प्यूठान । प्यूठानको होटेल व्यवसायमा लगानी बढेको छ। केहि वर्ष यता व्यावसायिक गतिविधि र पर्यटक बढ्न थालेपछि होटेलमा लगानी बढ्न थालेको हो ।
धार्मिकस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ सहित व्यापारिक केन्द्र विजुवार, बाग्दुला, जुम्रिबजार क्षेत्रमा स्तरीय होटलहरु संचालन हुने क्रम बढ्दै गएको हो । हाल जिल्लाभर साना ठूला गरी झण्डै ६ सय ५० वटा होटलहरु संचालनमा रहेको र उक्त होटलमा २ हजार जनाले प्रत्यक्ष रोजगार पाएको होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष गन्ज बहादुर थापाले जानकारी दिनुभयो ।
उहाका अनुसार जिल्लामा स्तरीय होटेलको संख्या दुई दर्जन बढी छ । स्थानीयको लगानीमा खोलिएका ती होटलमा कुल लगानी ४ अर्व ५० करोड रुपियाँ देखिएको थापाले बताउनुभयो
होटल पानोरामिक हिलटपका सञ्चालक करन महराले पाहुनाको चाप, माग र आवश्यकताअनुसारको आवास सुविधा दिन होटलमा लगानी र सुविधा बढाइएको बताए।आफुले होटलमा दुई करोड रुपियाँ लगानी गरेको उहाको भनाई छ।
सडकको पहुँच र यातायातको सुविधाका कारण स्वर्गद्धारी लगायतका क्षेत्रमा पर्यटक बढेकाले होटलको संख्या र सुविधा बढ्दै गएको यहाँका व्यवसायी बताउँछन्।