• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

लोकप्रिय समाचार

  • १. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • २. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ३. पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

  • ४. मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

  • ५. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ६. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ७. पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

  • ८. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ९. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • १०. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

महोत्सव ! परम्परा, आवश्यकता, बाध्यता या रहर के हो ?


  •   मङ्गलबार, माघ २९, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    – राम बहादुर बिश्वकर्मा
    देशभर महोत्सवको सिजन चलिरहेको छ । देशका ठूलाठूला शहरहरुमा महोत्सवको रौनकता थपिदै गएको छ । पछिल्लो समयमा महोत्सव तथा रमाइलो मेलाहरु किनबेच गर्ने रमाइलो गर्ने उत्सवका रुपमा लिइन्छ । महोत्सव भन्दा साथ कुन कलाकार आउने होला भन्ने पनि धेरैको मनमा हुन्छ । कलाकारहरु अनुसारनै महोत्सवमा दर्शकहरुको जमघट घटबढ हुन्छ । स्वभाविकनै हो किनकी कुनै कलाकारहरुको फ्यान धेरै र कुनैको कम भएका कारण पनि अर्थात् युवा पिडिमा रुचाइएका र गनिएका कलकारहरुको जमघटमा दर्शकहरुको मन बहकाउने र चाप पनी बढ्ने गर्छ ।
    महोत्सव विभिन्न उदेश्य बोकेर आएका हुन्छन । महोत्सवले पार्ने प्रभाव र सहभागिता अनपेक्षित हुन्छ । देशैभरी गरिने महोत्सवले आफ्ना आफ्ना उद्देश्य पुरा गर्छन र सकिन्छन ।

    प्युठान जिल्लाको कुरा गर्ने हो भने यो समयमा जिल्लामा महिनैपिच्छे फरक फरक आयोजकबाट महोत्सवको आयोजना गरिएको छ भर्खरै स्वर्गद्वारी माडी महोत्सव सकिएको छ ।
    जुम्री बस पार्क ब्यबस्थापन समितिको आयोजनामा लगत्तै प्युठान महोत्सव हुँदै छ । यो महोत्सवको उद्देश्य समृद्ध बसपार्क निर्माण र सुबिधासम्पन्न एम्बुलेन्स खरिद गरिनु छ ।समृद्ध बस पार्क बनाउने उद्देश्यले आयोजित महोत्सवमा अपेक्षितित सफलता प्राप्त गर्छ कि गर्दैन त्यो पछिको कुरा हो तर महोत्सव सफल हुदै छ ।
    साथै महोत्सबमा व्यापार पर्यटन र अन्य यस क्षेत्रको विकाशको बारेमा चर्चा हुनेछ ।
    महोत्सव भन्दासाथ व्यापार व्यवसायका साथै किनमेल, रमाइलो गर्ने सोचनै सवैको मनमा हुन्छ । महोत्सवलाई महोत्सव र रमाइलोका लागि मात्रै भन्दा पनि यसलाई आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि पनि लिने गरिएको छ । महोत्सव हेर्नको लागि शुल्क तिर्नुपर्ने छ
    भने घरेलु उत्पादित सामाग्री उद्दमिलाई निशुल्क स्टल उपलब्ध गराइने छ।
    बिस्थापन हुन लागेको बस पार्क निर्माण र सुबिधा सम्पन्न एम्बुलेन्स खरिदका लागि यहाँका युवाहरुले गरेको यो काम उच्च छ ।
    यस्ता महोत्सव लगायत धेरै प्रकृतिमा महोत्सव प्युठानमा भईरहेका छन् । हरेक वर्षमा गरिने प्युठान महोत्सव अहिलेसम्म कयौं पटक सम्पन्न भइसकेको छ । यसरी हुने मेला महोत्सवको उद्देश्य समग्र प्युठानको आर्थिक विकास नै हो भन्ने गरिन्छ, तर अहिलेसम्म भएगरेका मेला महोत्सवबाट समग्र प्युठानको आर्थिक अवस्थालाई कत्तिको सुदृढ बनाईयो भन्ने सम्बन्धमा अब अध्ययन हुनु जरुरी देखिएको छ ।
    यस अघिका महोत्सव हेरिसकेपछि धेरैको आलोचना हुने गथ्र्यो–‘महोत्सव हाट बजार भन्दा फरक हुन सकेन ।’ यसैले अब चाहिँ प्युठानको प्रवद्र्धनका नाममा हुने यस्ता महोत्सवका विषयमा सोच्नैपर्ने बेला आएको छ ।

    व्यवसायीमुखी र पर्यटन क्षेत्रको प्रचार प्रसार गरि समृद्ध बसपार्क निर्माण र सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने मुख्य उदेश्यले आयोजना गरिएको मेलामा २ करोड बराबरको कारोबार हुने अनुमान गरीएको छ । मेलामा दुई सय पचास देखि ३ सय वटा सम्म स्टल रहने आयोजकले जनाएको छ ।

    जुम्री बस पार्क ब्यबस्थापन समितिले नेपालमै सञ्चालन गरेको यो नयाँ कदम प्रशसनिय छ । यसले अघिल्ला महोत्सवभन्दा फरक ढंगले निश्चय नै महत्वपुर्ण भुमिका खेल्ने छ । यो महोत्सव प्युठानबासीका लागि खाली व्यापारका लागि मात्रै भन्दा पनि पछिल्लो समय हुने सम्भावित विकासका लागि पनि एउटा महत्वपुर्ण मेला होस । स्थानीय अवसरहरुको प्रबद्र्धन गर्ने र जिल्लालाई आर्थिक रुपले सम्पन्न गराउँदै स्थानीय व्यवसायीको आर्थिक स्तर माथि लैजाने उद्देश्यमा प्युठान महोत्सवलाई सीमित राख्नुपर्छ । यस्ता उद्देश्य पुरा गर्न महोत्सवका कार्यक्रम लक्षित हुनु जरुरी छ ।
    विदशी सामान अनि भारतीय संस्कृति बोकेको मेलाले स्टल भरेर मात्रै महोत्सव सफल हुँदैन । त्यसमाथि महँगो टिकट शुल्क तिरेर रेस्टुरेन्ट मात्रै छिरेर फर्कने स्थिति हो भने महोत्सवको गरिमा घट्छ । प्युठान महोत्सवका आयोजकहरुले यो विषयमा मनन गर्नु जरुरी देखिन्छ ।

    प्युठान महोत्सवको यस श्रृङ्खलामा पनि विगतका श्रृङ्खलाहरुकै पुनरावृत्ति हुने हो भने यसले लिएको उद्धेश्य सफल हुनेछ र महोत्सव फलदायी हुनेछ भनेर आशा गर्ने ठाउँ रहदैन । महोत्सवको मुख्य उद्धेश्य जिल्लाका उद्योग,व्यापार र कलाको विकास गर्ने र त्यसैको माध्यमबाट संस्कृति संरक्षण गर्दै पर्यटन प्रर्बद्धन गर्ने हो भने सबैभन्दा पहिला जिल्लाको रैथाने सीप,प्रविधि,उत्पादन,जनजीवन,लोकसंस्कृति र जनशक्तिको सहीरुपमा सदुपयोग र तत्तत् क्षेत्रमा लागेका जनशक्तिलाई अवसर दिइनु पर्दछ । जिल्ला बनाउने र जिल्ला चिनाउने अभियानको रुपमा महोत्सवलाई लिइने हो भने आयातित प्रविधि,संस्कृति र जनशक्ति कलाकार लाई भन्दा बढी स्थानीय प्रविधि,संस्कृति र जनशक्तिलाई महत्व दिइनुपर्दछ ।
    मनोरञ्जनका अतिरिक्त लक्षित उद्धेश्य समेत राखिएको यस्ता मेला महोत्सवले जिल्लाको पहिचान र चिनारीलाई फराकिलो बनाउन र सम्भावनाहरुको उजागर गर्न महत्वपूर्ण भूमिका खेल्छन् र खेल्नुपर्छ । आसन्न प्युठान महोत्सवले पनि प्युठान जिल्लाको पहिचानलाई देश विदेशसम्म पुर्याउन, सम्भावनाहरुको सदुपयोग गरी आयआर्जन र पर्यटन विकासमा सघाउ पुर्याउन सहयोगी भूमिका खेल्न सकोस् शुभकामना छ ।

    लेखक नेपाल पत्रकार महासंघ प्युठानका सदस्य र कामना डेली कर्मी हुन।

    मङ्गलबार, माघ २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ३.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ४.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा

    भर्खरै

    • १.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • २.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ३.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ४.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ५.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ६.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ७.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ८.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation