अनिल नेपाली, अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आठ करोड वढीको बजेट सार्वजनिक गरेको छ।
केन्द्रले आर्थिक बर्ष ०७८÷०७९ मा कृषिका विभिन्न क्षेत्रमा ८ करोड ६३ लाख ६९ हजार रुपियाको बजेट विनियोजित गरेको हो । केन्द्रले कृषि भवन, माटो परिक्षण, आकस्मिक बालीसंरक्षण, कृषि प्रबिधी प्रबन्धन, फलफूलका बिरुवा बितरण, स्टुवरी उत्पादन, बिउमा आत्मनिर्भरता, प्रतिफलमा आधारित कृषक प्रोत्साहन, मकै, आलु, सुन्तला, कागती मिसन, कृषि बिषय अध्ययन गरेका युवाहरू उद्यमशीलता बिकास कार्यक्रम, कृषिकर्मी रोजगारी कार्यक्रम, विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रमहरु रहेको ज्ञान केन्द्रका प्रमुख राम मिलन विकास विश्वकर्माले जानकारी दिनुभयो । गत वर्षको बजेटमा प्रक्रिया पूरा नगरी अनुदान खोज्नेहरुका लागि बजेट निकासा नहुने समेत बताउनुभयो । कृषि अनुदानका लागि विधि र प्रक्रिया पूरा गरेका किसानलाई भने अनुदान दिइने जनाइएको छ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्वारा आठ करोड बढीको बजेट सार्वजनिक
कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्वारा आठ करोड बढीको बजेट सार्वजनिक
Advertisement
तपाईको प्रतिक्रिया