• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

खुट्टाले लेखेर ३.४० जिपिए

रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

  • ३. पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

  • ४. छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

  • ५. नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

  • ६. गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

  • ७. शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

  • ८. गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

  • ९. ग्रामीण दूरसञ्चार विस्तारका लागि १६ सय नयाँ टावर निर्माण गरिने

  • १०. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

‘प्युठान महोत्सवले दिगो बिकासको रुप रेखा कोर्छ’ :संयोजक श्रेष्ठ


  •   मङ्गलबार, माघ २२, २०७५ मा प्रकाशित
  • जुम्री बसपार्क व्यबस्थापन समितिले फाल्गुन ३ गते देखि १३ गते सम्म प्यूठानको बिजुवारमा “कृषि ,पर्यटन ,उर्जा,कला ,सस्कृती, उद्योग र ब्यापार सम्मुन्नत प्यूठान आर्थिक बिकासको आधार ”प्यूठान महोत्सब २०७५ भन्ने नारा सहित महोत्सव आयोजना गर्दै छ । महोत्सबलाई लक्षित गरी करिब एक दशक देखि सामाजिक सेवामा सक्रीय हुँदै जुम्रि बस पार्क व्यबस्थापन समितिको अध्यक्ष पदको जिम्मेबारी सम्हाल्दै आएका एक कर्मठ,मिलनसार युवा तथा महोत्सब आयोजक समितिका संयोजक सुमन राज श्रेष्ठसँग कामना डेलीका समाचारदाता राम बहादुर बिश्वकर्माले गरेको कुराकानिको सारसंक्षेप।

    Advertisement

    १ महोत्सब संञ्चालन गर्दै हुनुहुन्छ तयारी कस्तो भइरहेको छ ?
    जुम्री बसपार्क व्यबस्थापन समितिको आयोजनामा फाल्गुन ३ गते देखि १३ गते सम्म प्यूठान महोत्सब २०७५ को मिती नजिकिदै छ। तयारी पनि तिब्र गतिमा अगाडी बढाइरहेका छौँ। यस सन्दर्भमा करीब करीब बाहीरी तयारी अन्तिम चरणमा छ ।
    २ महोत्सबको उदेश्य के हो ?
    महोत्सबको २/३ वटा उदेश्यलाई केन्द्रबिन्दुमा राखेका छौ । खास गरी आजभन्दा १६।१७ बर्ष पहिला प्यूठान जिल्लामा ऐतिहासिक तथा पहिलो बस पार्कको रुपमा यस जुम्रि बसपार्कको रुपमा स्थापना गरीयो । जतिबेला कुनै पनि बसपार्क नै थियन, त्यतिबेला स्थापना गरेर पछाडी यसको महत्व झल्काउने हिसाबले यहाको बजार बिस्तार भयो। फरक खालको मोडालिटि निर्माण भयो । त्यसपछि यो बसपार्कलाई वेवास्ता भयो । हाम्रो कार्यसमिति आईसकेपछि यसलाई नया ढगंले उचाईमा पुर्याउनका लागी एउटा सिष्टमलाई फलोअप गर्दै जादाखेरी यो बसपार्कलाई अझ ब्यबस्थापन गर्नको निम्ति र दिगो बिकास निर्माण गर्नको निम्ति यो बसपार्कको प्यूठान महोत्सब २०७५ को आयोजना गर्दै छौ । र यस्ले जिल्लाको दिगो बिकास सहितको रुपरेखा बनाउन सहयोग गर्छ भन्नेमा हामी बिश्वस्त छौ। र सँगै हामिले यो महोत्सबबाट आम्दानी भएको रकमले जिल्लामा अलिकति सुविधा सम्पन्न स्टाइलको एम्बुलेन्स लिने तयारी गरीरहेका पनि छौँ ।
    ३ महोत्सब संञ्चालन गर्ने यो अभियान संञ्चालन गर्दै गर्दा चौतर्फी आलोचना पनि आइरहेका छन् नी ?
    यसो छ,मैले यो बिषयमा आलोचना भन्दा पनि सुझाबको रुपमा लिएको छु ।आजसम्म जिल्लामा भएका महोत्सबहरुको विषयलाई उंहाहरुले खराब नजरको रुपमा हेरेर त्यो विषयलाई टिका टिप्पणी गर्नुभएको छ। उहाहरुको त्यो टिका टिप्पणीलाई सुझाबको रुपमा लिएर हामी अगाडी बढीरहेका छां । हामी यो कुरामा दृढ र विश्वस्त छौ भने, हिजोको महोत्सबहरु केका लागि भए? कति सफल भए? र कति असफल भए ? के कस्ता प्रकारका बिकृति भए? म त्यतातिर जाँदिन, अहिलेको प्यूठान महोत्सब २०७५ सबै हिसाबले भब्य, सभ्य र सानदार बनाउने हिसाबले हामीले तयारी गरिहेका छांै ।जिल्लाको कला सस्कृतिको बिकास, पर्यटकिय गन्तव्यहरुको प्रर्वद्धन , जुमृ बसपार्कलाई दिगो ढङगले ब्यवस्थापन गर्ने र महोत्सब यो साच्चै नै प्यूठान जिल्लाको पहिलो महोत्सब हो । यो महोत्सबको मोडालिटी र महोत्सबको अर्थ के हुन्छ भन्ने कुरा यो महोत्सबले देखाउंछ भन्ने हामीले आशा गरेका छौ ।
    ४ यहाहरुले जस्तै उद्य्यश्य राखेर बिगतमा पनि जिल्लामा कैयौं महोत्सब गरिए तर उपलब्धी खासै देखिएन। यश पटकको महोत्सवले सार्थकता पाउछ भन्ने आधार के ?
    यसो छ हिजोको महोत्सब बारे म पहिले नै भनिसके महोत्सबहरुको बिषयमा अथवा रमाइलो मेलाका विषय तिर केन्द्रित हुन चाहँदैन किन भने हामी अहिले महान अभियानमा जोडिएका छौँ। प्यूठान महोत्सब २०७५ को सन्र्दभमा हामीसँग जुन टिम छ, यो टिमले लिएको उध्यश्य र एजेन्डा हामीले पुरा गर्छौ भन्ने संकल्प हो । यो पवित्र संकल्पका साथ अगाडी बढीरहेका छौँ। अब प्रमाणकै रुपमा पेश गर्ने कुरा त म भन्न सकिन तर कुरा के हो त भने हामीलाई ठुलो जनमानसको साथ सहयोग र समर्थन छ । जिल्लाका राजनैतिक संयन्त्र, जिल्लाको सरकारी संयन्त्र ,पत्रकार मित्रहरु युबा विद्यार्थि लगायत जिल्ला बासि र बाहिरका जनताहरुको पनि ठुलो साथ समर्थन छ । यद्यपी केहि टिका टिप्पणी उठेका विषयमा छलफल गर्न सकिएन। यसमा म के बिश्वास गर्न चाहान्छु भने जीवनको आधा उमेर भन्दा बेसी छ । सामाजिक र राजनैतिक काम गर्न पर्ने त्यो राजनितिक र सामाजिक क्षेत्रमा केहि पनि खोट नलाग्ने हिसाबले अहिले हामीले काम गरीरहेका छौँ यहि नै हाम्रो सबै भन्दा ठुलो उपलब्धी वा विश्वास हो भन्ने लाग्छ ।
    ५ सानै उमेरमा नै यस्तो सामाजिक क्षेत्रमा लाग्ने जागरण कसरी आयो तपाईमा बताईदिनुस न ?
    देश जताकतै अन्धकार छ यसमा एउटा प्रकारका मोडालिटि एउटा प्रकारको विकृति भित्रिरहेको छ देश निर्माण गर्ने हामी युवाहरु हामी विद्यार्थिहरु अथवा यो उमेरबाट पक्कै नै यो मुलुक निर्माण गर्न सकिन्छ र यो मुलुक निर्माण गर्नको निम्ति साना साना ठाउबाट बिकास गर्नु पर्छ । आज म जहाँ जोडिएको छु मलाई लाग्छ आज जुम्रि बसपार्क छ भन्ने सायद जिल्ला भित्रका मान्छेहरुलाई थाहा थियो।कहाँ, कस्तो र कुन अबस्थामा छ? भन्ने थाहा थिएन। म तपाईहरुलाई के कुरा ढुक्क भएर भन्न चाहान्छु भनेपछि हाम्रो कार्यसमिति आईसके पछाडी नयाँ ढङगको सिष्टम लागु भएको छ यो ठाउँको प्लेटफर्मलाई निर्माण गरेर हामी यो मुलुकको मुलुक निर्माणको अभियानमा जोडिरहेका छौँ अब सानो सानो हिसाबले जिल्लाको र राष्ट्रिय राजनितिको जुन ढङगको हामीलाई प्रभाब गर्यो खासगरी १० बर्षे जनयुद्ध १० दिने जन आन्दोलनको प्रभाबले गर्दा हामी यो ठाउमा जोडियौँ भन्ने लाग्छ ।
    ६ महोत्सवको तयारी भईरहँदा सरोकारवालासंग के कस्तो समन्वय गरिरहनुभएको छ? उहाहरुको सहयोग कत्तिको पाउनुभाछ?
    सरोकारवाला निकायको तर्फबाट हामीलाई सबै प्रकारको सहयोग साथ समर्थन भएको छ भन्ने लाग्छ। अब बाहिरी रुपमा टिका टिप्पणी सरोकारवालाले कस्तो गर्नुहुन्छ त्यतातिर नजाउँ। भित्रि रुपमा प्यूठान नगरपालिका बाट अनुमति पनि लिई सकेका छौँ जिल्ला प्रशासन कार्यालयबाट पनि हामिले सुरक्षा सहितको सवै अनुमति लिईसकेका छाँै । त्यो सन्र्दभमा जिल्लाको राजनैतिक दलहरुसँग मौखिक र सामान्य बसाई पनि गरीरहेका छौँ युवा बिद्यार्थिहरु हाम्रो मुल आयोजक समितिमा हुनुहुन्छ । मिडियाकर्मिहरु हाम्रो मुल आयोजक समितिमा बस्नुभएको छ । जिल्लाका अधिकांश बुद्धिजिबि सबै हिसाबले हाम्रो मुल आयोजक समिति यो महोत्सबलाई सफल पार्न बसेको हुदाँ यो महोत्सब सफल हुन्छ भन्नेमा हामी ढुक्क छौ।
    ७ यतिबेला जिल्लामा स्वर्गद्धारी महोत्सब चलिरहेको छ, अब तपाईहरु महोत्सब आयोजना गर्दै हुनुहुन्छ दर्शकको उपस्थितिहुनेमा बिश्वस्त हुनुहुन्छ ?
    पहिलो सफल हुने स्वर्गद्धारी नगरपालिका अथवा त्यो महोत्सब त्यता चलिरहेको छ म त्यो सन्र्दभमा खास कुरा गर्न चाहिन खासगरी प्यूठान महोत्सब २०७५ को सन्र्दभमा यहाँको खास प्यूठान जिल्ला भनेको यो क्षेत्र नै हो जहाँ हामी महोत्सब लगाएका छाँै र प्यूठान जिल्लाको प्यूठान नगरपालिका केन्द्र बिन्दु भएको हिसाबले र करिब यो जिल्लाको आम जनताहरु यहाँबाट समेटिने हिसाबले र सबै जनताको हामिलाई आस्था भरोसा र सबै हिसाबको सहयोग भएको हुनाले यो महोत्सबको सम्पुर्ण हिसाबले सफल हुन्छ यसमा हामी बिश्वस्त छौँ र हामी यो कुरा देखाउने पनि छौँ ।
    ८ महोत्सबको मुख्य आर्कषणहरु के के हुन ?
    महोत्सबको मुख्य आर्कषणहरु मैले भनि हाले जिल्ला भित्रका कला सस्कृतीहरुको जर्गेना गर्ने र जिल्ला भित्रका स्थानियकलाहरु जिल्लाबाट राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुलाई यो महोत्सबमा भित्राउने ,कृषि पर्यटन र घरेलु उद्योग तर्फका स्टलहरुलाई हामीले निशुल्क रुपमा जिल्लाको यो महोत्सबमा ब्यवस्थापन गर्ने र यहाँका पर्यटकिय गन्तब्य जस्तै ःस्वर्गद्धारी ,गौमुखी,झाक्रिस्थान ,कालिका मन्दिर,भित्रिकोट दरबार लगायत जो जो पर्यटकिय गन्तब्यहरु छन त्यसलाई थप बिकासमा पूर्याउनका निम्ति हामीले अहिलेको महोत्सबबाट एउटा ढङगको मोडालिटी निर्माण गर्ने लगायतका जुम्रि बसपार्कलाई सहि ढङगले दिर्घकालिन बिकासको गुरु योजनाको रुप रेखा कोर्दै अत्याधुनिक र समृद्ध बसपार्क बनाउने यो महोत्सबको उदेश्य हो ।
    ९ अन्तमा तपाईले के भन्न चाहानुहुन्छ ?
    अन्तिममा खास गरी सबै हिसाबले आज सम्म महोत्सब सुरु देखि आज सम्मका दिनमा जिल्लाका सम्पुर्ण राजनितिक दलहरु, युवा, बिद्यार्थिहरु,जिल्लाका सरकारी संयन्त्रहरु,सम्पुर्ण जिल्लाबासि अथवा सरोकारवालाहरुको ठुलो साथ समर्थन र सहयोग रहेको छ यसै सन्र्दभमा महोत्सब संञ्चालनका दौरानमा हामीबाट हुने छिटफुटका जो टिका टिप्पणी हुन्छ , आलोचना हुन्छ यसलाई एक ठाउमा सुझाबको रुपमा अगाडी राखेर अघि बढिरहेका छौँ । यो महान अभियानमा जोडिनका निम्ति र दर्शक सँगै यो महोत्सब सम्पुर्णको महोत्सब भएको हुदा यो महोत्सबमा जोडिन आम जिल्ला बासिहरुलाई अपील गर्न चाहान्छु ।

    मङ्गलबार, माघ २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?
    रौतहटमा मैले बोलेको भन्दा धेरै नै काम गरेको छु : प्रहरी उपरीक्षक घिमिरे
    मेरो कार्यकालमा बेरुजु शून्य बनाउने छु : झगबहादुर बिश्वकर्मा
    ‘जनगुनासो अहिले सम्म आएको छैन’ : पाठक
    कृत्रिम खुट्टाले चुचुरो टेक्दा क्वाँक्वाँ रोएँ, आँसु बरफ भयो : हरि बुढामगर
    महोत्सवसँगै प्युठानको विकास एजेण्डा स्थापित गर्न सफल भएका छौं : नकर्मी

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट

    • ३.
      पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा,

    • ४.
      छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    • ५.
      नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

    • ६.
      गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

    भर्खरै

    • १.
      देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

    • २.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ३.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

    • ४.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    • ६.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ७.
      स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

    • ८.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation