• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, पुष २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

लोकप्रिय समाचार

  • १. तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

  • २. पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

  • ३. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

बाढी पीडितलाई गलकोट समाज जापानको २८ लाख सहयोग 


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । भदौ १७ गते राती भारी वर्षापछि भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नंवर ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ ।

    Advertisement

    बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै बगर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरुका लागि राहत रकम तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ । बाढी प्रभावित नागरिकहरुलाई एन पि ओ गलकोट समाज जापानले नगद रु २७ लाख ८० हजार ४ सय ७८ राहत सहयोग हस्तान्तरण गरेको छ । गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका गलकोटबासीहरुको साझा संस्था गलकोट समाज जापानले उक्त रकम बाढी प्रभावितलाई सहयोग गरेको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । समाजले जापानमा संकलन गरेको उक्त रकम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे मार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए । गलकोट समाज जापानको आग्रह अनुसार आज ढोरपाटनमा राहात रकमको भौचर हस्तान्तरण गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रवासमा रहेका गलकोटबासीले दुःख गरि कमाएको कमाईको केहि अंश बाढि प्रभावितलाई दुःखमा मलम लगाउन सहयोग गरेको भन्दै उक्त राहतको सहि सदुपयोग गर्न आग्रह गरे । सो अबसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले प्रवासबाट उपलब्ध भएको रकमले बाढी तथा पहिरो प्रभावितहरुका लागि ५ लाख रुपैयामा प्रति घर हुने गरि ६ ओटा घर गलकोट समाज जापानको नाममा निर्माण गरिने घोषणा गरे ।

    उनले गलकोट समाज जापान प्रति आभार ब्यक्त गर्दै गलकोट समाजको आग्रह अनुसार आवास निर्माण तत्कालै संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गलकोट नगरपालिकाबाट विभिन्न संघ संस्था तथा व्यक्तीहरुबाट गरी हाल सम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको बताउदै सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । गलकोट समाज जापानले अहिले सम्म सबैभन्दा बढि रकम बाढी प्रभावितलाई राहत सहयोग प्रदान गरेको समेत उनले उल्लेख गरे । गत भाद्र १७ गते गएको बाढि पहिरोमा परि गलकोटका १ सहित २२ जनाको ज्यान गएको र १५ जना अझै वेपत्ता रहेको अवस्थालाई मध्यनजर गरि तत्काल राहात संकलन अभियान सञ्चालन गरेको गलकोट समाज जापानका महासचिव कृष्ण केसीले जानकारी दिए। राहत रकम संकलनमा गलकोटबाट जापानमा रहेका प्रवासी ६ सय जना भन्दा बढि व्यक्तिको सहभागिता रहेको केसीले बताए । कार्यक्रममा ढोरपाटन नगरपालिकाले एक मुष्ट राहात संकलन तथा बितरण गरिरहँदा गत भदौ १७ गते ढोरपाटन नगरपालिकाको बाढिमा परि ज्यान गुमाएका गलकोट नगरपालिका वडा नं ४ का नविन भण्डारीको परिवारलाई समेत नभुल्न नगरपालिकालाई सुझाएका थिए।

    सामाजले स्थापनाकाल देखि नै जापानमा मात्र नभएर गलकोट र नेपालमा हुने सामाजिक क्रियाकलाप, प्राकृतिक विपद, परोपकारी सेवा लगायतका कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ । समाजले विभिन्न समयमा सामाजिक उत्तरदायित्व सहितका कार्यहरू गर्दै आइरहेको छ।

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान
    सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न
    इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम
    तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन
    जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न
    गुलरियामा कपडा बैंकको शुभारम्भ

    लोकप्रिय

    • १.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम

    भर्खरै

    • १.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • ४.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ५.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ६.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ७.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ८.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation