कपिलवस्तु। कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बाणगङ्गा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासुसहित ४ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले सोही नगरपालिका वडा नम्बर १ जितपुर बस्ने धनबहादुर सेन, १ बुङ्ची बस्ने असीम खाँण, वडा नम्बर २ बस्ने दुर्गाबहादुर शाही र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ११ मिलन चोक चित्र मल्ललाई पक्राउ गरेको बताएको छ ।
उनीहरूलाई खाँणको घरमा मासु भाग लगाउँदै गरेको अवस्था पक्राउ गरिएको थियो । प्रहरीले बा १३ च ८१८४ नम्बरको कार, लु ५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउन्ड टोटासमेत बरामद गरेको छ ।
धन बहादुर सेनको घर खानतलासी गर्दा बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ बरामद गरेको छ ।
उनीहरुलाई पक्राउ गरी डिभिजन वन कार्यालयलाई बुझाइ थप अनुसन्धान भैरहेको जनाएको छ ।
कपिलवस्तुमा ३० किलो मासु र ३ थान बन्धुकसहित ४ जना पक्राउ
कपिलवस्तुमा ३० किलो मासु र ३ थान बन्धुकसहित ४ जना पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया