प्यूठानमा अक्सिजन प्लान्ट स्थापना गरिने

कामना डेली, प्यूठान। कोरोना संक्रमितहरुको उपचारको लागि प्यूठानमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ ।
मंगलवार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)प्यूठानको संयोजनमा जिल्लामा क्रीयासिल राजनितीक दल,पालिका प्रमुखहरु लगायत सहभागी रहेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि लुम्बिनी प्रदेस सरकार र संघिय सरकारलाई रकम बिनियोजन गर्न आग्रह गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । उहाका अनुसार,प्लान्ट स्थापना सहजिकरण अस्पताल बिकास समिती मार्फत गर्ने निर्णय भएको छ।

यस्तै, कोरोना रोकथाम,नियन्त्रण तथा उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मी,संचारकर्मी लगायत सबैलाई धन्याबाद दिने निर्णय समेत बैठकले गरेको छ।अहिले जिल्लामा बुट्वल,नेपालगंजबाट अक्सिजन सिलिन्डर भरेर ल्याउनुपर्ने बाध्यता छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...