Advertisement
माधव खनाल, अर्घाखाँची – नेपाल टेलिकम अर्घाखाँचीले आफ्नो सेवा बिस्तार गरेको छ। टेलिकमले सितगंगा नगरपालीका – ७ जलुकेको भाडगाँउमा नमस्तेको टावर जडान गरेको हो । टाबर जडान पश्चायत सितगंगाका जलुकेको लामाताल,दमारबेसी प्युठानका ऐरावती भागका सेबाग्राहीहरुले प्रत्यक्ष रुपमा फाइदा लिने टेलिकम अर्घाखाँचीका प्रमुख गोबिन्द पराजुलिले जानकारी दिए । लामो समयसम्म सञ्चारको पहुँचले छुन नसकेको उक्त ठाउका स्थानीयहरु टाबर जडान पछी खुसी भएको पराजुलीले बताउनु भयो । यसैबिच टेलिकम अर्घाखाँचीले भोली सुक्रबार सितगंगा नगरपालीका वाडनम्बर ७ मा जनप्रतिनिधि तथा सर्बसाधारणहरुलाई निशुल्क सिमकार्ड बितरणगर्ने पनी जनाएको पत्रकार श्याम घिमिरेले जानकारी दिनुभयो ।