सलिम अन्सारी,प्युठान । जिल्ला प्रशासन कार्यालय प्युठानले सरकारी सवारी साधनको दुरुपयोग नगर्न आग्रह गर्दे सुचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय प्युठानले सामाजिक संजाल फेसबुक मार्फत सुचना जारी गर्दै जिल्ला स्थित स्थानीय तह र सरकारी कार्यालयहरुले जिल्ला भित्र सार्वजनिक बिदाको दिन र जिल्ला बाहिर सरकारी सवारी साधन चलाउँदा अनिवार्य रुपमा कार्यालयवाट अनुमति लिएर मात्र सवारी प्रयोग गर्न अनुरोध गरेको छ । सरकारी सवारीसाधनको दुरुपयोग नगर्न स्थानिय तह र सरकारी कार्यालयलाई जिल्ला प्रशासनले पत्राचार समेत गरेको जनाएको छ।
स्थानीय तह र सरकारी कार्यालयको स्वामित्वमा रहेका सवारिसाधनको नम्वर प्लेटलाई रातोमा परिणत गरि चलाईएको,सवारी चालक अनुमतिपत्र (लाईसेन्स) बिनै सवारी गुडाईएको जनगुनासो आएपछी सुचना जारी गरि त्यस्लाई नियन्त्रण गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।’आम नागरिक,संचारमाध्यम,सामाजिक संजाल र नागरिक समाजबाट सवारी साधनको दुरुपयोग भएको गुनासा सुनिए’ प्रजिअ गैह्रेले कामना डेलीसंग भने-‘कार्यालयको गंभिर ध्यानाकर्षण भएको छ।’ निर्देशन बेवास्ता गरि सरकारी गाडी दुरुपयोग गरिएको पाईए सवारीसाधन नियन्त्रण समेत गर्न सकिने प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ।
साथै सुचनामा विना पुर्व स्वीकृती वा अनुमति सवारी साधन प्रयोग गरेको पाईए कानून बमोजिम कारबाही हुने पनि चेतावनी दिएको छ ।