• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

कार्यपालिका सदस्य विकको लगानी कृषिमा


  •   आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे

    Advertisement

    कपिलवस्तु चन्द्रौटा मंसिर २

    कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन । देशमै केहि गर्ने मोहले लामो समय सम्म वैदेशिक रोजगारी वाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेको छन । विक कार्य पालिकाको बैठक बाहेक अन्य समयमा दिन भर जसो आफनै खेतबारीमा व्यस्त भेटिन्छन ।

    समृद्ध नेपालका लागि कृषि भन्ने मुल नारालाई आत्मसाथ गर्दै कार्यपालिका सदस्य रहेका भएका वि.क. अहिले ४ विगाहा खेत भाडा लिएर कृषि गर्दै आएका छ । कृषि बाट नै राष्ट समृद्ध बन्न सक्छ भन्ने मुल नारालाई आत्म साथ गर्दै उनले कृषि पेशालाई अगालेका छन ।

    जीवनका केहि बर्ष बैदेशिक रोजगारीमा विताएका उनी २०७४ मा भएको स्थानिय तहको निर्वाचन पछि कार्यपालिका सदस्यमा निर्वाचित भए । “ कार्यपालिकाको बैठकमा सहभागि पनि हुन्छु जनताको चाहाना अनुसार काम पनि गर्छु र आफ्नै श्रम र मिहिनेतले कृषि पेशा अगालेको छु “ उने भने ।

    अर्गानिक कृषि फार्मको नाममा संचालित कृषि फार्ममा अहिले सिजन अनुसार तरकारीहरु लगाइएको छ । ४ विगाहा जग्गामा २ वटा पोखरी पनि छन । जग्गा भाडामा लिएर उनले आफै पोखरी खनाएका हुन । पहिलो बर्ष भएर पोखरीमा पानी अडिन्छ अडिदैन भन्ने जाँच मात्रै गरेको विकले बताए । आफुले भाडामा लिएको जग्गा सबैमा पहिले केराबारी मात्रै भएकोले केराका बोटहरु नष्ट गर्न र खेती योग्य जमिन बनाउन मात्रै लाखौं खर्च भएको उनले सुनाए ।

    केरा खेती भएको जग्गा भएकाले माटोमा उत्पादन क्षमता कम भएकोले सोचे जस्तो उत्पादन यस बर्ष हुन सकेको छैन । माटोको उत्पादन वृद्धि गर्न आफैले अर्गानिक कम्पोष्ट मल बनाउन सुरु गरेको उनले बताए । सरकारले कषिमा धेरै लगानी गरेको भए पनि कृषि पेशा गर्न आवश्यक पर्ने आधुनिक औजार भारतबाट मगाउनु पर्ने बाध्यता रहेको उनले सुनाए ।

    प्रदेश सरकारले कृषिबाट समृद्धिको अभियान अन्तर्गत कृषि गर्न चहाने तर जग्गा जमिन नभएकाहरुका लागि जग्गा भाडामा लिएर कृषि पेशा गर्नेको जग्गा भाडा तिरिदिने व्यवस्था गरेको छ । बैदेशिक रोजगारमा भौतारीने युवाहरुलाई कृषि पेशामा आर्कषित गराउन सकिने हो भने देशले कृषिबाट नै समृद्धि पथमा लम्कीने विक ले बताए ।

    कृषि उत्पादनले भने जस्तो बजार नपाउदाँ भने किसानहरु मर्कामा पर्ने गरेको गुनासो समेत उनले व्यक्त गरे । गत बर्ष आफ्नो बारी भरी काक्रा फलेको भए पनि उचित मुल्य नपाएर खेतबारीमा नै कुहाउनु परेको तितो अनुभव उनले सुनाए । “भारतिय बजार नजिक भएको र तरकारी जन्य बस्तुहरु भारतबाट नेपाली बजार आयात हुदाँ यहिको कृषि उपजहरुले सहि मुल्य नपाउदाँ कृषकहरुमा नैराश्यता आउछ, नेपाली उत्पादन भन्दा आधा सस्तोमा भारतीय कृषि उपज बजार आए पछि हाम्रो उत्पादनले बजार पाउँदैन र खेतबारीमा सडाउनु पर्छ ” कार्यपालिका सदस्य विकले भने ।

    आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation