कपिलबस्तु। कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० कार्यालयले एक जना स्थानीयको सिफारीसमा रोक लगाएको छ । वडा नं १० का अध्यक्ष मन्जु मिश्राले राजनैतिक प्रतिशोधको कारण चौकिल्ला सिफारीस नदिएको सितलापुरका पिडीत रउफ धोवीले गुनासो गर्नुभएको छ ।
शिवराज नगरपालीका वडा न १० को सितलापुरमा रहेको आफनो जग्गाको चौकिल्ला सिफारीसको लागी वडा कार्यालय पुगेका धोवीलाई अध्यक्ष मिश्राले सिफारीस नदिएको धोवीले वताउनुभयो ।
सडक निर्माण गर्दा मेरो नम्बरी जग्गामा निर्माण गर्न खोज्दा जिल्ला अदालतमा मुद्दा दिएको धोबीले बताउनु भयो । धोबीले सितलापुरका रामकिशोर कहार, साधु शरण कुर्मी र सुर्य प्रसाद कुर्मी विरुद्ध जिल्ला अदालतमा मुद्दा दिनु भएको छ ।
अध्यक्ष मिश्राले राजनैतिक प्रतिशोधको कारण पदिय दादागिरी देखाउदै सिफारीसको लागी दिएको निवेदनमा तोक नलगाई फिर्ता पठाएको पाईएको छ । वडा अध्यक्ष मिश्रावाट सिफारीस नपाएपछि पिडीत वनेका धोवी नगरपालिकाको कार्यालय चन्दौटा पुगेर वडा अध्यक्ष मिश्राले गरेको ज्यादती विरुद्ध गुनासो गरेपनि नगरपालिकावाट पनि कुनै न्याय नपाएको वताउनुभयो ।
धोवीले नगरको योजना निर्माणमा विरोध गरेकाले सिफारीस रोकिदिएको वडा अध्यक्ष मिश्राले वताईन । साथै उनले गांउमा आफना कार्यकर्ताहरुको विरोध गरिरहेको भन्दै उनको सिफारीस रोक्न वाध्य भएको वताईकी छिन । अध्यक्ष मिश्राले धोवीलाई कुनै हालतमा पनि सिफारीस दिन नसक्ने वताईएन ।
यता नगरप्रमुख नेत्रराज अधिकारीले आफु कहां पनि पिडित धोवीको गुनासो आएको स्वीकार गर्दै अध्यक्ष मिश्रालाई सिफारीस दिन आगह गरेको वताउनुभएको छ । मेयर अधिकारीले सिफारीस दिने अधिकार वडा अध्यक्षको भएकाले समस्याको समाधान पनि उनैले गर्नुपर्ने वताउनुभएको छ ।
उता प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले रित पुरा गरि माग गरिएको सिफारीस रोक्न नमिल्ने वताउनुभएको छ । नागरिकको सेवा पाउने अधिकारलाई कसैले अवरोध गर्न नहुने वताउनुभएको छ । पिडीत धोवीको समस्याको समाधान नगरपालिकाले गर्नुपर्ने वताउनुभएको छ ।