प्यूठानमा ट्राफिक प्रहरीद्वारा ३६ लाख बढी राजस्व संकलन, कति दुर्घटना ?

राम बहादुर बिश्वकर्मा,प्यूठान । प्यूठानमा सवारी कारबाहीबाट ३६ लाख बढि राजस्व उठेको छ। जिल्लामा हुने दैनिक साना ठूला सवारी कारबाहीमा ०७६\७७मा ३६ लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।
यो अवधिमा ६ हजार ४ सय ७१ वटा सवारी साधन कारबाहीमा परेका थिए। आर्थिक वर्ष ७५/७६ मा भने ६ लाख ४ सय ७५ वटा सवारी साधनको कारबाहीबाट कुल ३५ लाख ७ हजार रुपैयाँ राजस्व उठेको थियो। जिल्लामा ९ जना ट्राफिक प्रहरीको दरबन्दी अहिले पुरा भएको शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्यूठानद्धारा सुक्रबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बताईएको हो । जिल्लाको देविस्थान ट्राफिक प्रहरी कार्यालयसँगै खलंगा, बाग्दुला, विजुवार, भिंगृ र दरभानमा ट्राफिक प्रहरीको व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले दुर्घट्ना न्युनिकरणका लागि बिभीन्न सचेतनामुलक कार्यक्रम समेत गरेको जनाएको छ।

कति दुर्घटना ?

जिल्लामा यो वर्ष २२ वटा दुर्घटना भएका छन्। जस्मा १४ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेमा ८ जना पुरुष, ३ जना महिला २ जना बालक र १ जना बालिका थिए।
गम्भीर घाइतेको संख्या भने जम्मा १५ छ। विभिन्न दुर्घटनामा १२ जना सामान्य घाईते भएका थिए । अघिल्ला बर्षको तुलनामा यो बर्ष भने दुर्घटनामा कमि आएको देखिएको छ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.