नेपालमा कोरोना संक्रमित ५४ पुगे,१६ जना निको भएर घर फर्के

काठमाडौं। नेपालमा थप दुई जनामा कोरोना भाइरसर (कोभिड-१९) देखिएको छ । दुई जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमणको संख्या ५४ पुगेको छ । यी  मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।
आज रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ। दुबैको काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए। जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । तर अहिले कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

Sharing Now!

You might also like

Comments are closed.