटकियस्थल हो । ऐरावती प्राकृतिक, जैविक र सांस्कृतिक हिसावले समेत मनोरम तिर्थस्थल हो । अमरेश्वर महादेबको मन्दिर छ यहाँ । जुन स्थानमा सतीदेबीको अगं पतन भएको मानिन्छ । ऐरावतीमा स्नान गर्नाले पुण्य कमाईने बैकुण्ठ धाम जान सकिने जन बिश्वास छ ।
    ऐरावतीमा आजभोली पर्यटकहरु को लागि जैविक विविधता अध्यनको गन्तब्य बनेको छ । प्युठान, अर्घाखाँची र दाङ जिल्लाका मानिसहरु बनभोज र मनोरन्जनका लागि पनि ऐरावती पुग्ने गरेका छन् । प्युठानको बडडाँडा देखि ग्रामिण कच्ची सडक ग्राभेल भएकोले बर्षामा पनि ऐरावती पुग्न अब कुनै समस्या छैन । जीपमा १ घन्टाको यात्रामा झिमरुक र माडी मिसिएको ठाउँ ऐरावती पुग्न सकिन्छ । बडडाँडाबाट ऐरावती जादा   सरुमारानी ४ मा ढुङेगढी पर्दछ । ढुङेगढी भुरेटाकुरे राजाहरुको पालामा प्युठानका भित्रीकोटे राजाहरु हिउदको बेलामा शासन चलाउने थलो थियो । यो ठाउँ अहिले भग्नावशेष मात्र बाकी छ । त्यहा भएका ऐतिहासिक महत्वका बस्तुहरु हराएका छन । स्थानीय बासिन्दाहरुको संरक्षण हुन नसक्दा ढुङेगढी दरवारका ढुङगा समेत स्थानीयहरुले प्रयोगमा ल्याएका छन । तर पनि ढुङगेगढी पर्यटकहरुको लागी प्राकृतिक र ऐतिहासिक स्थल बनेको छ । ढुङेगढीको भग्नावशेष दरवार परिसरबाट अर्घाखाँचीको जलुकेका लौरी सिद्धारा, रातामाटा, लामाताल लगायत सुन्दर गाउँ र बस्तीहरु, राप्ती नदीको नागवेली आकार,प्युठानको बाग्लेसालको समथर बस्ती दृष्यावलोकन गर्न सकिन्छ । ढुङेगढीबाट उत्तर तर्फ फर्केर हेर्ने हो भने दाङवाङ, धुवाङ, वरौला, पकलाको दक्षिण भूभागका गाउँ र सुन्दर डाँडाकाडा समेत देख्न सकिन्छ । दरबार मुनि रानिकुवा छ। बड्डडाडाबाट बागेखोला हुँदै किमिचौर दह पुग्न सकिन्छ। सरुमारानि लेकको काखमा रहेको यो दह सरुमारानिकै पहिचान हो। गाउपालिकाले पर्यटकिय गुरुयोजना बनाएर अघि बढ्न थालेको छ। भालुवाङबाट ऐरावती पुग्नको लागी बडडाँडा नपुगेर पनि जान सकिन्छ । कतिपय पर्यटकहरु यहि बाटो भएर जान रुचाउछन । भालुवाङ–प्युठान सडकको १२ कि.मी. मा पर्ने दरबानबाट बाग्गेसाल हुदै ऐरावती पुग्न सकिन्छ । साधन हुनेले मोटरमा पुग्न सकिन्छ । आजभोली अर्घाखाँची र प्युठान पनि सडकले जोडिएको छ ।

    बुटवल तीरबाट सुपादेउराली दर्शन गर्न जाने धार्मींक पर्यटकहरु मोटर मार्गबाटनै ऐरावती पुग्न सक्दछन। अर्घाखाँचीको ठाडा–जुकेना–सानाढुमरे हुदै प्युठानको माझीदमार सम्म हिउदमा जीप चल्छ। ऐरावती क्षेत्रको भ्रमणले पर्यटकहरुले केवल धार्मीक र ऐतिहासिक मात्र नभएर जैविक विविधता र पर्यावरण संम्वन्धी धेरै जानकारी लिन सक्दछन । ऐरावतीमा मिसिन आउने झिमरुक र माडी खोलाको बारेमा अध्यन गर्न सक्दछन । ।

    शनिबार, चैत ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ३.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ४.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ६.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation