• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

लोकप्रिय समाचार

  • १. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • २. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ३. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ४. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ७. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ८. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ९. गुल्मीमा एलपी ग्यासको अभाव

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

दाङमा यसरी मनाईयो वन दिवस, वनकर्मी निर्वाचित भएपनि समस्या उस्तै


  •   आइतबार, साउन २५, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । ‘समृद्धिका लागि सामुदायिक वन : उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान’ भन्ने नाराका साथ देशैभर सामुदायिक वन दिवस मनाईएको छ ।

    Advertisement

    दाङको देउखुरी स्थित बन महासँघ लमही नगर कमिटिले पनि आईतबार बिबिध कार्यक्रम गरि मनाएको छ । कर्रि सामुदायिक वन उपभोक्ता समिति लमही-७ बनघुस्रीको सहयोगमा बन दिवस मनाईएको हो । बन महासँघ लमही नगर अध्यक्ष लक्ष्मी योगीको अध्यक्षता तथा कर्रि सामुदायिक बनकि उपाध्यक्ष देवा वलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले बनको महत्व, आबश्यक्ता र चुनौतीका बिषयमा आ-आफ्नो भनाई प्रस्तुत गरेका थिए ।कर्रि सामुदायिक बन बनघुस्रीका सचिब हरिराम चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा गुप्ती सामुदायिक बन लमही ९ हर्दवाका सचिब अमर कुवर ‘नवीन’, स्वर्गद्वारी हरियाली सामुदायिक बन लमही ७ का सचिब निरज सिँह ठकुरी, उचानिम्बु सामुदायिक बन लमही ८ का गौरी चौधरी, कर्रि सामुदायिक बनका सल्लाहकार रण बहादुर घर्ती मगर लगायतका बक्ताले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बन महासँघ लमही नगरका सचिब किशोर घर्ती मगरले गर्नुभएको थियो ।

    नेपालमा कहिलेदेखी शुरु भयो बन दिवस?

    वि. सं. २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको थियो । सोही दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाउँदै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ‘फेकोफन’ले जनाएको छ । यद्येपी यो भन्दा अघि सामुदायिक बनहरु हस्तान्तरण भएका थिएनन् । नेपालमा बन दिवस मनाउन थालिएको ४ दशक अघिदेखी मनाउन थालिएको हो ।दिवसका अवसरमा यही साउन १९ देखि २५ गतेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी विभिन्न कार्यक्रम गरिएको फेकोफनका अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।

    सन् २०१२ मा संयुक्त राष्ट्र सङ्घ महासभाले २१ मार्चलाई अन्तर्राष्ट्रिय वन दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुरुप हरेक वर्ष वनको महत्त्वको बारेमा जनचेतना फैलाउने उदेश्यले विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउने चलन रहि आएको छ ।

    नेपालमा कति छन सामुदायिक बनहरु?

    हाल देशैभर २२ हजार २ सय ६६ सामुदायिक वन हस्तान्तरण भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ‘फेकोफन’को तथ्याङ्कमा उल्लृख छ । जसमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरीले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर बनक्षत्र व्यवस्थापन गर्दै आएको फेकोफनले जनाएको छ ।

    स्थापनाकाल देखि सामुदायिक वन अभियान नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित भएको मानिन्छ । यस अभियानले वन संरक्षण, सम्वद्र्धन र सदुपयोगमा पनि महत्वपूर्ण भुमिका खेलेको पाईन्छ ।

    नेपालका सामुदायिक वन उपभोक्ता समूह महिला सहभागिताका लागि नमूनाका रुपमा लिइन्छन् । हाल करीब एक लाख ५० हजार महिलाले सामुदायिक वनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । देशभरका २२ हजार २ सय ६६ सामुदायिक वनमध्ये १ हजार १ सय भन्दा बढीमा त सत प्रतिशत महिला सहभागिता छ ।

    वनकै अभियानकर्मी निर्वाचित भएपनि समस्या उस्तै 

    सामुदायिक वनका अभियानकर्मी स्थानीय, प्रदेश र सङ्घीय सरकारमा करीब दुई हजारभन्दा धेरै निर्वाचित भएका छन् । तर उपभोक्ता समूहले वर्षौदेखि उठाउँदै आएको केही सवालहरु अझै सम्बोधन हुन सकेका छैनन् । करीब छ हजार सामुदायिक वन उपभोक्ता समूहका कार्ययोजना परिमार्जन हुन नसकेको र त्यसले सामुदायिक वनलाई नियमित रुपमा वन व्यवस्थापन गर्न वञ्चित हुनुपरेको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।वनको व्यवस्थापन दिगो कि वैज्ञानिक भन्ने विषयमा सरकार र समुदाय तथा विज्ञको बीचमा विवाद अहिले पनि कायमै छ । वनको दिगो व्यवस्थापन नै नेपालका निम्ति उच्चतम सिद्धान्त भएको सामुदायिक वनहरुको भनाइ छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि चुरे व्यवस्थापन, संरक्षण क्षेत्र, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा समुदायको अधिकार प्राप्त हुन नसकिरहेको फेकोफनले आरोप लगाएको छ ।

    सरकारले सामुदायिक वनबाट लिन खोजिएको त्यहोरो करमध्ये सङ्घीय सरकारले लिइरहेको १५ प्रतिशत कर हटाइए पनि केही प्रदेश र स्थानीय सरकारमा पुनः व्यवस्था गरिएकाले उक्त कर हटाउने विषयमा सरकारसँग नियमित छलफल भइरहेको फेकोफनको भनाई छ ।

    आइतबार, साउन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • २.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ३.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड

    भर्खरै

    • १.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • २.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ७.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ८.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...