• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, मङि्सर २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

लोकप्रिय समाचार

  • १. प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

  • २. २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

  • ३. एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

  • ४. राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

  • ५. क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  • ६. दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

  • ७. गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?

  • ८. गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल

  • ९. नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

  • १०. सामुदायिक विद्यालयमा गुणस्तर सुधार चुनौती : प्रदेश सभा सदस्य थारू

चुनाबी रस्साकस्सी:को बन्ला व्यवसायीको नेता ?


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • केशर रोका, प्यूठान ।

    Advertisement

    प्यूठानका उद्योगी, व्यवसायीहरू आफ्नो नेता छान्ने दौडधुपमा व्यस्त छन् । यसै साता हुने प्यूठान उद्योग वाणिज्य संघको दशौँ जिल्ला अधिवेशनले तीनवर्र्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । व्यवसायीहरूको घरदैलोमा पुगेर उम्मेदवारहरूले आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । जिल्लामा नौ वटै स्थानीय तहमा बजार क्षेत्र गठन भएका छन् । बजारक्षेत्रको अधिवेशन भर्खरै सकिएको छ ।
    व्यवसायीहरू दुई धारमा विभाजन भएर चुनावी मैदानमा होमिएका छन् ।व्यवसायीहरू बीचनै चुनावी प्रतिस्पर्धा भएपनि विगतको दलिय भागभण्डालाई कायमै राखेर उम्मेदवार खडा भएको देखिन्छ । साविकको एमाले, माओवादी र राष्ट्रिय जनमोर्चामा आस्था राख्ने व्यवसायीहरूले संयूक्त व्यवसायीक प्यानल र नेपाली कांग्रेसमा आस्था राख्ने उद्योगी व्यवसायीहरूले आधिकारीक व्यवसायीक प्यानल बनाएका छन् । दुवै प्यानलका उम्मेदवारहरूले व्यवसायीक हकहितलाई नै जोड दिएर प्रचारप्रसार गरिरहेको पाइएको छ । यद्यपी, गाउँका अधिकांश उद्योगी, व्यवसायीहरूले नेताहरूबाट आफूहरूको दुःखमा साथ नपाएको गुनासो गरिरहन्छन् । बामठवन्धनको तर्फबाट उम्मेदवार बनेका प्यूठान नगरपालिका–८ बाग्दुला निवासी केदारमान कक्षपती अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनी हाल संघको बरिष्ठ उपाध्यक्ष पदमा छन् । यसअघि संघको सचिव, उपसचिव, मानार्थ सदस्यको समेत उनले जिम्मेवारी सम्हाले । ‘लंकसाँहु’ को पसलले प्यूठानभर परिचित कक्षपतीले बुवा, बाजेले नै थालेको पुख्र्यौली व्यवसाय संचालन गरिरहेका छन् । आठ कक्षामा पढ्दादेखि नै बुवा लंकप्रसाद कक्षपतीलाई व्यवसायमा सघाउने गरेको उनले विगत सुनाए । २८ वर्षको हुँदा उनको बुवाको निधन भयो । ५५ वर्षिय कक्षपतीले बुवाको निधनपछि पूर्णरूपमा व्यापार, व्यवसायलाई आफैँले सम्हाल्दै आएका छन् । कार्य व्यवस्तताले यसअघि संघको नेतृत्व गर्न समय नमिलेको प्रतिक्रिया दिँदै उनले अवको समय संघलाई दिने योजनामा छन् । कक्षपतीले बजार विशिष्टीकरण आफ्नै व्यवसायबाट थालनी गरेको दावी गर्छन् । तर, उनीमाथी जिल्लाका अन्य व्यवसायीहरूले ‘नुनदेखि, सुनसम्म’ व्यवसाय थालेकाले विशिष्टीकरण हुन नसकेको आरोप लगाउँदै आएका छन् । ‘सवै भाइहरूले फरक फरक व्यवसाय संचालन गरेका छौँ’,उनले भने,‘सवै एकैठाउँबाट बेच्छन्, भन्ने आरोप मात्रै हो ।’आफू नेतृत्वमा चुनिएमा जिल्लाको बजार विशिष्टीकरणलाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने उनले योजना सुनाए । गाउँतहका व्यवसायीहरूलाई कर शिक्षाको बारेमा अझै राम्रोसँग जानकारी नभएको बताउँदै उनले सवै तहमा कर शिक्षा पु¥याउने प्रतिवद्धता जनाए । ‘पिपिसी मोडलमा नीजिक्षेत्रको लगानी अघि बढाउने छौँ’,उनले भने,‘जिल्लामा लगानीको वातावरण बनाएरै छाड्छौँ ।’ राज्यले जिल्लामा औद्योगिक क्षेत्र निर्धारण गरेमा रोजगारमुलक उद्योग, व्यवसायमा लगानीकर्तालाई आकर्षण गराउन सकिने उनी बताउँछन् । कक्षपतीले स्वर्गद्धारी आउने पर्यटकहरूलाई जिल्लाका अन्य धार्मिक पर्यटकीय क्षेत्रमा पु¥याउनेगरी नीजिक्षेत्रले हातेमालो गर्ने योजना सुनाए । जिल्लाको गौरबको योजनामा रहेका स्वर्गद्वारी विमानस्थल, नौमुरे जलविद्युत्त योजना, स्वर्गद्वारीमा केवलकार निर्माण लगायतमा नीजि क्षेत्रको तर्फबाट पहल र पैरवी गर्ने समेत उनले प्रतिवद्धता सुनाए ।यूवास्थादेखि नै व्यवसायिक क्षेत्रमा लागेका झिमरुक गाउँपालिका–३ आहालखोला प्यूठानका प्रमोद पोख्रेल आधिकारीक व्यावसायीक प्यानलबाट अध्यक्षमा उम्मेदवार बनेका छन् । ०५९ सालमा ओखरकोट मच्छिमा पुस्तक पसलको थालनी गरेका पोख्रेलले सदरमुकाम खलंगा हुँदै हाल जिल्लाको प्रमुख बजारकेन्द्र बाग्दुलामा हार्डवयर व्यवसाय संचालन गरेका छन् । उनले साविकको मल्लरानी बजार इलाका खलंगाको अध्यक्ष र संघको जिल्ला सचिवालय सदस्यको जिम्मेवारी पुरा गरे । सानै उमेरदेखि नै व्यवसायीक क्षेत्रमा क्रियाशिल रहेकाले उद्योगी, व्यवसायीहरूको समस्या नजिकबाट बुझेको उनी दावी गर्छन् । ‘गाउँदेखि शहरसम्मका व्यवसायीको समस्यालाई बुझ्ने अवसर पाएको छुँ’,उनी भन्छन्,‘तर, नेतृत्वमा पुगेर काम गर्ने अवसर पाएको छैन् ।’ पोख्रेलले व्यापार, व्यावसाय विशिष्टीकरणको मुद्दालाई पहिलो बनाएर व्यवसायीसँग मत मागिरहेका छन् । ‘एउटा ढोकाबाट एउटै मात्र सामान बेच्नुपर्छ’,उनले भने,‘तर, जिल्लामा नुनदेखि सुनसम्म एकै ठाउँमा विक्री गर्ने चलन छ । यसले व्यवसायीहरू माथी उठ्न सक्दैनन् ।’ ‘ठूला घरानाका व्यवसायी सधै ठूला र साना व्यवसायी जहिलै सानै’ हुने अवस्था रहीरहेको उनको ठम्याई छ । बजार क्षेत्रबाटै व्यवसाय दर्ता, नविकरण र कर शिक्षाको बारेमा सेवादिने गरी कार्ययोजना बनाएको उनले सुनाए । संघको जिल्ला सचिवालयमा दुईजना कर्मचारीलाई बजार क्षेत्रमा सेवा दिनेगरी कर्मचारी राख्ने समेत उनको योजना छ । जिल्लाको समृद्धिका लागि नीजि क्षेत्रको तर्फबाट सरकारसँग हातेमालो गरेर लगानीका क्षेत्रलाई बढाउँदै लैजाने उनले जानकारी गराए । आयातित उत्पादनमा निर्भर प्यूठानलाई निर्यात गर्ने खालको अभ्यास गराउनतर्फ आफ्नो विशेष जोड हुने उनले बताए । समग्र व्यवसायीक हितका लागि उनले १५ बुँद्धे प्रतिवद्धता सार्वजनिक गरेका छन् । स्नातकतह उत्र्तिण गरेका पोख्रेललाई जिल्लामा धेरैजसोले संचारकर्मीको रूपमा समेत चिन्ने गर्दछन् । पोख्रेलले संचार उद्यमीको क्षेत्रमा समेत लगानीलाई विस्तार गरेका छन् ।
    नौवटा बजार क्षेत्रमध्ये आधिकारीक व्यवसायीक प्यानलबाट माण्डवीबाट जिल्ला प्रतिनिधी र केहीमा बजार क्षेत्रमा सदस्य विजयी भएका छन् । ऐरावती बजार क्षेत्रमा दुवै प्यानलका अध्यक्ष उम्मेदवारद्वय बसन्त बहादुर केसी र प्रेमप्रसाद आचार्यको बरावरी मत खसेको छ । दुवै उम्मेदवारको ७६÷७६ मत परेपछि विधान अनुसार विहिवार गोलापर्थाबाट विजयी उम्मेदवार घोषणा हुनेछन् । जिल्लाभर दुइ हजार ४३ जना व्यवसायी मतदाता रहेको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी गराए । उनका अनुसार संघको उद्योग उपाध्यक्षमा दाखाक्वाडीका उद्यमी मुक्तीप्रसाद पोख्रेल र उपमहासचिवमा ओखरकोट ढाँडका व्यवसायी पदम बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।
    दुवै पदमा प्रतिस्पर्धीबाट उम्मेदवारी परेन् । बामगठवन्धनको तर्फबाट बरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर केसी.(प्रभात), बाणिज्य उपाध्यक्ष (प्रमथ) मा दुर्गाप्रसाद भुषाल, महासचिवमा कृष्णभक्त गिरी र कोषाध्यक्षमा सुरेन्द्र बहादुर जिसी चुनावी मैदानमा छन् । कांग्रेससँग निकट व्यवसायीहरूको तर्फबाट बरिष्ठ उपाध्यक्षमा रामचन्द्र पौडेल, प्रथम उपाध्यक्षमा केशवराज पण्डित, महासचिवमा दधिराम भण्डारी र कोषाध्यक्षमा सनत श्रेष्ठले उम्मेदवारी दिएका छन् । बस्तुगत, एशोसियट, मानार्थ र मानोनित गरी संघमा ३० जनाको जिल्ला कार्यसमिति बन्नेछ । संघको अधिवेशन मंसीर २९ गते सदरमुकाम खलंगामा हुँदैछ ।
    केशर रोका प्युठानबाट बुट्वल टुडेमा लेख्छन।

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      प्युठानमा हातहतियारसहित एक व्यक्ति पक्राउ

    • २.
      २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव

    • ३.
      एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य

    • ४.
      राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    • ५.
      क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

    • ६.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    भर्खरै

    • १.
      काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

    • २.
      एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार

    • ३.
      नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व

    • ४.
      ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    • ५.
      राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने

    • ६.
      सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    • ७.
      दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू

    • ८.
      चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation