अमीत बाबु रोकायको दशैं गीत ‘नरुनु आमा’ सार्बजनिक

स्मृती घर्ती मगर, प्युठान । नेपाली हिन्दुहरुको चाड विजयादशमी नजिकिदै गर्दा संगीतकार अमीत बाबु रोकायकोे दशैं गीत ‘नरुनु आमा’ सार्बजनिक भएको छ।
गीतमा लोकप्रिय गायक लोकेन्द्र सिर्पाली र कमला पोख्रेलको स्वर छ। बिनोद बाजुरालीको एरेन्ज रहेको उक्त गीतमा शब्द जीवन छन्याल र लय भने संगीतकार अमित बाबु रोकायको रहेको छ। निकै मार्मिक शब्दहरू समेटिएको यस गीतको भिडियोमा दुःखी–गरिबको पीडा र वेदनालाई अहिले कोरोना भाइरसको महामारीमा प्रदेशबाट घर आउन नपाउदाको पीडालाई दर्शाईएको छ। महेश महराको छायाँकन तथा निर्देशन धुर्ब हिमाली, सम्पादन मनोज कार्कीको रहेको छ भने धुर्ब हिमाली, पुनम अधिकारी, रमा थपलिया, खेम घर्ती, मनि कुमार राईले यश गीतमा अभिनय गरेका छन।
बुर्तिबाङ म्युजिक यूटुव च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियो सहित

Sharing Now!

You might also like

Comments are closed.