पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतास र चट्याङमा परेर एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरी रहेकी छ । उनलाई बगैंचामा गएको समयमा चट्याङ लागेको थियो ।
गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।
Advertisement