• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

लोकप्रिय समाचार

  • १. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • २. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ३. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ४. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ५. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

  • ६. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ७. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

पहिरोको जोखिम किन बढ्दै छ ?


  •   मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
  • मध्यपहाडि प्यूठान जिल्ला अधिकांश महाभारत श्रृंखलाले घेरेको छ । जिल्लामा ठूला नदिहरुमा राप्ती, माण्डवी र झिमु्रक नदि रहे पनि तुलनात्मक रुपमा बढि जलाधार क्षेत्र रहेका क्रमशः झिमु्रक, माण्डवी र राप्ती रहेका छ्न । यी नदि बाहेक यी नदिमा मिसिने दर्जनौ ससाना खोलानालाहरु रहेका छन् । नदि किनारको झिम्रुक नदिले बनाएको फाट माडी नदि किनारको फाट र स साना खोलाहरुको बनाएको केही टारी खेत बाहेक जिल्लाको अधिकांश भागको भूवनौट भिरालो रहेको छ ।

    Advertisement

    भिरालो भूबनोटमा अन्धाधुन्ध बाटो खनिनुले अहिले पहिरोको जोखिम ह्वात्तै बढेको छ ।

    स्थानीय निकायमा बजेटमा भएको वृद्धिसँगै गाउँ गाउँमा सडक पु¥याउने होड चल्न थाल्यो । गाउँ गाउँमा सडक पु¥याउनु भौतिक विकास पूर्वाधारको हिसावले राम्रो पनि होला । तर त्यो सडक पु¥याउने बेला राम्रोसँग इञ्जिनियरिङ्ग नगर्नुले समस्या निम्ताइरहेको छ । बाटो खन्ने काममा उच्च क्षमताका मेशिनहरुको प्रयोग हुँदा स्थिर रहेको पहाडहरु छिया छिया बनाइदिएको छ । बनाएका बाटोहरुमा नालीको राम्रो व्यवस्था नहुँदा त्यही बाटो भएर भेल बग्दा नयाँ खुकुलो माटोको भुस्खलन भइरहेको यत्रतत्र देख्न सकिन्छ । त्यति मात्र होइन अहिले बाटो निर्माण गर्न सजिलो क्षेत्र भनेको वन भएको छ । वन क्षेत्रबाट जथाभावि बाटो खन्दा बोटविरुवा नोक्सान भइरहेको छ ।

    यसले वषौदेखि जमेर रहेको माटो र विरुवा बीचको सम्वन्धलाई समेत अस्थिर बनाइदिएको छ । यसकारण पनि भूस्खलन बढेको छ । यस्ता भुस्खलन भएर बगेको माटोहरुले ठूला ठूला पहिरोको समेत जोखिम बढाएको छ ।

    पहाडको अग्लो ठाउँबाट बाटो खन्ने क्रममा ती स्थानबाट पहाडको भित्र तहसम्म पानी पसेर माटो खुकुलो बनाएपछि पहिरो जाने गरेको देखिन्छ । वातावरणीय मूल्यांकन तथा इञ्जिनियरिङ्ग नगरी स्काभेटर चालकको भरमा खनिएका सडकका कारण पहिरोको जोखिम ह्वात्तै बढेको देखिन्छ । त्यसो त बाटो खनेर मात्रै पहिरो चाहि गएको हैन । पहिरो जान ुमा अन्य कारणहरु हुन्छन् । अहिले २०७२ सालको भूकम्प प्रभावित क्षेत्रमा बढि पहिरो गइरहेको छ । विशेष गरी सिन्धुपाल्चोक लगायत आसपासका जिल्लामा पहिरो बढि गइरहेको छ ।

    यसो हुनुमा भूकम्पले ध्वजा ध्वजा पारेको जमिनमा पानी पसेर अहिले पहिरो जाने क्रम बढेको बताइन्छ ।

    ारसम्म आइपुग्दा अझ २०७३ सालमा राष्ट्रिय रुपमै प्यूठान जिल्ला पहिरोले नराम्ररी प्रभावित बन्यो । साविकको फोप्ली गाबिस मात्र २७ जनाको पहिरोको कारण मृत्यु भयो भने करौडौ रुपैयाको क्षती भयो । पहिरोको जोखिममा रहेको क्षेत्रको भौगर्भिक अध्ययनन गर्ने भनियो र केही अध्ययन गरियो । त्यहाँको जोखिमयुक्त वस्ती स्थानान्तरण गर्ने सुझाव विज्ञ टोलीले दिए पनि सो अनुसार काम हुन सकिरहेको छैन । विपदको बेला सबैतिरको चासो बढ्ने र त्यसपछि पुनः सेलाउने भएका कारण अहिले पनि जिल्लाका दर्जनौ बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् । विशेष गरी नौवहिनी गाउँपालिका र गौमुखी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

    विकासका अन्य पूर्वाधार समेत कमजोर रहेका नौवहिनी र गौमुखी गाउँपालिकाका धेरै वस्तीहरु भिरालो भागमा छन् । जसका कारण बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

    विकासका पूर्वाधार पु¥याएर बस्ती बसाउनुपर्नेमा हामीकहाँ भइरहेको बस्तीमा विकासका पूर्वाधार पु¥याउने चलन छ । विकासमा सबैभन्दा बढि हानीकारक यही चलन भएको छ । पहाडको टुप्पोमा ५ घर भए पनि कैयौ किलोमिटर टाढाबाट विजुली, खानेपानी, यातायात लगायतका सुविधा त्यो ठाउँमा सरकारले पु¥याउनुपर्दछ । यसले गर्दा विकास बजेट कनिका छरे जस्तो हुने र प्रभावकारी काम हुन सकिराखेको छैन । निर्वाचनको बेला राजनीतिक दलका उमेदवारहरुले आप्mनो पार्टीले तथा आपूmले जिते घर घरमा बाटो, बिजुली, पानी पु¥याउने प्रतिवद्धता गरेका हुन्छन् । त्यही प्रतिवद्धता अनुसार लागत लाभ विश्लेषण नगरी, राम्रोसँग इञ्जिनियरिंग नगरी हतार हतार बाटो खन्ने काम शुरु हुन्छ । पानी परेपछि अहिले पनि पहिरोको उच्च जोखिममा रहेका सयौ घरका वासिन्दाहरु रातभर सुत्न सकिरहेका छैनन् । कतिबेला पहिरोले बगाउने हो भन्ने त्रासले उनीहरु समय धकेल्दै छन् । हरेक वर्षको वर्षा उनीहरुको लागि त्रासको समय बन्ने गरेको छ ।

    त्यसो त प्यूठान मात्र होइन मुलुकभरका पहाडी जिल्लाहरुमा पहिरोको जोखिम उच्च छ । विगत एक महिनाको अवधिमा दैनिक करिव ३ जनाले ज्यान गुमाइरहेका छन् । हरेक दिन सरदर ६ वटा पहिरो गएको छ ।
    पहिरोको प्रकोपलाई रोक्न सरकारबाट उल्लेख्य काम भने हुन सकिरहेको छैन । पहिरो आएको समयमा केही चनाखो भए पनि त्यसपछिका दिनमा यो विषयमा सरकारले खासै ध्यान दिएको पाइदैन । पहिरोको जोखिम कम गर्न जिल्लास्तरमा रहेको भू तथा जलाधार संरक्षण कार्यालय समेत अहिले प्रदेश तहमा दुई स्थानमा मात्र राख्नुले सरकार भूक्षय तथा पहिरोप्रति संवेदनशिल नभएको देखिन्छ ।

    हाम्रो विकास गर्ने परिपाटीमा वदलाव नलिएसम्म हामीले पहिरोको विपद्को सामना गर्नूको विकल्प छैन ।

    पहिरोको जोखिम कम गर्न मात्र होइन अन्य विकासका पूर्वाधार सहजै नागरिकको घर दैलोसम्म पु¥याउन बस्ती विकासका कार्यक्रमहरु तर्जुमा गर्नु आवश्यक छ । गरिवीको दलदलमा रहेको परिवार नै बढि मात्रामा पहिरोको जोखिममा परेको छ । गरिवीले गर्दा आप्mनो जिविकोपार्जनमा समस्या भएपछि जोखिमपूर्ण स्थानमा मानिस बस्न तथा त्यही पशिना बगाउन बाध्य छ । यस्तो परिवेशमा संघ सरकारले नै बस्ती विकासको कार्यक्रम अगाडि बढाउन आवश्यक छ । खेतीयोग्य जमिन, औद्योगिक क्षेत्र बस्ती विकास गर्ने तथा शहरीकरण गर्ने क्षेत्रको वर्गीकरण गरेर सोही बमोजिमको त्यसको कार्यान्वयन अगाडि बढाउनु ढिला भइसकेको छ ।
    हुन त जग्गाको वर्गीकरण गर्न सक्ने व्यवस्था अहिले कानुनतः गरिन थालेको छ । यस्तो व्यवस्थालाई तत्काल लागू गरेर प्रभावकारी कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन ।
    स्थानीय समुदायबाट परम्परागत रुपमा हुने जलाधार संरक्षणका कामहरु पनि अहिले हुन सकिरहेका छैनन् । यति मात्र होइन अन्तरसरकारी नियकाबीचमा समन्वय समेत हुन सकिरहेको छैन ।

    पूर्वाधार विकासको लागि अन्तरसरकारी निकायबीच समन्वय हुन सके पनि पहिरोको जोखिम कम गर्न सकिन्छ ।

    त्यस्तै भौगर्भिक अध्ययनको आधारमा बस्नै नमिल्ने स्थानका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्न सके सम्भावित पहिरोको विपद् जोखिम कम गर्न सकिन्छ ।

    लेखक सञ्जय रिजाल, प्युठानवाट प्रकाशित माण्डवि साप्ताहिकका प्रकाशक/सम्पादक हुनुहुन्छ।

    मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन
    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो
    जेनजी प्रतिनिधि रुबीकुमारी ठाकुर उपसभामुख, को हुन् उनी?
    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    लोकप्रिय

    • १.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • २.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ३.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ४.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • ५.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा

    • ६.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    भर्खरै

    • १.
      धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

    • २.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • ३.
      युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

    • ४.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

    • ५.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ६.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ७.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ८.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation