प्यूठानमा दुई लाखभन्दा बढी बिरुवा रोपियो

राम बहादुर बिश्वकर्मा, प्यूठान। प्यूठानमा यसबर्ष १ सय २५ हेक्टर क्षेत्रफलमा २ लाख बढी बिरुवा रोपिएको छ।

डिभिजन वन कार्यालय प्यूठान वन अधिकृत राजु क्षेत्रीले बर्षा सुरु भएसँगै १ सय २५ हेक्टर खाली जग्गामा २ लाख भन्दा बढी विभिन्न प्रजातीका विरुवा रोप्ने कार्य सम्पन्न भएको जानकारी दिए ।
निजी जग्गा, सामुदायिक वन, सार्वजनिक क्षेत्र, खोला तथा नदी किनारमा समेत बिरुवा रोपिएको हो । बनले सिसौ, मसला, आँप, लिची,कागती, श्रीखण्ड, बोकाइनो, किम्बु,टिमुर, खयर लगायतका विरुवा उत्पादन गरी किसानहरुलाई निःशुल्क प्रदान गरेको कार्यालय प्रमुख क्षेत्रीले कामना डेलीलाई जानकारी दिए।

बनले बर्सेनि खाली जमिनमा विभिन्न प्रजातीका बिरुवा रोपण गर्दै आएको छ। अब रोपिएका बिरुवा संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन।

Sharing Now!

You might also like

Comments are closed.