• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

प्युठानमा हुन लागेको बालबिबाह रोकियो


  •   बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । जिल्लामा बाल बिबाह बिरुद्धका अभियान संचालन भईरहेका बेला अभिभावककै सल्लाह अनुसार हुन लागेको बाल बिबाह जिल्ला बालसंजाल र प्रहरीको सक्रियतामा रोकिएको छ । मंगलबार प्युठान नगरपालिका– ३ सापडाडा स्थायी घर भई मुक्ति माध्यामिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्यन गरिरहेकी १८ बर्षिय एक बालिका र ऐरावती गाउँपालिका ५ झिबाङ्गका २८ बर्षिय युबक बिच हुन लागेको बालबिबाह बदर गरिएको हो। विवाह रोकिएपछि बर र बधुलाई उनीहरुकै अभिभावकको जिम्मा लगाइएको छ ।लामो समय देखि उनिहरु फोन सम्पर्क मार्फत संवादमा जोडिदै आएको बुझिएको छ। ऐरावती बाल संजाल मार्फत अस्थायी प्रहरी चौकी कैरनमा बालबिबाह गरेको जानकारी दिएपछि छानबीनको प्रकृया अगाडी वढाएको जिल्ला बाल संजाल प्युठानका जिल्ला अध्यक्ष प्रेम बिश्वकर्माले कामना डेलीलाई वताए । बालबालिकालाई अभिभावकले बेवास्ता गर्ने अत्यधिक मोवाइल फोनको प्रयोगले यस्ता घटना घटिरहेका छन । बालबिबाहबाट हुने नकारात्मक असर बारे बुझेका ब्यक्ती , अभिभावक र केहि जनप्रतिनिधिले पनि भैगो ठिकै छ केहि हुँदैन भन्ने बुझाई पनि एदाकता आएकोले पनि यस्ता घटना भैरहेकोमा अध्यक्ष बिश्वकर्माले गुनासो समेत गरे। संशोधित मुलुकी ऐन २०७४ अनुसार जिल्ला प्रहरी कार्यालयले उक्त बालबिबाहलाई स्वतह बदर गरि उनिहरुलाई अभिभावकको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ ।कानुनले दण्डनीय मानेको बालबिबाह गर्ने र गराउनेलाई कानुनले नछोड्ने र यस आर्थिक बर्षमा ५ वटा बाल बिबाह सम्बन्धि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले वताए । दोषीलाई कानुनी दायरामा ल्याई कारबाही प्रकृया अगाडी बढाउने डिएसपी बुढाथोकीको भनाई छ ।

    Advertisement

    प्रतिकात्मक तस्वीर

    फोन र फेसवुकबाटै प्रेम,अनि  उमेर नपुगी बिबाह
    बैवाहिक परम्परा उस्तै थियो। पहिला–पहिला अभिभावकले जबरजस्ती विवाह गरिदिन्थे, मंजुरी बिना पनि १३/१४ बर्षकै उमेरमा लगन गाँठो कस्न बालबालिका बाध्य पारिन्थे। अहिले समय फेरिएको छ्। सवैका हात हातमा मोबाईल छ, बालबालिका आफै फेसबुक चलाउछन त्यसकै माध्यमबाट उनिहरु बैबाहिक जीवनमा बाधिन्छन। प्रविधीको बिकाससंगै यस्को प्रयोग बढ्दै जाँदा प्युठानमा बालविवाहका घटनामा वृद्धि भएका छन । बालविवाहविरुद्धका अभियानहरु बर्सेनि चलिरहेका छन । तर ती अभियानहरु गाउँ केन्द्रीत हुन नसकेको बताइन्छ। बालबिबाह रोक्न अभियान्ताहरु समेत पनि चुकेका छन्।

    हालसम्म जिल्लामा ३७ वटा बालबिबाह भैसकेको छ भने ति बालबालिकालाई अभिभावकको जिम्मा लगाइ सकिएको छ। उमेर नपुगी भएका बिबाह वडा बाल संरक्षण समिति,जिल्ला बाल संरक्षण समिती प्रहरी चौकीको संयुक्त प्रयासमा रोकिएको बाल संजाल अध्यक्ष बिश्वकर्माले सुनाए।

    बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा संघ संस्थाका प्रतिनिधिहरु सामाजिक संजालको नकारात्मक असर र बाल अधिकारका कुरा गर्नेहरु आफैले बालविवाहमा सहयोग गर्ने कार्यप्रति स्थानीय चिन्तित भएका छन्। प्युठानमा दुई प्रकारले बालविवाह हुने गरेका छन् । एउटा सामाजिक संजालबाट माया प्रेम गांस्ने र परम्पराका नाममा अभिभावकले नै विवाह गरिदिने । जसरी भएपनि बालविवाह भने बढिरहेका छन्। यहाँ बालबिबाहको अबस्था दयनिय रहेको स्वयं सरोकारवालाहरु बताउछन। बालविवाहले घरेलु हिंसा, वहुविवाहदेखि आत्महत्याको अवस्था आएको देखिन्छ।सानो उमेरमा बिहे गर्दा बिभिन्न स्वास्थ्य समस्या आईपर्ने भएकाले उमेर पुगे पछि मात्रै बिहे गर्नु पर्ने बाल संजाल अध्यक्ष प्रेम बिश्वकर्माकाे सुझाव छ ।

    कस्तो छ कानुनी प्रावधान?
    बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । भर्खरै कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले विवाह गर्ने ब्यक्तिको उमेर वीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त कानुन विपरित भएको विवाह स्वतः वदर हुने उल्लेख गरेको छ । साथै कानुन बमोजिमको कसुर गर्ने ब्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ । सबै गाउँपालिका र नगरपालिकाका अधिकांश वडाहरुमा बाल संरक्षण, बाल विवाह न्यूनीकरण सम्बन्धि सेभ द चिल्ड्रेन मार्फत लामो समय देखी काम गर्दै आएका छन।

    बुधबार, फागुन ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ
    सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...