• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गोताखोरले दिनभर खोजे,तर फेला परेनन् युवा


  •   मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
  • अब ताल पुरै सुकाउने तयारी

    Advertisement

    दाङ, मंसिर ११

    दाङको करिब १० मिटर गहिराइ भएको कृत्रिम तालमा डुबेर बेपत्ता भएका एक युवालाई दिनभर गोताखोरले खोज्दा पनि फेला पार्न सकेनन्।
    घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने १८ वर्षीय लक्ष्मण डिसी आइतबार दिउँसो तालमा डुबेका थिए। घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया गाउँमा गत साल घोराही उपमहानगपरपालिकाले कृत्रिम ताल निर्माण गरेको थियो। त्यही तालमा नुहाउन भनि पसेका डिसी डुबेर बेपत्ता भएको हुँदा तीन दिनदेखि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
    दुई दिनसम्म दाङमै उपलब्ध नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय पौडीबाजहरूले बेपत्ता डिसीलाई खोज्ने प्रयास गरेका थिए । तर त्यो संभव नभएपछि प्रहरीले गृहमन्त्रालयलाई आग्रह गरेर कुलिनटारबाट दुईजना तालिम प्राप्त गोताखोर दाङमा बोलाएको थियो। सशस्त्र प्रहरीमा कार्यरत ती दुईजना गोताखरले मंगलबार विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म रवर बोटको प्रयोग गरी खोज्दा पनि डिसीलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।
    ‘गोताखोरले दिनभर खोज्दा पनि सफलता प्राप्त भएन,’ एसपी पाण्डेले भने।
    तालमा हिलो र पानीको मात्रा धेरै रहेको हुँदा खोजीमा समस्या भएको उनले बताए ।
    पीडित र स्थानीयले भने खोजीमा स्थानीय सरकारले समयमै गम्भिरता नदेखाएको भन्दै तालमै नारावाजी गरेका थिए । ‘पहिलो दिन नै तालको डिल फोडौं भन्दा मेयरले माछा भाग्छन् भनेर फुटाउन हुँदैन भने’, एकजना स्थानीयले भने ‘त्यसपछि त्यहाँ उपस्थित स्थानीय माछा ठूलो कि मान्छे ठूलो भन्दै मेयरविरूद्ध नारावाजी गरेका हुन्।’
    यसैबीच प्रहरीले डिसीसँगै क्रिकेट खेल्न गएका उनका साथीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।
    अबको विकल्प
    अब ताल पुरै सुकाउने तयारी भइरहेको छ। दाङका प्रहरी प्रमुख पाण्डेले रातभरि पम्पिङसेट र मोटर चलाएर भए पनि बुधबार बिहानसम्ममा तालको पानी सबै सुकाउने गरी प्रयास भइरहेको बताए। नजिकै रहेको एउटा तालको डिल भत्काउँदा समेत पानी सुकेको छैन ।
    ‘डुबेको तालमा सानो तिनो खोलो जत्रै पानी बग्छ, त्यसैले समस्या भएको छ,’ एसपी पाण्डेले भने ‘ तर,आज रातरभर थप क्षमताका पम्पिङसेट र मोटर थप्दैछौं र रातभर पानी सुकाउँछौं।’
    आइतबार दिउँसो साथीहरूसँग क्रिकेट खेलेर सकेपछि १८ वर्षीय लक्ष्मण डिसी र उनका साथी नुहाउन भनि तलाउमा पौडी खेल्न गएका थिए। अरु साथीहरु उत्रन सफल भएपनि डिसी भने तालमा डुब्न पुगेको प्रहरीले जानकारी दिएको छ ।

    साभार:सेतोपाटी

    मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वडाध्यक्ष तीन लाख घुससहित पक्राउ
    कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते
    दाङमा बाघको छालासहित तीन जना पक्राउ
    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक
    रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation