• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

लुम्बिनीमा एमालेका चार मन्त्री भए विदा, नयाँ अनुहार भित्रीदै

काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

सरकारलाई ओलीको चेतावनी : “उत्ताउलिएर अघि नबढ्नु”

प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ३. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ४. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ५. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • ६. १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

  • ७. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ८. जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

  • ९. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • १०. गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ ः मुख्यमन्त्री आचार्य

कहिले बन्छ ‘जनताको सरकार’?


  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
  • केही दिनअघि भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारी लक्की बिष्टले नेपाल सरकार एक महिनाभित्रै ढल्ने दाबी गरे ।
    पूर्व ‘रअ एजेन्ट’ बिष्टले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा आफुसँग नेपालको सरकार ढल्ने सूचना रहेको दाबी गर्दै भनेका छन्, ‘केही दिनपछि एउटा अर्काे समाचार सुन्नुहुनेछ, नेपाल सरकार ढल्नेवाला छ । १० दिन १५ दिन भित्र खबर आउनेवाला छ कि फेरि सरकार ढल्दैछ । जुन दुई महिनाअघि बनेको थियो ।’
    त्यसो त नेपाल सरकारका वर्तमान नेतृत्व अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली केही हप्ताअघि चीन भ्रमणमा गएर फर्किए लगत्तै सरकार ढल्छ भनेर निकै चर्चा हुन्थ्यो । ओली नेतृत्वको टोली चीन पुगे, फर्किए । फर्किएको पनि हप्तादिन बढि भइसक्यो । उनी चीन जाने तयारी गर्दागर्दै र नफर्किएसम्म ओली आउने वित्तिकै सरकार ढल्छ भनेर दाबी गर्नेहरु केही दिन यता चुपचाप थिए ।
    तर, फेरि बिष्टको अन्तरवार्ता सार्वजनिक भएसँगै पुनः सरकार ढल्दैछ भन्दै सामाजिक संजाल भर होहल्ला मच्चाई रहेका छन् । त्यो होहल्ला मच्चाउने को हुन ? राजनीतिक दलका नेता कार्यकर्ता ? नेताका आडमा सरकारलाई ‘मौरिको चाका’ जसरी निचोरेर स्वार्थसिद्धि गर्न पल्किएकाहरु ? सत्ताधारी विचौलीया ?
    अन्यथा, देशमा आफ्नो भविष्य सुनिश्चित नदेखेर बिदेश पलायन हुनकै लागि पासपोर्ट बोकेर दलाललाई पैसा बुझाउन दौडिरहेका नेपालीलाई सरकार ढल्दा के चिन्ता ? संघर्षले थाकेर सडकका पेटिमा भोकभोकै दौडधुप गरिरहेका नेपालीलाई सरकार ढल्दा के को दुख ? गरिबीकै कारण उपचार नपाएर मृत्युको पर्खाईमा बसेका नेपालीलाई सरकार ढल्दा के को पिडा ? अन्यायमा परेर न्याय माग्न जाँदा सत्ताको बतासबाट थप पिडित बनेपछि आँसु बगाउँदै हिँडेका नेपालीलाई सरकार ढल्दा के को ढाढस ? गरिब, असहाय, निमुखा अनि चाकडी गर्न नजान्ने नेपालीलाई सरकार ढल्दा अनि फेरिँदा के को खुसी ?
    चर्काे राजनीतिक अस्थिरता र उथलपुथलबाट पिल्सिएर सरकार प्रति अपनत्व भाव गुमाएका नेपालीलाई लागि सक्यो, ‘जुन जोगी आए पनि कानै चिरेको ।’
    खैर, आफुलाई पुर्व ‘रअ एजेन्ट’ बताउने बिष्टले २ महिना अघि बनेको नेपाल सरकार फेरि ढल्दैछ भनेका थिए । बिष्टकै कुरालाई लिएर सामाजिक संजालमा होहल्ला मच्चाउने उनीहरु यस्ता छन्, कसैले ‘कागले कान लग्यो’ भन्दियो भने त्यो कागको पछाडि दौडिएर आफु ‘खाल्डो’मा पर्दासम्म कान समाउँदैनन् ।

    Advertisement

    सायद उनीहरुलाई थाहा नहुन सक्छ ! नेपालमा २ महिना अघि कुनै सरकार बनेको छैन । वर्तमान नेपाल सरकार बनेको मंसिर ३० गतेबाट ठ्याक्कै ६ मिहना पूरा भयो । नेपाली कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । र, निरन्तर सरकारको प्रधानमन्त्रीकै रुपमा छन् ।
    अब सोच्नुस्, ती बिष्टको भनाई अनुसार २ महिना अघि मात्रै बनेको र महिना दिन भित्रै ढल्नेवाला नेपाल सरकार कुन हो ?
    हुनसक्छ बिष्टले अन्तरवार्ताका क्रममा वर्तमान नेपाल सरकार कहिले बनेको थियो ? त्यो मिती बिर्सिएका हुन् । अनि यो पनि हुनसक्छ, ओली नेतृत्वको सरकार महिना भित्रै ढल्दैछ । जे सुकै होस् । आम सर्वसाधरण नेपालीहरुका निम्ती भने यो खबर ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भने जस्तै हो ।
    यद्यपी, यस्तो भन्दै गर्दा देश र जनताले राजनीतिक स्थिरता खोजिरहेका छन् । त्यसको जगमा दिगो बिकास खोजेका छन् । धार्मिक, ऐतिहासिक र प्राकृतिक विविधताले विश्वकै नमुना देशको समुन्नत सम्बृद्धि खोजेका छन् । शान्ति अनि सुशासनको सुनिश्चितता खोजेका छन् । राष्ट्रप्रेमी, देशभक्ति र स्वाभिमानी ‘भिजनरी’ नेतृत्व खोजेका छन् । जनताप्रति जिम्मेवार, उत्तरदायी, जवाफदेही र पारदर्शी ‘सरकार’ खोजेका छन् । तर, नेपालीहरुका यि चाहाना ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ । जनजिब्रोमा आउने गर्छ, ‘एउटा राजा हटाएर सयौँ राजा ल्यायौँ ।’ आज नियाल्ने हो भने नेपाल र नेपालीका ऐतिहासिक, परम्परागत मुल्य-मान्यता, धर्म-संस्कृती, धराशायी बनाइँदैछ । देशको नक्सामा समेटिएको भूभागमा बस्ने नेपालीले खुलेर म नेपाली हुँ भन्न सक्ने अबस्था छैन । विज्ञान र नयाँ सम्यतासँगै आएका प्रविधीको दासत्व प्रवृत्तिका कारण समाजमा विकृत्रि, विसंगति सँगै नयाँ थुप्रै चुनौतीहरु देखा परेका छन् । पुराना पुस्ता सरकारको कार्यशैली देखेर वाक्कदिक्क छन् । नयाँ पुस्तालाई भरोसा नै छैन । राज्य, सत्ता र नेतृत्वप्रत्ति वितृष्णा बढ्दो छ । अन्याय, अत्याचार, भ्रष्ट्रचारको जालो मौलाउँदै छ ।
    समाज, देश, सत्ता र सरकारको नेतृत्व गर्नेहरु विधी, पद्धति, नियम, कानुन र मार्यादाको उल्लंघन गर्दै हिँडिरहेका छन् । जसका कारण ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भाष्य स्थापित हुँदैछ । सर्वसाधरणले समान अधिकारको प्रत्याभुति गर्न पाएका छैनन् । जताततै नातावाद, कृपावाद र चाकडीप्रथाले नराम्रोसँग जरा गाडेको छ । अनुत्पादक क्षेत्रमा देशको लगानी बढि छ । टुक्रे योजनाले प्राथमिकता पाउँदैछ । सामाजिक हितका निम्ती हैन्, सत्ताको नेतृत्व र तीनका आसेपासेका स्वार्थसिद्धिका लागि योजना विनियोजन गरिन्छ । त्यसको उचित कार्वान्वयन हुँदैन । बिकासे योजनामा गुणस्तरीयता भन्दा बढि कमिसनको हिसावकिताब चेकजाँच गरिन्छ ।
    एकातर्फ, देशमा स्वदेशी तथा विदेशी लगानी ल्याउने तर्फ सरकारको ध्यान छैन । देशमा भएका उद्योग, कलकारखानाले नियमित पारदर्शी हिसावले राजश्व बुझाउँदैनन् । उपयोग गरेको बिजुली तथा पानीको महशुल तिर्दैनन् । कम्पनी घाटामा देखाउँदै अकुत सम्पती थुपारिरहेका छन् ।
    अर्काेतर्फ, नव उद्यमीहरुका निम्ती सरकारले सुरक्षाको ग्यारेन्टी दिन सकेको छैन । सोझासाझा जनताले जेनतेन गरेर चलाउन सुरु गरेका कम्पनी र उद्योग कलकारखानाहरु राज्यको चर्काे कर असुली धन्दाका कारण खण्डहर बन्दैछन् । सरकारले लगानीको ग्यारेन्टी दिने कुनै कार्यक्रम ल्याउँदैन् । अनुदान, सहुलियत पूर्ण कर्जा सामान्य नागरिकले पाउँदैनन् । अझैपनि कतिपय जनताले उचित गुणस्तरीय उपचार हैन्, सिटामोल मात्रै नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता कायम नै छ । नेताको उपचारका निम्ती भने सरकारले करोडौँ रकम खर्च गर्छ । हिजो जनताको जनजीवन फेर्ने सपना देखाएर चप्पल पट्काउँदै सत्तामा पुगेकाहरुको जीवनशैली आज लोभलाग्दो छ । गुणस्तरीय आधारभुत आवश्यकता हरेक नागरिकको पहुँचमा कागजमा मात्रै सिमित हुन पुगेको छ । कानुन छ, कार्वान्वयन छैन । कार्वान्वयन हुन्छ, समानता हुन्न । समग्रमा भन्नुपर्दा देशको हालत सम्हाल्नै नसक्ने गरि बिग्रिँदैछ । यसतर्फ समयमै ध्यान पु¥याउन नसके राष्ट्रकवि लक्ष्मीप्रसाद देवकोटाले कवितामा ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भने जस्तै नहोला भन्न सकिन्न !
    अहिलेसम्म आलोपालो प्रधानमन्त्री, मन्त्री बनेकाहरुलाई देशको यो कान्तिविजोक हुँदा मनमा के लाग्छ ? त्यो मलाई थाहा छैन् ।

    तर, मलाई यत्ति थाहा छ । थुप्रै निर्मला पन्तहरुले न्याय पाउन सकेका छैनन् । तुइन तरिरहँदा नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीहरु अझै भेटिएका छैनन् । नारायणहिटी, मदन भण्डारी जस्ता हत्याकाण्ड ‘रहस्यको गर्भ’ मै छ । देशको अर्थतन्त्र रेमिट्यान्सले नै धानिरहँदा पनि विपिन जोशीहरुका अबस्था बेखबर छन् । अन्ततः अर्काको देशमा आफ्नो रगत, पसिना अनि स्वाभिमान वेचेर धन अनि खुसी किन्न परदेश गएकाहरु ‘कफनमा’ फर्किन बाध्य छन् । उनीहरुका असह्य पीडा, रोदन, चित्कार अनि अन्तिम श्वास फेर्दा नेपालप्रतिको भावना सरकारले महसुश गर्न सकेको छैन ।
    मलाई यो पनि थाहा छ । आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेका र त्यसका लागि सरकारी नीतिहरू दोषी रहेको भन्दै संसद भवन अगाडी आफैँलाई आगो लगाएर जलाएका प्रेम आचार्यहरुको गुनासो बुझ्न सकेको छैन । न त देशमा आफ्नो भविष्य नदेखेर जतिसक्दो छिटो स्वदेश छाड्न पाउँ भन्दै बालकुमारीमा प्रदर्शन गर्दागर्दाै सरकारी गोली खाएर मृत्युवरण गरेका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतहरुको मनोकांक्षा सुन्न सकेको छैन । यति लेख्दै गर्दा त्यसोभए देशमा बिकास नै भएको छैन त ? भन्ने प्रश्न उब्जिन सक्छ । हो, बिकास भएको छ । तर, त्यति मात्रै जति समयमापन विकासक्रम अनुसार न्युनतम नभई नहुने थियो ।

    समयसँगै देशमा थुप्रै राजनीतिक परिवर्तन भए । तन्त्र फेरियो । दल फेरिए । नेता फेरिए । सरकार ढल्यो । नयाँ सरकार बन्यो । प्रत्रानमन्त्री फेरिए । मन्त्री फेरिए । तर, के देशमा कति तीनै राजनीतिक दलले देशमा ‘तन्त्र’ फेर्ने बेला देखाएका सपना जस्तै मुलुकको अबस्था फेरियो त ? चुनावअघि जनतासँग प्रतिबद्धता गरेजस्तै जितेपछि पटकपटक मन्त्री प्रधानमन्त्री अनि जनप्रतिनिधी बनेकाहरुले भनेजस्तै नयाँ व्यवस्थामा जनताको अबस्था फेरियो त ?
    हो मलाई थाहा छ, यो देशमा पटकपटक सरकार ढल्यो, ढालियो । अनि, फेरियो । तर, त्यो ढालेको व्यवस्था, ढालिएको सरकार अनि फेरिएका नेतृत्वले राष्ट्र, राष्ट्रियता सँगै आम नेपालीहरुका निम्ती के गरे ?
    सत्य, तथ्य अनि निष्पक्ष भएर सायदै यसको जवाफ कसैले दिन सक्ला ! तर, मलाई लाग्छ । यसको जवाफ हरेक नेपाली नागरिकले माग्नुपर्छ । देशको यो दुरावस्थामा हुँदासम्मको नैतिक जिम्मेवारी सबैले लिनुपर्छ । किनकी, प्रश्न गर्नेले उत्तर पनि दिन सक्नुपर्छ । फल प्राप्तीको चाहाना राख्नेले पसिना बगाउन सक्नुपर्छ। राष्ट्रले मलाई के दियो भनेर सोध्नेले देशका निम्ती मैले यो दिएँ भन्न सक्नुपर्छ । फलानो फलानोका कारण देश बिग्रियो भनेर गाली गर्नेले राष्ट्रहितका निम्ती योगदान गर्न तयार हुनुपर्छ ।
    अब आम नेपालीलाई के गुम्यो ? के बिग्रियो भनेर आरोपप्रत्यारोप मात्रै गरेर बस्ने छुट छैन । देशको दुरावस्थाका कारण निराश बनेर नेतालाई गाली गर्दैमा भाविपुस्ताको ‘सराप’ बाट उन्मुक्ति पाइँदैन् ।
    त्यसैले अब समस्त नेपालीले व्यबस्थालाई दोष दिन छाड्नुपर्छ । नेतालाई गाली गरेरै खुसी भइराख्ने प्रवृत्ति त्याग्नुपर्छ । वितृष्ण र नकरात्मक दृष्टिकोणलाई तिलान्जली दिनुपर्छ । सँगै सुरु गर्नुपर्नेछ, सम्बृद्ध राष्ट्र बनाउने अभियान ! जनताप्रति उत्तरदायी, जिम्मेवार, पारदर्शी, जवाफदेही, दुरदर्शी, भिजनरी, परिपक्क, राष्ट्रप्रेमी नेतृत्व बनाउने अभियान !
    सायद, त्यसपछि बन्नेछ । आम नेपाली ‘जनताको सरकार, नेपाल सरकार’ ।

    जय देश ! जय नेपाल !

    बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद्का पाका सांसद अर्जुननरसिंह केसी
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी
    वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • ३.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ४.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ५.
      भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

    • ६.
      १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै

    भर्खरै

    • १.
      झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

    • ३.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ४.
      एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

    • ५.
      लुम्बिनीमा एमालेका चार मन्त्री भए विदा, नयाँ अनुहार भित्रीदै

    • ६.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

    • ७.
      गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    • ८.
      सरकारलाई ओलीको चेतावनी : “उत्ताउलिएर अघि नबढ्नु”

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation