सामाजिक चलचित्र “काँडाको बाटो” निर्माण हुदै

शिबराज खनाल, लमही । दाङको देउखुरीमा जातीय विभेद एवं छुवाछुत बिरुद्धको जनचेतनामूलक सामाजिक चलचित्र “काँडाको बाटो” निर्माण हुने भएको छ ।
विविशा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनय पत्रकार तथा अबधि संस्कृतिका कलाकार दुःख हरण यादव (बिक्रम) ले गर्न लागेका हुन । यादवलाई सामाजिक अभियान्ताको भूमिकाका लागि चलचित्रमा अनुबन्धित गरीएको चलचित्रका निर्माता बिष्णु कुमार देवकोटाले बताए । नेपालकै ख्याति प्राप्त हाँस्य कलाकारद्धय मह जोडिद्वारा अभिनित सुगन्धपुर नामक टेलिफिल्मको संचारकर्मि यादवले अवधी भाषामा उल्था र भाषागत निर्देशन गरेका छन ।यादब देउखुरीको गढवामा रहेको रेडियो साझा आवाजमा लामो समय देखि स्टेसन म्यानेजरको जिम्मेवारी सम्हाली रहेका छन् भने बिगत पन्ध्र बर्षदेखी पत्रकारिता क्षेत्रमा सक्रिय हुदै आएका छन् । संचार क्षेत्रमै रहेर अवधि भाषा, सस्कृतीको लागि आफुले कलम चलाउने समेत पत्रकार यादवले बताए । समुदायमा अझै पनि जातियताको लडाई कायमै छ, यो लडाई जब सम्म अन्त्य हुन्न तब सम्म विभेद कायमै हुन्छ उनले भने।

पत्रकार यादवले अवधी भाषामा बनेका रामायण नाटक, सत्य हरिश चन्द्र गीति नाटक र राजा पुरुषोत्तम नामक नाटकमा समेत निर्देशन गरिसकेका छन् । उनि अवधी पत्रकारसंघ दाङ्का जिल्ला अध्यक्ष पनि हुन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.