• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • १०. गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

दुई तिहाइ सरकार र समाजवादको हल्ला


  •   आइतबार, माघ २०, २०७५ मा प्रकाशित
  • – जायश्वर जैसी

    Advertisement

    हाम्रो नेपालमा आजको यो समयमा समाजवाद र समृद्धिको मिठो गफ बडो मजाले चलाइएको छ । दुई तिहाइको सरकारले समाजवाद ल्याउँछ भनिएको छ । समाजवादमा के हुन्छ भन्ने स्पष्ट मार्गचित्र नै प्रस्तुत नगरी समाजवादको डङ्का पिटिएको छ । संविधानमै समाजवाद उन्मुख राष्ट्र भन्ने कुरा लेख्न कुनै कन्जुस्याईँ गरिएको छैन । लेखेर र भनेर समाजवाद उन्मुख हुने वा आउने हो या त्यसको लागि समाजवादी कार्यक्रम बनाई लागु गर्नु पर्ने हो, त्यसको लागि गम्भीर बहसको जरूरी अवश्य नै पर्छ । समाजवाद ल्याउनको लागि शासकहरूको मानसिकता पनि समाजवादी पक्कै हुनुपर्छ । समाजवादको लागि राज्यका संयन्त्र इमान र नैतिकतामा बाँधिनु पर्दछ । तर, राज्यको संयन्त्र पुरै भ्रष्ट्र र लुट मच्चाउने व्यक्तिवादी अराजक खालको छ । शासक समाजवादीको त कुरै छाडौँ पुँजीवादी मानसिकताको पनि छैन । शासकको चरित्र हेर्ने हो भने दलाल पुँजीवादको मतियारको रूपमा खडा छ ।

    अहिले समाजवादको व्याख्या डेमोक्रेटिक र लेफ्टिष्ट(कम्युनिष्ट) भन्नेहरूको आ–आफ्नै प्रकारको छ । वास्तविक रूपमा आम जनताको लागि समाजवाद डेमोक्रेटिकहरूको भन्दा लेफ्टिष्ट(कम्युनिष्ट) हरूको नै उत्तम हुन्छ भन्नेमा कुनै शङ्का छैन । तर नेपालमा डेमोक्रेटहरू र आफूलाई लेफ्ट(कम्युनिष्ट) भन्ने दुवैथरीले समाजवादलाई एकै ठाउँमा गोलमोटोल पारी जनताका आँखामा छारो हाल्न खोजेको देखिन्छ । कम्युनिष्ट भन्नेहरूको बीचमा त समाजवादको बारेमा एउटै बुझाई छैन भने कम्युनिष्ट र लोकतान्त्रिकहरूको खिचडीबाट कसरी र कस्तो समाजवाद आउँछ ? समाजवादी व्यवस्था जनताको लागि उत्तम व्यवस्था हो । यसमा कुनै दुई मत नै राख्न जरूरी छैन । समाजवादको अनिवार्यताप्रति आम मानव समूदाय पूर्णतः विश्वस्त हुनुपर्छ । नेपालमा मात्रै होइन दुनियाँमा एकपटक समाजवाद अनिवार्य प्रवेश गर्ने छ भन्नेमा पैसा र दलाल पुँजीको मातले उन्मत्त भएका मूर्खहरूवाहेक ज्ञानी र सचेत मानिस सहमत नै छ र हुनुपर्छ । नेपालमा आज जुन किसिमले समृद्धि र समाजवादको हल्ला गरिएको छ, त्यो किसिमले समाजवादी व्यवस्थामा प्रवेश गर्न सकिदैन । शासन सत्ताको चरित्र नै समाजवादी छैन । सरकारको चरित्र नै समाजवादी छैन । राज्यको संरचना नै समाजवादी छैन भने यो हल्ला बाहेक केही हुन सक्दैन ।
    हुन त म समाजवादको कुनै विज्ञ र ज्ञाता होइन । माओवादी आन्दोलनमा समाजवादी व्यवस्थाको लागि भनेर झण्डै एक दशक भन्दा बढी पूर्णतः समर्पित भावका साथ लागी प्राप्त गरेको शिक्षा र अनुभवका आधारमा समाजवादमा यो तरिकाले जान सकिदैन भन्ने मेरो बुझाइ छ । यदि सकिन्छ भन्ने कसैलाई छ भने त्यो भ्रम सिवाय केही होइन । आजको राजनैतिक परिदृष्यलाई गहिरो गरी नियाल्दा सङ्केत राम्रो देखिएको छैन । पुँजीको सामूहिकीकरण र राष्ट्रियकरणको कुनै गुञ्ज्यास् पाइँदैन । व्यक्तिगत पुँजी र निजीकरणले सारा मान्छेहरूको मस्तिष्क नै दूषित बनाइदिई सकेको छ । जनतालाई मजाले सपना देखाइएको छ । समृद्धि र समाजवादका गुलिया नारा लगाइएको छ ।
    अस्थिर सरकारका कारणले देशको समृद्धि र विकास भएन, त्यसैले स्थिर सरकार चाहिन्छ भनियो । स्थिर हुनको लागि दुई तिहाइ बहुमत चाहिन्छ, त्यो मत जनताले दिनुपर्छ भनियो । एक पटक होइन हजारौँ पटक भनियो । मत आयो भने त देश कायापलट नै हुन्छ भनेर बहुमतको प्रचार गरियो । समाजवादको लागि बहुमत भनियो । समाजवादको प्रचार गरियो । तर, आज समृद्धि र समाजवादको प्रचार फगत प्रचारवाजी मात्रै भएको छ । समाजवाद कसरी आउँछ ? कुनै खाका दिएको छैन । अल्मलमा पारिएको छ । विश्वका शासन व्यवस्था हेर्ने हो भने खास समाजवादी शासन व्यवस्था कतै पनि देखिदैनन् । सारमा हेर्दा पुँजीवादमा रूपान्तरित छन् । आज नेपालमा दुई तिहाइको हल्ला छ । दुई तिहाइको बडो प्रचारवाजी छ । सङ्ख्याको राजनीति र होडबाजी छ । दुई तिहाइको सरकार छ । संसदवादी कम्युनिष्टहरूको सरकार छ ।
    सबै छ, तर पनि समाजवादी सरकार छैन । जनताको सरकार छैन । बेरोजगारीहरूको सरकार छैन । नेपाली चेलीहरूको सरकार छैन । विदेशिएका लाखौँलाख युवाहरूको सरकार छैन । सिसान मजदुरको सरकार छैन । इमान्दार र स्वाभिमानीहरूको सरकार छैन । हुन त फेरि पनि नेपालमा दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकार आएपछि समाजवाद आउने हल्ला गरिएको थियो । शायद दुई तिहाइ र समाजवाद फरक कुरा हो । दुई तिहाइको सरकार भएर केही हुने रहेनछ । जनताको सरकार हुनुपर्दो रहेछ । समाजवादी सरकार हुनुपर्दो रहेछ । दुई तिहाइको सरकारले त्यही दुई तिहाइको हल्ला गर्न मात्रै ठिक्क छ । जनताको सरकार हुन कुनै तिहाइ चाँहिदैन पक्कै । जनताका पिर, मर्का र समस्या बुझी समाधान गरिदिए पुग्छ । समृद्धि र समाजवादका सपना देखाएर निजी सम्पत्ती थुपार्नको लागि जे पनि गर्न तम्तयार हुने जमात खडा गर्ने सरकार दुई तिहाइको त हुन सक्ला तर समाजवादी सरकार हुन कदापि सक्दैन । यो समृद्धि र समाजवाद ल्याउने सरकार पनि हुनै सक्दैन ।

    जुन देशमा शिक्षा र स्वास्थ्यलाई व्यापारको वस्तु बनाइन्छ त्यो देशमा समाजवाद हल्ला मात्रै हुन्छ । समाजवाद आउँदैन । देश स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्ट्राचारले आक्रान्त र थिलोथिलो परेको छ । शासन सत्तामा बसेकाहरूमा ठगेर, लुटेर, परिश्रम नै नगरेर व्यक्तिगत सम्पत्ती जोड्ने मोह र लालचा उच्च छ भने कसरी आउँछ समाजवाद ? कसले ल्याउँछ समृद्धि ? देशका आम जनताहरू एक ट्याप्लेट सिटामोल खान नपाइ छट्पटाएर मर्छन् तर यहाँका उच्च पदस्त एवम् शासक भन्नेहरू करोर्डौँ खर्च गरेर विदेशमा उपचार गराउन पुग्छन् भने कहाँ केका लागि आउँछ समाजवाद ? सरकारले कुनै एउटा क्षेत्रमा पनि समाजवादी नीति नै बनाएको छैन भने कुन समाजवादको हल्ला हुन्छ यहाँ ? शासकले जनताहरूलाई उत्पादनमा जोड्ने नीति नै बनाउन सक्दैन र युवाहरूलाई विदेशी भूमिमा पसिनाका धारा बगाउन वाध्ये पारी आएको रेमिट्यान्सबाट मोजमस्ती गर्छ । शासकले उद्योगधन्दाको विकास एवम् सामूहिक पुँजीको विकास गर्न नै ध्यान दिँदैन अनि यहाँ कसरी आउँछ समाजवाद ? देशका राजनैतिक दल(चाहे क्रान्तिकारी होउन् चाहे सत्ताधारी) का नेतादेखि कार्यकर्तासम्मले जीवनभर कुनै उत्पादनमूलक काम नै नगरी पार्टीले उठाएको लेवी र चन्दाको भरमा यश आरामको जीवन व्यतीत गर्नुलाई उनीहरूले आफूलाई क्रान्तिकारी र समाजसेवीको संज्ञा दिई हिड्छन् अनि कसरी आउँछ यहाँ समाजवाद ? देशका शासकले शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र, सेना–प्रहरी र न्यायलयलाई राजनैतिक भागबन्डाका आधारमा जनशक्ति व्यवस्थापन गर्दछ अनि सरकारी कार्यालयहरूमा विभिन्न दल निकटका भातृ सङ्गठनका झण्डा झुण्डाएर जनताको सेवा होइन टे«ड युनियनको नाममा राजनीति गर्न छुट दिन्छ भने त्यो शासकले के गरी ल्याउँछ समाजवाद ? शासक संसदीय राजनीतिको पूर्ण विकास र संस्थागत गर्न तल्लीन छ भने कुन बाटोबाट आउने हो समाजवाद ?
    राज्यको संयन्त्र नै समाजवादी छैन भने समाजवाद आउँदैन । समाजवादको हल्ला मात्रै आउँछ । राज्य संयन्त्रको काम गर्ने पद्धतिको आमूल परिवर्तन विना न त समृद्धि आउँछ, न त समाजवाद नै आउँछ । दुई तिहाइ, बहुमत र धेरै सिट त १५ साल, ४६ सालपछि एवम् ६४ सालमा पनि आएकै हो । त्यसले सापेक्षित परिवर्तनवाहेक तात्विक परिवर्तन केही गर्न सकेन । जनताको जीवनस्तरमा परिवर्तन गर्न सकेन । सही पद्धतिको विकासविना परिवर्तन असम्भव छ । यस्तै पद्धति र व्यवस्था रहने हो भने ठकुवाका साथ भन्न सकिन्छ कि नेपालमा वास्तविक समृद्धि र समाजवाद आउँदैन ।
    निष्कर्षतः समाजवादी व्यवस्थामा जाने नै हो भने शिक्षा र स्वास्थ्यलाई पूर्ण सरकारी र गुणस्तरीय बनाउनु पर्छ । संस्थागत र नीतिगत भ्रष्ट्राचारको अन्त्य गरिनुपर्छ । जनता र युवाहरूलाई उत्पादनमा जोड्नुपर्छ । समाजवादी नीति र कार्यक्रम बनाई लागु गर्नुपर्छ । सबैको पहुँच पुग्ने अस्पत्ताल देशका विभिन्न स्थानहरूमा स्थापना गर्नुपर्छ । रेमिट्यान्सलाई मोजमस्तीमा होइन उद्योगधन्दा र विकासमा लागाउनु पर्छ । सरकारी निकायमा दलको राजनीतिलाई निस्तेज गर्नुपर्छ । लेवी, चन्दा र भ्रष्ट्राचारमा बाँचोकाहरू आफ्नो काम गरी खान सिक्नुपर्छ अनि बल्ल समृद्धि र समाजवादको बाटोमा हिड्न सकिएला नत्र भने दुई तिहाइको दुहाइ दिएर समृद्धि र समाजवाद आउने छैन । यो त बकम्फुसे हल्ला मात्रै हुने छ । धन्यवाद ।

    शिक्षक, गौमुखी माध्यमिक विद्यालय, प्यूठान

    आइतबार, माघ २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation