माधव खनाल, अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका – १ साम्नेगाउँको छेडापोखरिमा पहिलोपटक बस पुगेको छ।
प्रदेश सरकार र भुमिकास्थान नगरपालिका वडा नम्बर १ को बजेटबाट बाटोको स्तर उन्नोती भएपछि आज पहिलोपटक लु २ ख ४९३२ नम्बरको बस पुगेको हो ।भुमिकास्थान नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि थापाले बस सेवा संचालनको लागि प्रदेश सरकार र स्थानीय तहले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो।
यस्तै कार्यक्रममा बोल्दै भुमिकास्थान नगरपालिका – १ का वडा अध्यक्ष भोजराज खनालले बाटोलाई थप स्तरोन्नति गरि बस सन्चालनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिने कुरामा जोड दिनुभयो ।
यो ठाउँमा बस पुगेपछि भुमिकास्थान १ का डाडा धपखोला, छेडापोखरी, बगैंचा, साम्नेगाउँ, ओखटे र प्युठान मल्लरानी गाउँपालिका – २ का सिउते सिउडेनी बाख्खोरका जनता प्रत्यक्ष लाभान्वित हुनेछन ।
बस पुगेको खुसियालीमा स्थानीयले बाजागाजा सहित खुसियाली मनाउदै गाडी गाडीचालक र सहचालकलाइ फुल माला र अविर लगाइ स्वागत गरेका थिए ।