राम बहादुर बिश्वकर्मा, प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले दिएको रगतले जिल्लामा एक सुत्केरी महिलाको ज्यान बचेको छ ।
ब्याथाले च्यापेपछी जिल्ला अस्पतालमा भर्ना भएकी प्युठान नगरपालिका-३ रातामाटाकी ३८ बर्षिय कमला कुमाललाई डिएसपी कार्किले ३५० एम एल बि पोजेटिभ रगत दान गरेपछि उनको ज्यान जोगिएको जिल्ला अस्पताल प्युठानका डा. सुनिल सुनारले बताए । “अत्यधिक रक्तश्राव हुँदा सुत्केरीको ज्यान नै खतरामा परेको थियो’उनले भने,’डिएसपी सरले रगत दिएपछि ज्यान जोगिएको छ ।” डा. सुनारका अनुसार सुत्केरी हुँदा अत्यधिक रक्तश्राबका कारण सुत्केरी महिलाको ज्यान जोखिममा थियो।बन्दाबन्दिको यो समयमा रगत अभाव भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भयो”,रगत दानपश्चात महिलाको ज्यान बचेको डा.सुनारले बताए। सुत्केरी तथा बिरामी महिलालाई रगत दिन पाउदाँ आफु गौरवान्वित भएको डिएसपी कार्किले प्रतिक्रिया दिए ।,“मैले दिएको रगतले एउटा छोरी,चेलीको ज्यान जोगिएको छ, यो मेरालागि खुसिको कुरा हो”उनले भने,’यहि नै मेरो मानवीयता हो म खुशी छु ।” अहिलेसम्म सम्म २० औं पटक रक्तदान गरेको कार्कीको भनाई छ । कार्किको रगतले ज्यान बचेकी महिला अहिले स्वस्थ अवस्थामा रहेको र थप २ पोका रगत आबस्यक रहेको अस्पताल श्रोतले जनाएको छ।कमलाले आफुलाई रगत दिएर ज्यान जोगाइदिने प्रहरी प्रमुखको गुण कहिल्यै नबिर्सने बताईन।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र प्युठानका प्राविधिक आसिष थापाले केन्द्रमा मासिक ३५ युनिट रगतको आवश्यकता पर्ने भएपनि कहिलेकाहीँ अभाव हुँदा रक्तदाता खोजेर बिरामीलाई रगत उपलब्ध गराउने गरिरहेको जानकारी दिए।