• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

चुनाबी रस्साकस्सी:को बन्ला व्यवसायीको नेता ?


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • केशर रोका, प्यूठान ।

    Advertisement

    प्यूठानका उद्योगी, व्यवसायीहरू आफ्नो नेता छान्ने दौडधुपमा व्यस्त छन् । यसै साता हुने प्यूठान उद्योग वाणिज्य संघको दशौँ जिल्ला अधिवेशनले तीनवर्र्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । व्यवसायीहरूको घरदैलोमा पुगेर उम्मेदवारहरूले आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । जिल्लामा नौ वटै स्थानीय तहमा बजार क्षेत्र गठन भएका छन् । बजारक्षेत्रको अधिवेशन भर्खरै सकिएको छ ।
    व्यवसायीहरू दुई धारमा विभाजन भएर चुनावी मैदानमा होमिएका छन् ।व्यवसायीहरू बीचनै चुनावी प्रतिस्पर्धा भएपनि विगतको दलिय भागभण्डालाई कायमै राखेर उम्मेदवार खडा भएको देखिन्छ । साविकको एमाले, माओवादी र राष्ट्रिय जनमोर्चामा आस्था राख्ने व्यवसायीहरूले संयूक्त व्यवसायीक प्यानल र नेपाली कांग्रेसमा आस्था राख्ने उद्योगी व्यवसायीहरूले आधिकारीक व्यवसायीक प्यानल बनाएका छन् । दुवै प्यानलका उम्मेदवारहरूले व्यवसायीक हकहितलाई नै जोड दिएर प्रचारप्रसार गरिरहेको पाइएको छ । यद्यपी, गाउँका अधिकांश उद्योगी, व्यवसायीहरूले नेताहरूबाट आफूहरूको दुःखमा साथ नपाएको गुनासो गरिरहन्छन् । बामठवन्धनको तर्फबाट उम्मेदवार बनेका प्यूठान नगरपालिका–८ बाग्दुला निवासी केदारमान कक्षपती अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनी हाल संघको बरिष्ठ उपाध्यक्ष पदमा छन् । यसअघि संघको सचिव, उपसचिव, मानार्थ सदस्यको समेत उनले जिम्मेवारी सम्हाले । ‘लंकसाँहु’ को पसलले प्यूठानभर परिचित कक्षपतीले बुवा, बाजेले नै थालेको पुख्र्यौली व्यवसाय संचालन गरिरहेका छन् । आठ कक्षामा पढ्दादेखि नै बुवा लंकप्रसाद कक्षपतीलाई व्यवसायमा सघाउने गरेको उनले विगत सुनाए । २८ वर्षको हुँदा उनको बुवाको निधन भयो । ५५ वर्षिय कक्षपतीले बुवाको निधनपछि पूर्णरूपमा व्यापार, व्यवसायलाई आफैँले सम्हाल्दै आएका छन् । कार्य व्यवस्तताले यसअघि संघको नेतृत्व गर्न समय नमिलेको प्रतिक्रिया दिँदै उनले अवको समय संघलाई दिने योजनामा छन् । कक्षपतीले बजार विशिष्टीकरण आफ्नै व्यवसायबाट थालनी गरेको दावी गर्छन् । तर, उनीमाथी जिल्लाका अन्य व्यवसायीहरूले ‘नुनदेखि, सुनसम्म’ व्यवसाय थालेकाले विशिष्टीकरण हुन नसकेको आरोप लगाउँदै आएका छन् । ‘सवै भाइहरूले फरक फरक व्यवसाय संचालन गरेका छौँ’,उनले भने,‘सवै एकैठाउँबाट बेच्छन्, भन्ने आरोप मात्रै हो ।’आफू नेतृत्वमा चुनिएमा जिल्लाको बजार विशिष्टीकरणलाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने उनले योजना सुनाए । गाउँतहका व्यवसायीहरूलाई कर शिक्षाको बारेमा अझै राम्रोसँग जानकारी नभएको बताउँदै उनले सवै तहमा कर शिक्षा पु¥याउने प्रतिवद्धता जनाए । ‘पिपिसी मोडलमा नीजिक्षेत्रको लगानी अघि बढाउने छौँ’,उनले भने,‘जिल्लामा लगानीको वातावरण बनाएरै छाड्छौँ ।’ राज्यले जिल्लामा औद्योगिक क्षेत्र निर्धारण गरेमा रोजगारमुलक उद्योग, व्यवसायमा लगानीकर्तालाई आकर्षण गराउन सकिने उनी बताउँछन् । कक्षपतीले स्वर्गद्धारी आउने पर्यटकहरूलाई जिल्लाका अन्य धार्मिक पर्यटकीय क्षेत्रमा पु¥याउनेगरी नीजिक्षेत्रले हातेमालो गर्ने योजना सुनाए । जिल्लाको गौरबको योजनामा रहेका स्वर्गद्वारी विमानस्थल, नौमुरे जलविद्युत्त योजना, स्वर्गद्वारीमा केवलकार निर्माण लगायतमा नीजि क्षेत्रको तर्फबाट पहल र पैरवी गर्ने समेत उनले प्रतिवद्धता सुनाए ।यूवास्थादेखि नै व्यवसायिक क्षेत्रमा लागेका झिमरुक गाउँपालिका–३ आहालखोला प्यूठानका प्रमोद पोख्रेल आधिकारीक व्यावसायीक प्यानलबाट अध्यक्षमा उम्मेदवार बनेका छन् । ०५९ सालमा ओखरकोट मच्छिमा पुस्तक पसलको थालनी गरेका पोख्रेलले सदरमुकाम खलंगा हुँदै हाल जिल्लाको प्रमुख बजारकेन्द्र बाग्दुलामा हार्डवयर व्यवसाय संचालन गरेका छन् । उनले साविकको मल्लरानी बजार इलाका खलंगाको अध्यक्ष र संघको जिल्ला सचिवालय सदस्यको जिम्मेवारी पुरा गरे । सानै उमेरदेखि नै व्यवसायीक क्षेत्रमा क्रियाशिल रहेकाले उद्योगी, व्यवसायीहरूको समस्या नजिकबाट बुझेको उनी दावी गर्छन् । ‘गाउँदेखि शहरसम्मका व्यवसायीको समस्यालाई बुझ्ने अवसर पाएको छुँ’,उनी भन्छन्,‘तर, नेतृत्वमा पुगेर काम गर्ने अवसर पाएको छैन् ।’ पोख्रेलले व्यापार, व्यावसाय विशिष्टीकरणको मुद्दालाई पहिलो बनाएर व्यवसायीसँग मत मागिरहेका छन् । ‘एउटा ढोकाबाट एउटै मात्र सामान बेच्नुपर्छ’,उनले भने,‘तर, जिल्लामा नुनदेखि सुनसम्म एकै ठाउँमा विक्री गर्ने चलन छ । यसले व्यवसायीहरू माथी उठ्न सक्दैनन् ।’ ‘ठूला घरानाका व्यवसायी सधै ठूला र साना व्यवसायी जहिलै सानै’ हुने अवस्था रहीरहेको उनको ठम्याई छ । बजार क्षेत्रबाटै व्यवसाय दर्ता, नविकरण र कर शिक्षाको बारेमा सेवादिने गरी कार्ययोजना बनाएको उनले सुनाए । संघको जिल्ला सचिवालयमा दुईजना कर्मचारीलाई बजार क्षेत्रमा सेवा दिनेगरी कर्मचारी राख्ने समेत उनको योजना छ । जिल्लाको समृद्धिका लागि नीजि क्षेत्रको तर्फबाट सरकारसँग हातेमालो गरेर लगानीका क्षेत्रलाई बढाउँदै लैजाने उनले जानकारी गराए । आयातित उत्पादनमा निर्भर प्यूठानलाई निर्यात गर्ने खालको अभ्यास गराउनतर्फ आफ्नो विशेष जोड हुने उनले बताए । समग्र व्यवसायीक हितका लागि उनले १५ बुँद्धे प्रतिवद्धता सार्वजनिक गरेका छन् । स्नातकतह उत्र्तिण गरेका पोख्रेललाई जिल्लामा धेरैजसोले संचारकर्मीको रूपमा समेत चिन्ने गर्दछन् । पोख्रेलले संचार उद्यमीको क्षेत्रमा समेत लगानीलाई विस्तार गरेका छन् ।
    नौवटा बजार क्षेत्रमध्ये आधिकारीक व्यवसायीक प्यानलबाट माण्डवीबाट जिल्ला प्रतिनिधी र केहीमा बजार क्षेत्रमा सदस्य विजयी भएका छन् । ऐरावती बजार क्षेत्रमा दुवै प्यानलका अध्यक्ष उम्मेदवारद्वय बसन्त बहादुर केसी र प्रेमप्रसाद आचार्यको बरावरी मत खसेको छ । दुवै उम्मेदवारको ७६÷७६ मत परेपछि विधान अनुसार विहिवार गोलापर्थाबाट विजयी उम्मेदवार घोषणा हुनेछन् । जिल्लाभर दुइ हजार ४३ जना व्यवसायी मतदाता रहेको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी गराए । उनका अनुसार संघको उद्योग उपाध्यक्षमा दाखाक्वाडीका उद्यमी मुक्तीप्रसाद पोख्रेल र उपमहासचिवमा ओखरकोट ढाँडका व्यवसायी पदम बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।
    दुवै पदमा प्रतिस्पर्धीबाट उम्मेदवारी परेन् । बामगठवन्धनको तर्फबाट बरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर केसी.(प्रभात), बाणिज्य उपाध्यक्ष (प्रमथ) मा दुर्गाप्रसाद भुषाल, महासचिवमा कृष्णभक्त गिरी र कोषाध्यक्षमा सुरेन्द्र बहादुर जिसी चुनावी मैदानमा छन् । कांग्रेससँग निकट व्यवसायीहरूको तर्फबाट बरिष्ठ उपाध्यक्षमा रामचन्द्र पौडेल, प्रथम उपाध्यक्षमा केशवराज पण्डित, महासचिवमा दधिराम भण्डारी र कोषाध्यक्षमा सनत श्रेष्ठले उम्मेदवारी दिएका छन् । बस्तुगत, एशोसियट, मानार्थ र मानोनित गरी संघमा ३० जनाको जिल्ला कार्यसमिति बन्नेछ । संघको अधिवेशन मंसीर २९ गते सदरमुकाम खलंगामा हुँदैछ ।
    केशर रोका प्युठानबाट बुट्वल टुडेमा लेख्छन।

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation