• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ९. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • १०. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

ब्याज तिर्न नसक्दा उठिबास


  •   सोमबार, पुष २३, २०७५ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान।
    लघुवित्त संस्थाहरू खासगरी ग्रामीण भेगमा विपन्न र सीमान्तीकृत वर्गमा वित्तीय पहुँच विस्तार गर्दै उनीहरूको आय आर्जन वृद्धिका लागि काम गर्न खुलेका संस्था हुन् । अन्य बैंक तथा वित्तीय संस्थाबाट थोकमा ऋण लिएर सोही रकम विपन्न वर्गमा लगानी गर्ने यिनको प्रमुख काम हो । प्राय: लघुवित्त संस्थाहरूले बचतका रूपमा पैसा संकलन नगर्ने भएकाले उनीहरूसँग आफ्नो वित्तीय स्रोत हुँदैन ।
    कमाइको प्रमुख स्रोत भनेकै ब्याज अन्तर (बैंकहरूबाट सस्तोमा कर्जा लिएर महँगो दरमा लगानी गर्नु) हो । यसकारण लघुवित्त संस्थालाई लाग्दै आएको आरोप कर्जा निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) धेरै हुन्छ भन्ने हो । लघुवित्त संस्थाहरूमा स्प्रेड नियन्त्रणका लागि राष्ट्र बैंकले अनेकन प्रयास गर्नुले यो कुरा पुष्टि हुन्छ ।
    प्युठान जिल्लाका विभिन्न ठाँउहरुमा लघुवित्त माईक्रोफाईनान्स समुहको ध्यान नाफामुखी हुँदा ग्रामिण भेगका स्थानीयहरुको उठिबास गराएको छ । आर्यआर्जन तथा गरिबि निवारणका लागि भन्दै आकर्षक नारा दिए पनि लघुवित्त वित्तिय संस्थाहरुको ऋण तथा चर्को ब्याजका कारण विपन्नहरुको उठिबास समेत लागेको छ ।
    कृषि तथा पशुपालन शिर्षकमा समेत १८ प्रतिशत चर्को व्याज र धेरै समुहको ऋणको दलदलमा फसेकी सरुमारानी–१ की रुकी धामी, दिपा धामी, सुसिला सुनार, पुना वि.क र नजर मिँया गाँउनै छाडेर भागेका छन् । उनिहरु घरमा ताल्चा लगाएर भारत पुुगेको छिमेकीहरु बताउँछन् । उदेश्यविहिन ऋणको कारण र वित्तिय क्षेत्रबारे राम्रो ज्ञान नहुँदा धेरै समुहमा आवद्ध भएका उनिहरु किस्ता तिर्न समेत नसकेकाले गाँउनै छाडेर भाग्नुपरेको स्थानिय कालु मिँयाले बताए । ‘किस्ता तिर्नकै लागि अर्को फरक समुहको ऋण खानुपर्ने बाध्यता बन्यो ।’ मिँयाले भने, ‘यहाँका बहुसंख्यक स्थानिहरु समुहको चपेटामा फसेका छन् ।’ एक घरधुरीले सदस्य संख्याका आधारमा ५÷७ वटा समुहमा आबद्ध भएको मिँयाको भनाई छ ।
    लघुवित्तको वित्तिय परिपाटी सानाकिसानमुखी नभएको सरुमारानी–१ का वडा अध्यक्ष मुकुन्दराज शर्माले बताए । ‘गाँउघरमा ठूलो समस्या भयो गाउँलेहरु गाँउनै छाड्न थाले ।’ अध्यक्ष शर्माले भने, ‘यहाँ परिचालित सबै लघुवित्तीय संस्थाहरुलाई बोलाई बृहत छलफल चलाउने सोँच बनाएका छौँ ।’ गाउँलेहरुको आर्थिक अवस्था र त्यसले निम्त्याउने परिणामबारे जानकार हुँदाहुँदै पनि लगानी लगाउने र महिनैपिच्छे किस्ता असुल गर्दै समुह बृद्धि गर्दै जाने होडबाजीका कारण परिस्थिति जटिल बन्दै गएको शर्माको बुझाई छ ।
    सरुमारानीको बांगेसालमा करिब १० वटा समुहहरु परिचालित छन् । सबै समुहले समुहका सदस्यहरुलाई १८ प्रतिशत व्याजमा कृषि तथा पशुपालनमा लगानी गरेको स्थानिय जमिला खातुनले बताईन । ‘प्यानमा दर्ता भएकालाई १ लाख सम्म ऋण दिएको छ ।’ खातुनले भनिन्, ‘कृषि तथा पशुपालनमा ५० हजार देखि ६० हजार सम्म कर्जा दिएको छ तर व्याज उहि १८ प्रतिशत नै हो ।’ एक सदस्यले किस्ता नतिरे अर्को सदस्यले ऋण नपाउने हुँदा समुहलाई नै घुम्टीमा पारेको र एक महिनामै समुहमा लगाएको लगानी, सावा उठ्ने र अर्को समुह बनाई लघुवित्तहरुले ऋण प्रवाह गरिरहेको सदस्यहरुले बताए । किसानको जिवनस्तरमा परिवर्तन नभएर समुहको वित्तिय कारोवार मात्र फस्टाएको उनिहरुको आरोप छ ।
    लघुवित्त समुहरुले ५ जना, १० जना देखि १५ जनाको सदस्य संख्याको समुह बनाउँदै ऋण प्रवाह गरिरहेका छन् । बांगेसालमा ४ वटा दाङ्गका र ६ वटा प्यूठानकै साना लघुवित्त संस्थाहरुले ऋण परिचालन गरेका छन् । सबै माईक्रो फाईनान्स संस्थाहरुले समुहका सदस्यहरुलाई ऋण प्रवाह गरेकै दोस्रो महिनाबाट किस्ता असुल गर्ने गरेको स्थानियहरु बताउँछन् । १ लाख ऋण लिएकोमा दोस्रो महिनाबाटै १० हजार किस्ता र ५ सय बचतमा तिर्दै आएको उनिहरुको भनाई छ । १ वर्षका लागि १ लाख कर्जा लिए वापत १ लाख २३ हजार तिर्न पर्ने बाध्यता उनिहहरुको छ । सावा १ लाखमा प्रत्येक महिना १० हजार किस्ता तिर्नुपर्ने भएकोले उनिहरुले पुरा १ लाख १ वर्ष चलाउन नपाउने हुँदा वित्तिय पद्धति सानाकिसान लक्षित नभएको उनिहरुको गुनासो छ । समयमा किस्ता तिर्न नसक्दा जरिवाना र चक्रबृद्धि व्याज समेत उनिहरुले तिर्नुपर्ने बाध्यता छ ।
    गाँउकै आफ्नो आँगनमा रहेको सानाकिसान कृषि सहकारी संस्था मार्फत कृषि तथा पशुपालनमा वार्षिक ९ प्रतिशत व्याजमा सुलभ तवरले कर्जा प्रवाह गरिरहेको संस्थाका प्रवन्धक निमराज आचार्यले बताए । छ्यापछ्याप्ती भित्रिएका लघु वित्तिय संस्थाहरुले किसानहरुलाई गुम्राहमा पारी ऋणको भारी बोकाएको र गाँउलेहरु धरासायी बन्दै गएको आचार्यको बुझाई छ । ‘गाँउलेहरुको बनिबास नै लाग्न थाल्यो ।’ आचार्यले भने, ‘स्थानियहरुको चेतनाको स्तरमा कमि आउँदा यस्तो नियती देखाप¥यो ।’
    लघुवित्त समुहले निम्न आयस्तर भएका जनतालाई माथि उकास्ने नीति लिएता पनि संस्थाहरुले ग्रामिण क्षेत्रमा नाफामुखी ढंगबाट मात्र काम गरिरहेको बैकिङ्ग क्षेत्रका विज्ञ मदन बहादुर केसीले बताए । ‘ऋणको डुप्लिकेशन भयो ।’ केसीले भने, ‘एउटै घरले उहि बाख्रा कुखुरा तथा करेसाबारी देखाएर ऋण खाए र जान्दा जान्दै माइक्रोफाईनान्सले कर्जा दियो ।’ सानाकिसानहरु दलदल र जटिल मोडमा फँसेकोमा केसीले चिन्ता समेत व्यक्त गरे ।
    बाङ्गेसालमा क्रियासिल लघुवित्तिय संस्थाहरुः
    १.गा्रमिण महिला उत्थान केन्द्र दाङ्ग
    २.नेपाल महिला सामुदायिक केन्द्र दाङ्ग
    ३.डिप्रोस जुम्री
    ४.उन्नती मेरो माईक्रोफाइनान्स चकचके
    ५.नेपाल एग्रो माइक्रोफाईनान्स जुम्री
    ६.मिरमिरे लघुवित्त चेरनेटा
    ७.चौतारी लघुवित्तीय संस्था दाङ्ग
    ८.नेशनल माईक्रोफाइनान्स दाङ्ग

    Advertisement

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज
    लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत
    लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
    आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation